अमेरिका -क्यालिफोर्निया अमेरिकाका ज्याक रिकोले १३ बर्षको उमेरमा ४ बिषयमा एसोसिएट डिग्री हासिल गरेका हुन् । ११ बर्षको उमेरमा क्यालिफोर्निया राज्यको फुलर्टन कलेजमा भर्ना भएका रिकोलाई , गत बुधबार ग्राजुएसन भए संगै कलेजले आफ्नो १०७ बर्षे इतिहासमा हाल सम्म ग्राजुएसन भएका मध्य सबै भन्दा कान्छो व्यक्ति घोषणा गरेको हो । कलेजका अनुसार उनले ईतिहास (History ), मानव अभिव्यक्ति (Human expression) , सामाजिक व्यवहार (Social behavior ) र सामाजिक विज्ञान (Social science ) गरि कुल चार बिषयमा एसोसिएट डिग्री हासिल गरेका हुन् ।
“यस्तो युवा विद्यार्थी कक्षामा हुनु सामान्य कुरा होइन, त्यसैले ज्याक फुलरटन कलेज भरि प्रख्यात थिए , ” फुलर्टन कलेजका प्रमुख ग्रेग शुल्ज ले बताए । रिको आफ्नो उमेर भन्दा पनि बुद्धिमानी भएको र उनलाई आफ्नो कलेजमा पाएकोमा उनले खुसि ब्यक्त्त गरे । रिकोले नेभाडा विश्वविद्यालयमा इतिहास बिषयमा स्नातकका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् ।

एजेन्सी,

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected