ब्राजिल-बिश्वमा हामी नेपालीहरु नपुगेको ठाँउ सायद कमै होला । देशमा बेरोजगार, गरीबी, अभाव र बाध्यताले कयौं नेपालीहरु संसारको कुना कुनामा रोजगारको लागि पुगेका छन् ।

यस्तै गरि दक्षिण अमेरिकाको ठुलो देश ब्राजिलमा पनि केही नेपालीहरु आइपुगेका छन् । एकदमै थोरै मात्रामा ब्राजिलमा नेपालीहरु रहेका छन् । ब्राजिल भरी लगभग एक सय जनाको हाराहारीमा नेपालीहरु रहेको गैरआवासिय नेपाली संघ (एनआरएनए) ब्राजिलका अध्यक्ष गणेश गुरुंगले जानकारी दिए । उनका अनुसार ब्राजिलकाे  ठुलो ब्यापारिक केन्द्र स्थल साओ पाउलोमा नेपालीहरुको बसाइ केही बढी मात्रामा छन् ।

यहाँ लगभग ६० जना जति नेपालीहरु रहेका छन् भने बाकी ब्राजिलको विभिन्न शहर रियो द जेनेरियो, ब्रासिलिया,  कुरचिबा, आदि शहरमा बस्दै आइरहेका छन् । 

फाईल फाेटाे: ब्राजिलका नेपाली

‘काेराेना महामारी फैलिएसंगै सबै नेपाली सुरक्षित रहेका छन् अध्यक्ष गुरुगंले  भने- ‘आत्तिनु पर्ने अवस्था छैन ।’

थोरै नेपाली भएर होला यहाँ सबै नेपालीहरु एक अर्काको सम्पर्कमा बसेका छन् । नेपाली  कम भए पनि ब्राजिलको राजधानी ब्रासिलियामा नेपाली राजदूतावास  पनि रहेको छ । 

विशेष गरि ब्राजिलमा नेपालीहरु बर्सौ देखि विभिन्न ब्यापार ब्यावसाय गरि आइरहेका छन् । कतिपय रेस्टुरेन्ट, होटेलमा काम गरिरहेका छन् । ब्राजिल अहिले बिश्वको दोस्रो कोरोना प्रभावित देश हुन पुगेको छ । तीन महिना देखि ब्राजिलमा कोरोना भाइरसको महामारी फैलिरहेको छ । यहा कोरोना भाइरस देखिन साथ लकडाउन गरिएको थियो।  अहिले सम्म निरन्तर लकडाउन चलिरहेको छ ।

ब्राजिलमा भएका नेपालीहरु लकडाउनले  गर्दा झन्डै तीन महिना देखि ब्यापार ब्यावसाय बन्द गरि घरमै क्वारेन्टाइन बस्दै आइरहेका छन् । सबै जना सुरक्षित भएता पनि लामो समय देखि ब्यापार ब्यावसाय बन्द गर्न पर्दा उनीहरुलाई निकै मर्का परिरहेको छ । 

साथै महँगो मारले गर्दा पनि नेपालीहरु थप पीडामा छन् । परिवार सहित बसेकाहरुलाई यो लकडाउनले  धेरै पिडा दिएको छ। तर भाइरस बाट ज्यान जोगाउनु नै ठुलो कुरा भएकोले कसरी हुन्छ बाध्यता र पिडा लिएर पनि घरमै बस्नु परेको छ । कतिपय नेपालीहरु घरमै बस्दा बस्दा चिन्ताले डिप्रेसनकाे  शिकार पनि भएका छन् । 

राजधानी ब्रासिलियास्थित नेपाली राजदूतावासका कन्सुलर भरत खनालले नेपालीहरु अहिले सम्म सुरक्षित रहेकाे जानकारी दिए उनका अनुसार यहाँका नेपालीहरू सुरक्षित रूपमा घरमै क्वारेन्टाइनमा बसिरहेको बताए ।

अहिलेको यो समयमा लकडाउनले  गर्दा जो कोहि पनि न नेपाल फर्किन सकिन्छ न यहा राम्रो सँग बस्न सकिने अवस्था छ । कोरोना भाइरसको महामारी दिन दिनहु बढीरहेको छ ।  उता व्यवसायी गगन पुन परिवार सहित त्यहाँ बसाेबास गर्दै आएका छन । परिवार भएकाले केहि गाहाे छ,उनले भने- ‘काेराना संक्रमण बढी रहेकाेले डरकाे आभास छ ।’रोकथाम गर्न सक्ने अवस्था छैन । लकडाउन कहिले सम्म भन्ने ठेगान छैन। सबै नेपालीहरु लकडाउन खोल्ने प्रतीक्षा गरीरहेका छन् । तर दिन प्रति दिनको बढ्दो महामारी देख्दा यति छिटाे यो भाइरस नियन्त्रणमा आउने देखिदैन। जसले गर्दा यहाँ भएका नेपालीहरुलाई निकै चिन्ता थपिएको छ।

अहिले सम्म ब्राजिलमा कोरोना संक्रमीतको संख्या ४ लाख ६९ हजार पुगेको छ भने मृत्यु हुनेको संख्या २७ हजार ९ सय ४४ पुगेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected