प्रिया राना

ब्राजिल-बिश्व अहिले कोरोना महामारीको चपेटामा परेकाे छ । चीनको बुहान बाट सुरु भएको यो कोभिड -१९ सुरुका दिनमा चीनमा यो भाइरसले निकै व्यापकता पायो । तर बिस्तारै चीनमा यो भाइरस नियन्त्रणमा आयो । तर उता यो भाइरस इटालि देशमा फैलिन पुग्यो । यो भाइरसले इटालिमा ठुलो क्षति गर्यो । अहिले इटालिमा यो भाइरस थोरै नियन्त्रणमा आएको छ । त्यस लगत्तै अमेरिकामा यो भाइरसले कब्जा जमायो ।

अमेरिकामा यो भाइरसले ठुलो हलचल ल्यायो। अहिले सम्म अमेरिकामा यो भाइरस नियन्त्रणमा आएको छैन । अहिले सम्म पनि अमेरिका कोरोना भाइरस प्रभावित देश मध्य पहिलो स्थानमा छ । साथै बेलायत ,स्पेन, फ्रान्स, इरान पनि कोरोना भाइरस को मारमा पर्‍यो।  तर अहिले आएर ल्याटिनअमेरिका ब्राजिल कोरोना भाइरस ग्रस्त देश बनेको छ । २१ करोड जनसंख्या भएको ब्राजिल अहिले कोरोना भाइरस को प्रभावित देशको दोस्रो स्थानमा उक्लिएको छ। मे १९ मा पहिलो अमेरिका, दोस्रो रसीया र तेस्रो स्थानमा रहेको ब्राजिल अहिले मे २३ मा रसीया लाई पनि पछि पार्दै दोस्रो स्थानमा पुगेको छ ।

अहिलेको रेकर्ड अनुसार ब्राजिलमा संक्रमितको संख्या ३ लाख ३२ हजार ३ सय ८२ पुगेको छ भने २१ हजार  १ सय १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म एक लाख५३ हजार ४ सय ३० यस रोग बाट निको भएका छन् । अहिलेसम्म ब्राजिलमा १५ हजार भन्दा बढी स्वास्थ्यकर्मी कोरोना भाइरस बाट संक्रमीत भएका छन् भने  झन्डै २ सय स्वास्थ्यकर्मी को मृत्यु भइसकेको छ । 

ब्राजिल को सबै भन्दा ठुलो शहर साओ पाउलो जहाँ एक करोड २२ लाख जनसंख्या भएको यो सहर अहिले कोरोना भाइरस संक्रमितको मुख्य स्थान भएको छ । यो शहर अहिले निकै संकटग्रस्त  अवस्थामा छ। अहिले सम्म यस स्थानमा ६९हजार९ सय १५ संक्रमीत छन् ५ हजार  ३ सय ६३ जना को मृत्यु भैसकेको छ ।

यहाँका सबै अस्पतालहरु भरिभराउ छन् । नयाँ बिरामी राख्ने ठाँउको अभाव भएकोछ । यहाको  स्वास्थ्य बिभागले हार गुहार मागेका छन् । यहाको अवस्था नाजुक छ । दिनहुँ संक्रमितको संख्या बढीरहेको छ। तर अस्पतालले थेग्न नसक्दा मृत्यु को संख्या पनि बढीरहेको छ । त्यस्तै ब्राजिलको अर्को मुख्य पर्यटकिय शहर रियो द जेनिरियो पनि यो भाइरसको चपेटामा परेको छ। यहाँ पनि३० हजार ३ सय७९ संक्रमीत छन् भने ३ हजार २सय ३७ को मृत्यु भइसकेको छ 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected