शिव शर्मा
अमेरिका– दुवैजना त्यतिबेला रंगमञ्चमा नाटक गर्थे । नाटक सिक्ने र खेल्ने त्रममा दुबैको भेट भयो । भेट पछिको चिनजानले प्रेमको रुपमा लियो । त्यही प्रेम विवाहमा परिणत भयो कलाकार सुबास थापा र बिनिता खडकाको ।
बिर्खेलाई चिन्छस् नामक सिनेमाको पर्दामा यो जोडी बिर्खे र जुनेलीको रुपमा देखिए । यही सिनेमाले उनिहरुलाई बिर्खे र जुनेलीको रुपमा दर्शकले चिन्न थाले । हो त चार वर्ष अघि सपरिवार अमेरिका बसाई सरेको यो जोडी अहिले यता आएर पनि आफनो कलाकारिताको तिर्सनालाई मेटाइ रहेका छन् ।

 

सुबास थापा र विनिता खड्का

नाटक देखि छोटो चलचित्रमा अभिनय गदै आफनो कला यात्रलाई निरन्तरता दिन दुबै उद्धत देखिएका छन् ।
अमेरिकाकामा कोरोना महामारी बीच यो जोडीले लकडाउनको समयलाई टिकटक बनाएर भरपुर सदुपयोग गरे । दुबै जोडी एक साथ देखिएको सयौ टिकटकलाई हजारौ दर्शकले मन पराएका छन् । उनिहरुलाई फ्लो गरेका छन् । यो टिकटक त उनिहरुको सौख मात्र हो । खासमा बिनिता टिकटिककी सौखिन थिइन । उनैले श्रीमान अर्थात सुबासलाई पनि टिकटकको मोहमा ल्याइन । दुबै एक साथ भन्छन्– ‘फाल्टु समय यतिकै बर्बाद गर्नु भन्द्या टिकटक पनि समयको सदुपयोग र दिमागलाई स्फुर्ति बनाउने माध्य रहेछ ।’
यतिबेला सुबास र बिनिता अमेरिकाको टेक्ससको राजधानी अस्टिनमा बसोबास गदै आएका छन् । त्यहा“ पनि उनिहरुले आफनो कलालाई मर्न नदिन गराज थिएटर सुरु गरेका छन् । नाटकको लतलाई फेरि ताजगी दिन लागीपरेका छन् ।
सुबास र विनिताको भेट जमल स्थित नाचघरमा नाटक सिक्ने खेल्ने क्रममा भेट भएको हो । त्यसो त चितवन पर्साबजार की विनिता नारायणी कला मन्दिरकी कलाकार पनि थिइन ।

सुबास  थापा

आफनो कलाक्षेत्रलाई बिस्तार गर्न उनी राजधानी आइपुगेकी थिइन । त्यही क्रममा नाचघरमा नाटक सिक्न थालिन । दर्जन नाटकमा अभिनय गरिन । बिनिताले २०५८ सालमा उत्कृष्ठ नाटकमा अभिनय तर्फको अर्वाड पनि पाएकी थिइन । नाटक खेल्ने देखि निर्देशन समेत गरिन उनले । निर्देशनमा पनि उनले अर्वाड जितिन । त्यही नाटकघरमा भेटिएका यी जोडीले चार वर्षको प्रेमलाई विवाहमा परिणत गरे ।
सुबास भने कलेज पढ्दाताका नै आरम्भ थिएटर मार्फत नाटक खेल्न थालिसकेका थिए । गुरुकुलमा अनुप बराल, सुनिल पोखरेल तथा वीरेन्द्र हमाल संग दुई वर्ष नाटक सिके । उनिहरुसंगै दर्जन भन्दा बढी नाटक खेले । उनले अनुप बरालको कोर्ट मार्सल, सुनिल पोखरेलको अग्निको कथा देखि कथा देश जस्ता चर्चित नाटकमा अभियन गर्ने मौका पाए । सुबासले फुटकर रुपमा त सयौ नाटक गरेका छन् । नाटक पछि उनी फिल्मी क्षेत्रमा पनि पाइला राखे । बिर्खेलाई चिन्छस देखि भिजिलान्ते, फेसबुक, सरी ल, को आफनो लगायतका सिनेमामा खेले । अझै केही सिनेमा रिलिजको तयारीमा छ उनको ।
अहिले उनी टेक्ससको अस्टिन स्थित चर्चित पेनफोल्ड थिएटरसंग जोडिएर शेक्सपियरको द लेम्पपोस्ट नाटकको तयारी गरिरहेका छन् । भर्खर उनले एउटा डकु ड्रामा पनि अभिनय गरेका छन् । त्यस्तै केही लघु चलचित्र पनि खेलेका छन् । सुबासको रियल स्टेटको व्यापार छ अमेरिकामा ।

बिनिता खड्का

दुवै श्रीमान श्रीमतिको एक अर्कामा सर्पोट छ । दुवै कला क्षेत्रबाट आएकाले कलाको मर्म बुझेका छन् । दुवैजना जता पनि नारिएर हिडछन् । उनिहरुको जोडी पति पत्नी भन्दा पनि साथीको जस्तो छ । हामी जे कुरामा पनि आपसी समझदारीमा अघि बढ्छौ , दुवैले कुराकानीको क्रममा भने– ‘यही भएर त हाम्रो कलाको जोडी बलियो रहेको छ ।’

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected