कलाकर्मिद्रारा राहत वितरण
गीतकार संघ नेपाल, संगीतकार संघ नेपाल, नेपाल चलचित्र नृत्य संघ र केही बरिष्ठ कलाकारहरुको पहलमा राहत वितरण गरिएकाे छ ।
नेपाल साङ्गीतिक संघले कोरोना भाइरसको महामारीका कारण दुई महिनाभन्दा धेरै घरमै बस्नु परेकोले आफ्नो नियमित काममा फर्किन नपाएका र भएको खर्च सकिएर अप्ठ्यारोमा परेका कलाकर्मिहरुलाई वितरण गरेकाे हाे
संघकाे पहलमा साङ्गीतिक क्षेत्रमा सेवारत गीतकार, सङ्गीतकार,गायक,गायिका,एरेन्जर,रेकर्डिष्ट,वाद्यबादक,नृत्यकार आदि कलाकारहरुलाई संघको कर्तब्य ठानी ६० घर परिवारलाई राहत वितरण गर्ने कार्य सम्पन्न भएको छ ।
काठ्माण्डौको विभिन्न स्थानहरु फर्पिङ दक्षिण्काली, मच्छेनारायण कुण्ड, किर्तिपुर, कुलेश्वर हाईट, कलकीं, ताहचल, स्वयम्भू, सानो भर्याङ, बानियाँटार, चपली हाईट, लाजीम्पाट, बबरमहल, थापागाउँ, नयाँ बानेश्वर, पुलचोक, मैतिदेवी, डिल्बिजार, मुलपानी, गौशाला, सामाखुसी, बागबजार, पुतलीसडक, बालुवाटारमा अस्थाई रुपमा बसोबास गर्ने वाध्यबादक, गायक÷गायीका, गीतकार, संगीतकार, नृत्यकार, कला निर्देशक, कला पत्रकारहरुको घर दैलोमै प्रत्यक्ष पुगी राहत मायाको पोको वितरण गरेको कुरा संघका अध्यक्ष मिलन मोक्तान बताउँछन ।
नेपाल साङगीतिक संघका सक्रिय पदाधिकारीहरु, अध्यक्ष मिलन मोक्तान, वरिष्ठ उपाध्यक्ष खर्क बुढा मगर, कोषाध्यक्ष बिमल श्रेष्ठ, कार्यकारी सदस्य द्धय डा।गौरी शंकर मानन्धर र आशा गौतमले यहि जेष्ठ २५÷२६ र २७ गते ३ दिन कठीन परिस्थितीमा पनि आफ्नो कर्तब्य निर्वाह गरेको कुरा संघको सक्रिय सदस्य आशा गौतम व्यक्त गर्छिन ।
राहत संकलन गर्ने कार्य संघका वरिष्ठ सल्लाहाकार शम्भूजीत बासकोटाज्यूको सम्भूजीत संगीत घर र साधना कला केन्द्रको थियो भने राहत प्रायोजन सेञ्चुरी कमर्शियल बैंक पुतलीसडकद्धारा गरिएको थियो ।
यसरी महामारीले अस्थव्यस्थ भएको सामाजीक परिस्थितीमा पनि घर घर दैलो दैलोमै राहत ९मायाको पोको० पुर्याउन आएकोमा आपतमा परेका कतिपय सेवाग्राही संगीतकर्मीहरुले आँखाभरी आँसु पारी नेपाल साङ्गीतिक संघलाई धन्यबाद व्यक्त गरेको कुरा कोषाध्यक्ष बिमल श्रेष्ठ बताउँछन ।
कलाकारहरुको अभिभावकको रुपमा रहेको सेञ्चुरी बैंकबाट प्राप्त राहत ९मायाको पोको० मा चामल, नुन, तेल, मसला, दाल, गेडागुडी, चिउरा, चिनि गरि एक परिवारलाई कम्तिमा १५ दिनलाईं पुग्ने गरि खाद्य सामाग्री उपलब्ध गरिएको थियो ।