कुमार जंग कार्की

अमेरिका-सन् २००२ मा स्थापित अमेरिकन एरो स्पेस कम्पनि ‘स्पेस एक्स’ ले आफ्नो दुइ दसकको अथक प्रयाश पछि हिजो अर्थात् मे ३० का दिन नासाका दुइ अन्तरिक्ष यात्रि Bob Behnken and Doug Hurley सहित आफ्नो पहिलो ब्यबसायिक रकेट, क्रिउ ड्रागन डेमो २ (Crew Dragon Demo-२) को सफलता पुर्बक प्रक्षेपण गरेको छ । जसले यात्री हरुलाई पृथ्बीको बाहिरी कक्षमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन ( International Space Station ) मा लैजाने छ । अमेरिकी समय अनुसार रकेट जुन १ आइतबार बिहान १०:२७ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुग्नेछ ।

फ्लोरिडाको केनडी स्पेस सेन्टरबाट भएको यो प्रक्षेपण संगै ‘स्पेस एक्स’ अन्तरिक्षमा उडान भर्ने विश्वकै पहिलो कम्पनि बनेको छ । उक्त्त प्रक्षेपण अमेरिकी भुमि बाट भएको करिब दसक पछि कै पहिलो प्रक्षेपण पनि हो । यस अघि सन् २०११ को जुलाई मा अन्तिम पटक अमेरिकी भुमि बाट रकेट प्रक्षेपण भएको थियो । यो एतिहासिक क्षण को अबलोकन गर्न कोरोना महामारीका बीच पनि हजारौ मानिस हरु फ्लोरिडाको केनडी स्पेस सेन्टर वरपर उपस्थिति भएका थिए भने करोडौ मानिसहरुले टेलिभिजनमा प्रतक्ष्य अबलोकन गरेका थिए । यो प्रक्षेपण गत मे २७ का लागि तय गरिएको भए पनि प्रतिकुल मौसम का कारण अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

प्रक्षेपणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप तथा उपराष्ट्रपति माइक पेन्सले केनडी स्पेस सेन्टरमै पुगेर प्रतक्ष्य अबलोकन गरेका थिए । “म मेरा जनता, नासा र नासा संगै मिलेर काम गर्ने सबै प्रति गर्व गर्दछु । मलाई लाग्छ यो हाम्रो देशको लागि ठूलो प्रेरणा हो, ” प्रक्षेपण लगत्तै राष्ट्रपति ट्रंपले प्रतिक्रिया जनाएका थिए ।

‘स्पेस एक्स’ ले हाल नयाँ बृहत स्तरको रकेट ‘स्टारशिप’ मा काम गरिरहेको छ , जसले मानिसहरुलाई कुनै दिन चन्द्रमा र मंगल ग्रहमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected