अप्रिल १५ मा अमेरिका कोभिड महामारीको सबैभन्दा चरम अबस्थाबाट गुज्रिरहेको थियो । दैनिक २३,००० को हाराहारीमा थपिएका नया संक्रमितको संख्या तथा दैनिक २००० को हाराहारीमा भै रहेको मृत्युले माहोल दिन प्रतिदिन बिग्रदो थियो । अमेरिकामा कुल संक्रमित को संख्या ६,३२,८७८ पुगिसकेको थियो भने मर्ने को संख्या २७,८५० नाघेको थियो । संक्रमणको फैलावटलाई सीमित पार्न मार्च १८ मा पहिलो पटक अमेरिकाको क्यालिफोर्निया राज्यमा जारि गरिएको स्टे होम अर्डर ४2 वोटा राज्यमा विस्तार भै सकेको थियो । स्टे होम अडर संगै बिद्यालय , अत्याबस्यक बाहेकका अन्य ब्यबसाय , बिभिन्न मनोरन्जनका स्थानहरु, पार्क, खेल मैदान सामुन्द्रिक तट, सिनेमा घर आदि बन्द हुनुका साथै मानिसहरुको जमघट तथा भेला हरुमा समेत प्रतिबन्ध लाग्यो । यसरी एकाएक मानबिय गतिबिधि माथि भएको नियन्त्रणले आफुलाई सबै भन्दा स्वत्रन्त्र ठान्ने अमेरिकी जनतालाई भित्र भित्रै निकै असजिलो महसुस गराई रहेको थियो ।

तर त्यतिनै बेला अर्थात् अप्रिल १५ कै दिन मिचिगन राज्यमा सयौ मानिस हरु भेला भइ लकडाउनले आफ्नो स्वत्रन्त्रपुपर्बक हिडडुल गर्न पाउने अधिकार को हनन गरेको भन्दै बिरोध र्याली आयोजना गरे । हुन त यस भन्दा अगाडी पनि भर्जिनिया, इलिनोइस, इन्डीयाना जस्ता राज्य हरुमा लक डाउनको बिरोध स्वरुप पर्दशन भै सकेका थिए तर ति पर्दशनहरुमा मानिसहरुको न्यून संख्याको उपस्थितिका कारण तिनले त्यति महत्व पाएका थिएनन् तर मिचिगन राज्यमा सयौको संख्यामा भएको बिरोध कार्यक्रमले रास्ट्रिय तथा अन्तरास्ट्रिय ध्यान खिच्न सफल भयो । मिचिगन राज्यमा भएको बिरोध पर्दशन लगत्तै अन्य राज्यहरुमा पनि बिरोधका आवाजहरु गुञ्जिन थाले । मे १ सम्म आइपुग्दा त अमेरिकाका प्राय सबै जसो राज्यहरुमामा साना ठुला लकडाउन बिरोधि पर्दर्शनहरु भै सकेका थिए ।

केहिले यो बिरोधलाई उनीहरुको आर्थिक पाटो संग पनि जोडेर हेरे। तर काम गर्न नपाउने नागरिकलाई काम गर्दा जतिनै वा केहीलाई त्यो भन्दा बढी रकम राज्यले उपलब्ध गराउदै आएको र , महामारीले असर पुर्याएका ब्यापारिक सस्था हरुलाई आर्थिक सहायता उपलब्ध गराईएको अबस्थामा यी बिरोध आर्थिक कारणले मात्रै गरिएका थिए भन्ने आधार देखिदैन तर केही राज्य तथा सहर हरुमा भएको बिरोध कार्येक्रम राजनैतिक पूर्वाग्रह बाट प्रेरित भएको आरोपलाइ भने पूर्ण रुपमा नकार्न सकिदैन । यस्ता बिरोध कार्यक्रम हरुले देश ब्यापी रुपमा कोरोना को महामारी नसकिदै सरोकारवालाहरुलाई लकडाउन खोल्ने क्रम बद्ध योजना हरु सार्बजनिक गर्न दबाब सिर्जना गर्यो । फल स्वरुप केहि राज्य हरुले नियम तथा सर्तहरु पालना गर्ने गरि लकडाउन आंसिक खोले भने केहि राज्य हरु खोल्ने क्रममा छन् । तर यी घटनाक्रमहरुले एउटा बहस को सुभारम्भ भने गरिदियो मानिस स्वास्थ्य हुन चाहन्छ कि स्वतन्त्रता रहन मन मनपराउछ ।

संसारमा जति स्वास्थ्य लाई प्राथमिकता दिने मानिसहरु छन् त्यस्तै केहि मानिसहरु पनि छन् जसले ब्यक्त्तिगत स्वतन्त्रता लाई पनि उत्तिकै सर्बोपरि ठान्दछन भन्ने कुरालाई यी माथीका घटनाहरुले समेत पुष्टि गरेका छन् । उनीहरुको बिचारमा स्वतन्त्रता बिनाको स्वस्थ जिबन को कुनै मुल्य नै छैन । आफुलेभनेको ठाउमा जान नपाए, आफुले भनेको खान नपाए , आफुलाई मन लागेको गर्न नपाए उनीहरुका लागि जिबन मरे तुल्य नै छ । मानिस बरु मर्न तयार छ तर आफ्नो स्वतन्त्रता गुमाउन चाहदैन । ताज्जुबको कुरा त के भने कति पय राज्यहरुमा कानुनी चेतावनी को समेत पर्वाह नगरी मानिसहरु जिमहल , पार्क तथा सामुन्द्रिक तट हरुमा यसरी घुसी रहेका थिए मानौ त्यो उनीहरुका लागि खान जत्तिकै महत्वपूर्ण छ । यति मात्रै हैन मानिस हरु ड्राइभ थ्रु सिनेमा घर (गाडी भित्रै बसेर सिनेमा हेर्न सकिने पार्क ), ड्राइभ थ्रु सांगीतिक कार्येक्रम (गाडी भित्रै बसेर हेर्न सकिने सांगेतिक कार्यक्रम ) तथा ड्राइभ थ्रु चिडिया घर (गाडी भित्रै बसेर घुम्न मिल्ने चिडिया घर ) आदिको समेत माग गरि रहेका थिए जुन पछि प्राय सबै जसो राज्यले खोल्न बाध्य भए । लक् डाउन मा घर भित्रै बसी रहदा शारीरिक रुपमा स्वस्थ भए पनि मानसिक रुपमा बिचलित भइने उनि हरुको तर्क लाई पनि नकार्न सकिदैन किनकी बिस्व स्वास्थ्य संगठन ले पनि स्वास्थ्य लाई रोग मात्र नलागेको अबस्था नभई शारीरिक, मानसिक तथा सामजिकरुपमा पूर्ण स्वस्थ रहेको अबस्था भनेर परिभाषित गरेको छ तापनि घर भित्रै रहेर पनि मानसिक स्फूर्तिका लागि बिभिन्न उपाय हरु अपनाउन नसकिने भने होइन । इति

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected