“मेरो अर्गानिक फार्म भिलेज”

राजु थापा मगर
म शहरको भए खादाको पाँच तारे होटेलको फ्रन्ट अफिस म्यानेजर जागिर छाडेर गाउँको बाझो खोरिया – बारीमा गएर परम्परात खेति गर्ने भन्दा त्यस रात मेरो श्रीमतीले मलाई “पागल, दिमाग खुस्केको” भनिन। उनीले मलाई दिमाग खुस्केको पनि किन नभनुन त्यो बाझो खोरिया – बारी पनि शहर – बजार अनि सुबिधा – सम्पन्न ठाउमा बसाइ सराइ गरेर त्यत्तिकै छाडेकाहरुका जग्गालाइ थोरैभन्दा थोरै पैसामा लिजमा लिएर खेति गरेर देश तथा विदेश देखि घुम्न आउने, बस्न आउने पाहुनाहरुलाई एकदमै न्युनतम शुल्कमा खुवाउने, बसाउने मेरो योजना थियो। उनीले अझै झर्केर भनिन, “यस्तो खुस्केट कुरा मलाई त भन्नु भयो, अरुलाई चाही न सुनाउनु नि, सिधै पाटन तिर जा भन्लान। ” मैले मेरो भित्रि मनको धेरै कुराहरु उनीलाई सुनाउन नपाई कनै उनीले मेरो मुख बन्द गरिदीइन। त्यस पछि हामी एक-एक तिर मुख फर्काएर सुत्यौ तर म आधा रातसम्म पटक्कै निदाउन सकिन, मैले सोचे, धेरै सोचे, सोच्दा सोच्दा केहि स्वच्न नसकेर टाउको हनहनी भैरहेको थियो, घुमी रहेको थियो, रिंगटा लागिरहेको थियो। म ठीक कि बेठिक ? मैले के सोचिरहेको छु? किन सोचीरहेको छु ? भनेर। के म पागल नै भएको हु त ? कि साच्चै मेरो दिमाग खुस्केकै हो? शहरको ब्यबस्थित जिबन, श्रीमती खुसि – सुखी नै छिन, छोरी राम्रो स्कुलमा पढ्दै छिन, आफ्नो जागिर पनि सन्तुष्टि तथा सम्मान कै छ, नाफाको बोनस सहित राम्रै आकर्षक सेलरी पनि आउछ, मैले आफैले आफुलाई झपारे, ” के वाहियात कुरा सोचेर न दुखेको टाउको दुखाउदै छस केटा ? तैले आफ्नो मन मौजी योजना पुरा गर्न आफ्नो श्रीमती र छोरीलाई उनिहरुले पाइरेहेको सुख र सुबिधा बाट शहिद बनाउदै छस। ”
हेत्तरिक्का दिमागमा पनि के के कुरा आउछ आउछ? म मेरो योजना लाइ बिर्सन चाहे किनकि यो निकै च्यालेनजिंग, एकदमै कडा परिश्रम र आफुले आफुलाई सम्पुर्ण रुपमा समर्पित गर्नु पर्ने बिशाल योजना थियो। म मेरो योजनाबाट आफै नै तर्से अनि यसबारेमा कहिले नसोच्ने मनसाय बनाए। त्यस पछि मेरो शरिर अनि दिमाग कन्चन, चंगा भएर आयो किनकि म ठुलो बोझबाट उम्केको अनुभब गर्दै थिए , अनि मस्त सुतिरहेको श्रीमती र छोरीको मुख भित्रि माया देखि धेरै बेर हेरी रहे र श्रीमतीको कोमल शरीर सुम्सुम्याउदै अँगालो मारेर आनन्दले सुते।
तर पनि मान्छेको जिबनमा कुनै न कुनै दिन केहि अचम्म लाग्दो अनि अरुको भन्दा केही फरक काम गर्ने लहड चल्दो रहेछ, इच्छा हुदोरहेछ। जब त्यो लहड तथा इच्छा जिबनको अभिन्न कर्म बनाउन खोजिन्छ, त्यहा दु:खलाइ पनि सुख देखिन थालिन्छ।आफु जतिनै टुटे पनि फुटे पनि अनि खीइदै गए पनि केहि कुराको पर्बाह नहुने रहेछ। किनकि त्यो लहड त्यो इच्छा, चाहना त्यत्तिकै चलेको हुदैन। कि देखेर, कि सुनेर कि त आफैले भोगेर वा अनुभब गरेर हुने कुरा हो। यस्तो लहड, इच्छा मैले माग्नेलाई दान दिने चलन देख्दा, बेरोजगारी देख्दा, बसाइ सराइ अनि बिदेशिएका देख्दा, राम्रो जग्गामा घर तथा प्लतिङ्ग तर बिकट जग्गाहरु मान्छे बिहिन भएर उजाड बनेको देख्दा अनि बिपसना बसे पछि र टुरिजममा लागे पछिको भित्रै बाट सिर्जित लहड हो। इच्छा हो।
हामी छुट्टिने बेला मेरी श्रीमतीले आखाभरी आशु पारेर भनिन, ” मान्छे बहुलाए पछि के गर्नु , मेरो जिन्दगि त बर्बाद पारे पारे, यो छोरीको भबिश्य पनि बर्बाद पारे। ”
उनीले तेसो भनिरहदा घरि घरि मेरो मुटु चसक्क त हुन्थ्यो तर म एकदम सम्हलिएको थिय चुपचाप थिए किनकि म आफ्नो लक्ष्यको बाटोमा जान पाउने भएकोमा कता-कता भित्र-भित्रै म हर्शित नै थिए। उनि र छोरीलाई गाडी सम्म चडाएर बाइ बाइ गरे, छोरीले पनि बाइ बाइ फ़र्काईन तर मेरो श्रीमतीले भने एक्पल्ट हेर्दा पनि हेरिनन। फेरी झस्किन्थे म कतै गलत बाटो हिड्न त लागिरहेको छैन ? मेरो श्रीमती र छोरीको निराश मुख देख्दा म आफै देखि खिन्न , छिन्न – भिन्न भएर आत्मग्लानी पनि भैरहेको थियो तर आफुलाई सम्हाले म जे गर्दै छु म, मेरो श्रीमती र छोरी मात्र नभएर संसारलाई नै खुसि र सचेतता दिने बाटोमा हिड्न लागिरहेको छु। अब दोधारमा नपर सकिन्छस फेरी। ।
उनि माइतीमा के गर्दै थिइन् थाहा थिएन, छोरीसंग नबोलेको पनि एक बर्ष भैसकेको थियो। म यहाँ बाझो खोरियामा अन्न – फल फ़लाउदै थिए। मैले जग्गा धनिहरु संग प्रस्ट विचार र योजना सहितको सम्झौता गरेको थिए। सुरु सुरुमा त मलाइ सबैले उडाए पनि ” ए भाइ मेरो पनि बारी बाझै छ आएर खन्देउन है।” भनेर। म केहि भन्दिन थिए मात्र मुसुक्क हासी दिन्थे। किनकि मेरो योजना लक्ष्य सानो तिनो आधि हुरी र बचनले लडखडाउने वाला त थिएन, हरपल मन मनै सम्झिन्थे मैले आफ्नो मुटुको टुक्रा भन्दा प्यारो श्रीमती र छोरीलाई त मुटुको एक छेउमा दबाएर राखेको छु भने अब मैले केहि नगरेर भयो त ? यदि मैले आफैले रोजेको बाटोमा म इमान्दारीसाथ हिड्न सकिन भने उनीहरुको आत्माको सरापले म तड्पी तड्पी मर्ने छु।
मेरो पुरानो पेशा टुरिजम, त्यस माथि पनि तारे होटेलको फ्रन्ट अफिस म्यानेजर, म संसारको मान्छेहरुसंग सत्कार पूर्ण रुपमा interact हुने मान्छे, अनि मेरो पेशाको responsbilities को कारण म information technology मा पनि निपूर्ण मान्छे हु। त्यसकारण मैले आफ्नो कामको बिस्तार केहि नया कडा नियम र सिस्टम अनुसार सुरु गरे। किनकि मैले आफुले कमाएको केहि पैसा खोरिया बारीमा परम्परागत रुपमाअन्न फल फ़लाउन र कामदारलाई लगानी गरिसकेको थिए। अहिले मेरो खोरियाको कटेजहरुमा अन्न र फलहरु भकाभक भित्रदै थियो। त्यसैले मैले मेरो खोरिया वारिको नाम ओर्गानिक फार्म भिलेज राखेर प्रचार प्रसार गरे। जहाँ घुम्न आउने पाहुनाहरुले न्युनतम शुल्कमा खान बस्न पाउने।
एक पटक फेरी म पागल अनि दिमाग खुस्केको भए। पहिला श्रीमतीको, दोश्रो पटक गाउलेको अब तेश्रो पटक भने म संसारकै पागल अनि दिमाग खुस्केको नामकरण भए। धेरैले मलाइ अनलाइन बाट पनि च्यालेन्ज दिए। ‘अहिलेको अवस्था एस्तो छ कि एकदिन एकजना आएको पाहुनालाई त वास्ता गरिन्न यो मान्छे भने संसारकै मान्छे लाइ एकदमै न्युनतम शुल्कमा खान बस्न आब्हान गर्दै छ त्यो पनि अनिश्चित समय सम्म , कसरि सक्छौ?’ मैले उनीहरुको सवालको जवाफमा एस्तो लेख्थे। “संस्कार बसे पछि सकिन्छ, साथी”
लहडै लहडमा सुरु गरेको काममा हरेक काम लहडै लहडमा हुने रहेछ। यसरि लहडै लहडमा यो के रहेछ? भन्दै कोहि बुझ्न त कोहि अनुभब गर्न मेरो अर्गानिक फार्म भिलेजमा पाहुनाहरु भित्रिन लागे। उनीहरुलाई आउन साथ यहाको नियम र संस्कारको बारेमा कडाइका साथ पालना गर्नु पर्ने भनिन्थ्यो। पाहुनाहरुलाई जति दिन बसे पनि खान बस्न एकदमै न्युनतम शुल्क तर फार्मको कुनै पनि काममा चाहि अनिवार्य सघाएर अनुभव लिनुपर्ने हुन्थ्यो। यसरि मेरो अर्गानिक फार्म भिलेजमा नेपालीमात्र नभएर बिदेशी पाहुनाहरु पनि भाकाभक आउन थालेका थिए। पाहुनाहरुलाई त्यहि उब्जनी भएका अन्न फलले नपुग्ने भए पछि हामीले अरु खोरियाहरु पनि थप गर्दै फार्म भिलेज बिस्तार गर्दै गयौ र अझै नपुगेर गाउले हरुलाई पनि हाम्रो मापदण्ड अनुसारको खेति गर्न लगाएर पाहुनाहरुको सेवा पुर्यायौ। पाहुनाहरु अर्गानिक खाना, मनोरम पर्यावरण प्रकृति, परम्परागत खेती र प्रखर गाउले जिबनको अनुभबबाट खुसि भएर जाने बेला हाम्रो अर्गानिक फारम भिलेजको बिकाश र संरक्षणको लागि भनेर मनै देखिको बक्सिस दिनुका साथै हाम्रो अर्गानिक फार्म भिलेजमा उब्जनी भएका अन्न फल तथा सामानहरु किनेर जान्थे भने केहि समान हामी चिनो स्वरुप पनि दिन्थ्यौ। फेरी फेरी फर्कदा उनीहरु केहि न केहि चिजहरु कोसेली स्वरुप लिएर आउथे। पाहुनाहरुको र हाम्रो फार्म भिलेजको सम्बन्ध माइती र चेलीको जस्तो भएको थियो।
अर्को एक बर्षमा त मेरो फार्म भिलेजमा मात्र हैन मेरो फार्म भिलेज वरपरका गाउहरु समेत काया पलट भैसकेका थिए। पहिला बाझो रहने खेत बारी अहिले अर्गानिक खेतीले झकिझकाउ थिए। पहिला बाटो कता होला भनि खोज्नु पर्ने ठाउमा अहिले गाडी बाइक घुइकिसकेका छन्। पहिला उपलब्धि केहि नदेखेर विदेशिने युबाहरु अहिले गाउमै केहि गरम भनेर लागि परेका छन्। पहिला घर जग्गा छाडेर बेपत्ता भएकाहरु अहिले भका भक आफ्नो गाउ फर्की आए भन्दै फर्कदै छन्। पहिला बच्चा पढाउन शहर बजार पस्ने हरु अहिले गाउमै सरकारी विद्यालयको राम्रो ब्यबस्थित गर्दै ठाउँ ठाउमा बोर्डिंग खोलिएका छन्। यी सबै हुनुमा गाउले जागरुक हुनुका साथै न्युनतम शुल्कमा खान बस्न आउने पाहुनाहरुका अझ ठुलो देन थियो।
अहिले त मेरो अर्गानिक फार्म भिलेज जिल्लाभरी नै बिस्तार भैसकेका छन। खाने बस्ने देखि त्यहाको बाताबरण समेत एकदम लोकल तथा अर्गानिक बनिसकेको छ। राम्रो संस्कार तथा नियम बनिसकेका छ। जुन संस्कार तथा नियमलाइ सबैले हृदय देखि ससम्मान गरेर पालना गर्दछन। मेरो फार्म भिलेज भित्र आधुनिक प्रयोगका सामानहरुको बर्जित छन। हरेक कुराहरु परम्परागत मात्र। यसरि मैले धन मात्र हैन दुनियाको मन पनि कमाएको छु, संसारकै करुणा पाएको छु।
एक दिन फेसबुक मेसेन्जरमा मेरी श्रीमतीले यस्तो लेखिछिन। ” म हजुरको अर्गानिक फार्म भिलेजमा छोरी लिएर घुम्न आउछु। ”
अनि मैले तुरुन्त जवाफ फर्काए, ” घुम्न मात्र हैन अब सधै बस्ने गरि आउनु। ”
“फेरी गोबर सोहोर्नु पर्छ होला? बारी खन्नु पर्छ होला ? घास काट्नु पर्छ होला ” उनीले मस्किदै भनिन।
“हैन तिमि पाहुनाहरुको हेरचाह गर्ने काममात्रै गरन सबै काम त पाहुनाहरुले नै गर्नेछन नि हाहाहाहा ” मैले हास्दै लेखे।
” हाहा हाहा हाहा हाहा ” उनि मज्जाले हासिन र छिट्टै आउछु भनिन र निकै माया देखाईन।
हुन पनि हो मेरो अर्गानिक फार्म भिलेजमा पाहनाहरु गाउले, पर्यावरण, किर्सि जिबनको अनुभब लिन दुइ तिन महिना अघि देखि रीजर्ब गर्छन त्यस कारण बढी पाहुना आउने चापको कारण अहिले मेरो फार्म भिलेजमा तिन देखि सात दिन मात्र रहन पाइञ्छ किनकि अरु पाहुनाहरुलाई पनि त पालो दिनै पर्यो। आजकाल म पागल अनि दिमाग खुस्केको उपनामबाट सबैको प्यारो दिमाग भएको महान मान्छे भएको छु। अनि मेरो आमा-बुवा, दाजु-भाई, दिदि-बहिनि, आफन्त, साथि,भाइ सबै मलाई कसैले नसोचेको राम्रो काम गर्यो भनेर मलाइ बधाई अनि माया दिन्छन। तर म भन्छु मेरो काम हजारौले हजार पटक सोचेको तर नआटेको मात्र हो, नगरेको मात्र हो। आट्नुस, गर्नुस तपाइँ पनि सफल अनि सन्तुस्टी हुनु हुनेछ आफ्नो जिन्दगि देखि।
एकदिन म नया पाहुनाहरुको स्वागत गर्दै थिए एकजना महिला र सानी छोरी परबाट मुसु मुसु हास्दै आएको देखे। कता कता चिनेको जस्तो लाग्यो। अझ नजिक आए पछि त चिनेको मात्र हैन आफ्नै श्रीमती र छोरी पो रहेछन। उनीहरु मेरो नजिकै आएर मुसु मुसु हासेर हेरि रहे म पनि अक्क न बक्क परेर हेरी मात्र रहे, लामो समयको ग्यापले गर्दा मैले उनीहरुलाई झट्ट छुन अनि अंकमाल गर्न अनि ‘आऊ बस’ भन्न पनि अप्ठेरो अनि लाज लागिरह्यो। त्यो दुरी तोड्दै उनि बोलिन, ‘ हैन के हो बसम पनि भन्नुहुन्न त ?” उनि मुस्कुरैरहेकी थिइन्।
“एह ! अह ! आऊ। । आऊ आऊ, छोरी पनि आउ।”
अनि मैले मन मनै सोचे जे होस् मैले यिनीहरुको आत्माको सराप चै यो जुनिमा खानु परेन। ……………………..
( म यात्रामा हिड्दा मान्छेहरुले आफ्नो प्रगतिको बारेमा गरेका कुराकानीलाई काल्पनिक कथामा बदलेर लेखेको एउटा कथा हो। जुन पर्यावरण तथा भिलेज अर्गानिक किर्सि पर्यटन मार्फत गाउँबाट शहर बजार तिर बसाइँसराइ हुनबाट न्यूनीकरण गर्न सकिन्छ कि भन्ने सानो मनगढन्ते कुरा र बिसम परिस्थिति तथा प्रकोप न्यूनीकरणको हाहाकारलाई पनि केहि ब्यलेन्स गर्न टेवा पुर्याउन सकिन्छ भन्ने बिचार मात्र )