टेक्सस– सम्झेर मलाई नरुनु प्रिय
विरहमा म मरे भने
चढाईदिनु एक अन्जुली पानी
सपनीमा म आए भने ।
यी मार्मिक शब्दहरु समेटिएको गीत अमेरिकाको टेक्सस निवासी गीतकार सुनिता बस्नेत थापाका हुन । अमेरिकाको व्यस्त जीवनशैलीमा पनि आफुलाई साहित्य र गीत लेखमा लगाइरहेकी गीतकार थापाको शुक्रबार आफनै युटयुब च्यानलबाट रिलिज भएको गीत हो यो । शिव परियारले गाएको यो गीतमा संगीत सुनिल मास्केको रहेको छ ।
सिनेमा भिडियो सम्पादक लोकेश बज्राचार्यले तयार पारेको लिरिकल भिडियो तथा गीतमा प्रदीप श्रेष्ठको एरेन्ज रहेको छ । किशोर थापा गीतको रेर्कडीस रहेका छन् । थापाले यस अघि नै सुरबी नामक आधुनिक गीतको एल्बम बजारमा ल्याइसकेकी छिन् ।
यी एल्बमा समावेश बानिका प्रधानको आवाजमा सजिएको रातको सपना पनि यस अघि नै युटयुब मार्फत सार्वजनिक भएको थियो ।
थापाको हालै विभिन्न कविताहरु समेटिएको बिम्ब नामक कविता संग्रह पनि बजारमा आइसकेको छ । पेशाले नर्स रहेकी थापा बाकी रहेको आफनो समयलाई साहित्य सृजनामा लगाउदै आएकी छिन् । उनले विभिन्न विषयलाई समेटेर विभिन्न लेखरचना पनि प्रकाशित गदै आएकी छिन् । उनका केही फुटकर लेख रचना अमेरिकाबाट संचालित अनलाइन पोर्टलहरुमा प्रकाशित छन् ।
गीतकाे लिरिकल भिडियाे
सम्बन्धित खवर
-
अमेरिका-विवाहित महिलाको ...
-
टेक्सस-नेपाली समाज टेक्ससले ...