‘जब म रंगीन दुनियाँमा हुन्थे मेरो घरमा कालो बादल मडारिन्थ्यो’ –

युएसनेपाल पाेष्ट संवाददाता
‘चलचित्रमा नायिका बनाउनु अघि निर्माता निर्देशकले यौन प्रस्ताब राख्छन्’ रेखा ओझाले केही वर्ष अघि प्रिन्ट मिडिया र टेलिभिजनमा दिएको यो अन्तर्वाताले नेपाली सिने बजारमा ठूलै भुइँचालो ल्याइदिएको थियो। केहि नायिकाहरुले यसको पक्षमा बोलेका थिए र केहि नायिकाहरुले यसको बिरोध पनि गरेका थिए ।
सुन्दर मुहार, आर्कषक शरिर र स्पष्ट बोलीकी धनी कलाकार, मोडल तथा संचारकर्मी रेखा ओझा अहिले आफ्नै संसारमा मस्त छिन् । केहि समय अगाडि चलचित्रमा अभिनय गर्न मरिहत्ते गरेर लागेकी रेखा अहिले भने यो क्षेत्रमा खासै रुची देखाउन्नन् । यहाँ नायिका बन्न निर्माता निर्देशकको चाप्लुसी गर्नुपर्छ तर रेखाले भने अफर आएर पनि काम गरिनन् । अरु नायिका हुन निर्माता निर्देशकको ढोका ढकढकाऊन पुगे तर उनको ढोका पटक पटक निर्माता निर्देशकले ढक ढकाउदा पनि उनले बेवास्ता गरिन ।
रेखाले अभिनय गरेको पहिलो चलचित्र ’संघर्ष’ हो । यसै चलचित्रबाट नै धेरैले उनलाई नेपाली चलचित्र क्षेत्रमा एउटा आशालाग्दी नायिकाको आगमन भएको राखेको समीक्षा गरेका थिए तर त्यो आशा केहि समयमा नै निराशामा बदलियो । ‘संघर्ष’ पछि उनले केहि चलचित्रहरुमा अभिनय गरिन् र सधैंका लागी नेपाली चलचित्रबाट टाढा पनि भइन् । चलचित्रबाट टाढा भएपनि अभिनय गर्नबाट उनी टाढा रहन सकिनन् । त्यसैले उनले ’अदृश्य घाउ’ र ’आमा’ ‘पुतली चोर’ नामक टेलिचलचित्रमा अभिनय गरिन् ।
ठूलो पर्दाबाट टाढा भएपनि अभिनयलाई निरन्तरता दिन उनले सानो पर्दालाई छोड्न सकिनन् । त्यसैले उनले केहि म्युजिक भिडियो र विज्ञापनमा जारी राखिन् । उनले खेलेको यति कार्पेटको विज्ञापनले करिब चार बर्ष प्राय दैनिक पत्रिकामा आधा पेज ओगटेके हुन्थ्यो भने अहिले पनि यताकदा काठमाडौका गल्लीहरुमा देखिने होडिंग बोर्डहरुमा उनी देखिने गर्छिन् । उनले चिजबल, एसिएन पेन्ट्स, डेला वाटर जस्ता टेलिभिजन विज्ञापनमा उपस्थित जनाएकी थिइन । केही टेलिभिजनहरुमा चलचित्र सम्बधी कार्यक्रम समेत संचालन गरेकी रेखाले पछिल्लो समय दैनिक मनोरन्जन समाचार अनलाइन मार्फत विश्वका दर्शकलाई पस्कने काम गर्थिन् । उनको मिडिया क्षेत्रको यात्रामा तब पूर्ण बिराम लाग्यो जब उनी नेपाल छोड़ेर सबैको सपनाको देश अमेरिका तर्फ लागिन् ।
रेखाको चाहना अभिनय यात्रालाई पूर्ण बिराम लगाउनु थिएन तर पनि उनी बाध्य भइन् । परिवारको अनुमति बिना काम गर्न गा¥हो भएपछि अभिनय यात्रालाई रोक्नु परेको रेखाको प्रस्टोक्ति थियो । उनले भन्थिन् ‘जब म रंगीन दुनियाँमा हुन्थे मेरो घरमा कालो बादल मडारिन्थ्यो । मेरै कुरामा हरेक दिन घरमा झगडा हुन्थ्यो । कति दिन झगडा र लडाईं गरेर काम गर्ने भन्ने सोचेर यो क्षेत्र छोडेकी हुँ ।’
आफ्नो लागि भन्दा धेरै घर, परिवार र समाजको इच्छा र चाहनालाई पछ्याउदै अगाडि बढेकी रेखा अबको बाँकी जिन्दगी आफ्नो लागि बाँच्न चाहन्छिन् । जिन्दगीमा खान लाउन र आफ्नो इच्छा पूरा गर्न कहिले अभावमा बाँच्नु नपर्दा उनी आफुले आफैलाई भाग्यमानी ठान्थिन् । सानो छउन्जेल सधै परिवारको माया र साथ पाएकी रेखाले प्रेमको मामलामा आफूलाई सधै अभागी मान्छिन् । किन त ? आफ्नो उमेरका साथीहरु ब्वाइफ्रेन्डको हात पकडेर या कम्मरमा हात राखेर बाइकमा दौडि़दा उनलाई पनि त्यो रहर नपलाएको हैन तर पारिवारिक शासनका कारण उनीले त्यों मौका कहिले पाइनन् । तेस्को मतलब उनी कसैको प्रेम मै नपरेको भने होइन् । केहि बर्ष कसैसँग लुकीछिपी प्रेममा रमाएकी उनले पारिवारिक दबाबका कारण त्यो प्रेमलाइ सहमति मै पूर्णबिराम लगाएकी थिइन् । प्रेममा आएको ब्रेकअपले उनी धेरै समयसम्म खान र सुत्न समेत सकेकी थिइनन् । डिप्रेसन मै पुगेकी थिइन् । सुन्दर मुहार र आकर्षक शरीरकी धनि रेखालाई मन नपराउने कमै होलान तर पहिलो प्रेमलाई तिलाञ्जलि दिएकी रेखालाई त्यसपछि कोहि प्रति त्यो आकर्षण भएन । उनलाई त्यही लाग्यो जीवनमा प्रेम एकचोटी हुन्छ पटक पटक हैन ।
दिन बित्यो, महिना बित्यो, धेरै बर्ष बित्यो त्यसपछि रेखालाई महसुस भयो प्रेम एकपटक मात्र हैन फेरि पनि हुने रहेछ जब उनको अगाडि ठ्याक्क आफू जस्तै कोही आएर भन्यो ‘म तँलाई धेरै बर्षदेखि फलो गर्थे भनौ मन पराउथें ।’ उसको कुरा सुन्दा उनलाई मन मनै हाँसो लाग्या थियो किनकि जसले यो सब बोलिरहेको थियो त्यो ब्यक्तिसँग उनको प्रेम र विवाह नै सम्भव थिएन । हामी जुन समाज र सस्कृतिमा हुर्केको छौ बढेको छौ र जे सिकेको छौ या परिवार र समाजले हामीलाई सिकाएको छ । हामी संसारको जतिसुकै विकसित मुलकुमा बसेपनि हामीले हाम्रो धर्म र सस्कृतिलाई अझैपनि लत्याउन सकेको छैनौँ या चाहेको छैनौ । भलै मुखले जात जाति र धर्मको बारेमा खोक्रो आडंबर एकछिनलाइ छाटुन् या अरुलाई पर्दा बोलुन तर आफूलाई त्यों कुरा पर्यो भने जो कोहिले पनि सजिलै स्वीकार्न सक्दैन ।
केहि समय अघि मात्रै जात जातिको नाममा भयंकर बिरोध भयो त्यसमा हाम्रो परीवारले पनि सोसल मिडियामा तेस्को बिरुद्धमा केही शब्दहरु लेखे होलान् या समाजलाइ देखाउनका लागि बोले होलान तर, तर त्यही कुरा ब्यबहारमा लागू गर्न धेरै गाह्रो छ यहाँ । भन्नेहरु भन्ने गर्छन प्रेमले कुनै जात भात या धनि गरीब भन्दैन तर जब यो कुरा अगाडि आउछ तब यो सँग जुधेर अगाडि बढ्Þन ठूलै साहस चाहिन्छ । यो साहस गरेर पनि थोरै सफल हुन्छन् धेरै असफल । त्यही असफल प्रेमको एउटा अभागी पात्र थिइन उनी । बर्षौपछि खुशी छाएको थियो उनको जिन्दगीमा तर त्यों धेरै समय टिक्न सकेन भनौ त्यसलाई टिक्न दिइएन । बर्षौसम्म सूर्यग्रहण लागेको उनको मुहारमा आएको हाँसोलाइ भित्रभित्रै दबाएर मारियो ।
एउटा उमेर पुगेपछि हरेक मान्छेको चाहना हुन्छ कोही आफूले खोजे जस्तो या सोचे जस्तो मान्छे आफ्नो अगाडि आएर हातमा रेड रोज लिएर उसलाई प्रेम प्रस्ताब राखोस् । उसको हात समाएर खुल्ला पन्छी जस्तै उसको मायामा रमाउँदै बाँच्न पाइयोस् । हरेक दिन खुशी नै खुसीले भरियोस् । ऊ आफू जस्तै डयासिङ र स्टाइलिस्ट होस् । हरेक ठाउँमा जादा त्यो जोडिमा सबैको आँखा पुगोस र भनोस् ‘वाऊ कस्तो राम्रो जोडी !’ उनले बच्चैदेखि देखेको सपना त्यतिबेला पूरा भएको थियो जब उनले उस्लाइ भेटेको थिइन् । तर पारिवारिक दबाबका कारण उनको त्यो प्रेम पनि फक्रन नपाइ औइलियो । उनी भन्छिन् ‘संसारमा ऊ जस्तै अर्को मान्छे पक्कै नभेटिएला तर उस्ले जस्तै माया गर्ने चाहि भेटिएला कि भन्ने आशा चाहि अझै मरेको छैन ।’