जातिय विभेदको घटना नाटकमा

टेक्सस– अहिले नेपालमा एउटा जातिय विवेद सम्बन्धी घटनाले उग्र रुप लिएको छ । एक जना कथित माथिल्लो जातीका युवति संग विवाह गर्न भनेर गएका जाजरकोटकमा नवराज विश्वकर्माको कुटपिट पछि मुत्यु हुन्छ ।
यो घटना अहिले नेपालमा जातिय विभेद विरुद्धको ठुलो घटना भएको छ ।यसै बिषयलाई समेटेर अमेरिकाको टेक्ससको राजधानी अस्टिनमा बसोबास गदै आएका रंगमञ्चका कलाकार सुबास थापाले घटनालाई नाटकमा रुपान्तर गरेका छन् ।
नाटकमा जातीय छुवाछुतको अन्त्य हुनुपर्ने यथार्थलाई उनले डकु ड्रामा मार्फत उजगार गरेका छन् ,। नेपालमा रहदा दजनौ नाटकमा अभिनय गरेका कलाकार थापाले अमेरिका आए पनि आफनो नाटकीय कलालाई निरन्तरता दिइरहेका छन् ।उनको कलामा जीवनसंगीनी नाटउ कलाकी हस्ती विनिता खडकाको पनि साथ रहेको छ ।
हालै मात्रै थापाको अफिसियल युटयुब च्यालनबाट यो जातिय विवेदको घटनालाई समेटिएको नाटक रिलिज भएको छ । नेपाली रंगमञ्चमा राम्रो कला पस्केका सुबास थापा अमेरिका आएर पनि आफनो कलालाई निरन्तरता दिइरहेका छन् । आफनै घरमा गराज थिएटर स्थापना गरेर नाटक अभिनयमा लागेका छन। नेपालमा हुदा सयौ नाटकमा अभियन गरेका थापाले अमेरिका आएर पनि निरन्तरता दिइरहेका छन् । नाटक संगै सिनेमा अभिनयमा लागेका थापाले नाटक अभिनयलाई अमेरिकामा कमब्याक गरेका छन् ।