सचिन घिमिरे
अहिले टिकटकको क्रेज बढ्दो छ । सर्वसाधारण देखि सेलिब्रेटीहरु टिकटकको दुनियामा रमाएका छन् ।
यस्तै पछिल्लो समय पुर्व अधिराजकुमारी हिमानी शाह पनि टिकटकमा रमाइरहेकी छिन् । उनि आफनो छोरीहरु सहित होमा हो मिलाउदै टिकटकमा नृत्य गरिरहेकी छिन् । यतिबेला उनी छोरीसंगै नाचेको टिकटक भिडियो लोकप्रिय बनिरहेको छ ।
भिडियो छोरी पूर्णिका शाह र कृतिका शाहको अकाउन्टबाट अपलोड भएको हो ।
भिडियोमा पूर्वअधिराजकुमारी हिमानी शाहलाई एकदम हँसिलो मुहारमा देख्न सकिन्छ । सबिन राईको गुराँसको फेद मुनि सम्झनाको छाँया बोलको भिडियो आफ्नै आधिकारिक पेज हिमानी शाहमा राखेसँगै भाइरल हुन थप सहयोग पुगेको हो । उनको पेजमा भिडियो पोस्ट गर्दै लेखिएको थियो, “प्रयास मात्र गरेको कस्तो लाग्यो हाम्रो नृत्य प्रतिकृया पाउ है” । प्रतिकृयाहरु सबै तिरबाट राम्रै आएका छन् ।
सम्बन्धित खवर
-
अमेरिका-विवाहित महिलाको ...
-
टेक्सस-नेपाली समाज टेक्ससले ...