प्रिया राना

ब्राजिल-काेराेनाभाईरसकाे कहर यतिबेला युराेप अमेरिका हुदै दक्षिण अमेरिकी मुलुक ब्राजिलमा फैलिएकाे छ ।
केही समय यता ब्राजिल लाई मुख्य केन्द्र बिन्दु बनाएर (Covid-19) कोरोना भाइरस लगातार अघि बढीरहेको छ
चीन, इटालि, अमेरिका पछि ब्राजिल अहिले इपिसेन्तर बनिरहेको छ । अहिले सम्म ब्राजिल कोरोना भाइरस प्रभावित देश मध्य दोस्रो स्थानमा यथावत छ । यहाँ दिन प्रतिदिन संक्रमीत र मृत्यु दर को संख्या बढ्दो छ । कोरोना भाइरस को नियन्त्रण गर्न नसक्दा दुई महिना भित्रै दुई स्वास्थ्य मन्त्रीले रास्ट्रपति जयर बोल्सोनारो सँग विवाद पछि राजीनामा दिइसकेका छन् । उता उत्तर अमेरिकाले ब्राजिलमा भएका प्रबासी नागरिकहरुलाइ आफ्नो देशमा आउन प्रतिबन्ध लगाइदिएको छ । ब्राजिल बाट आउने नागरिकहरु बाट आफ्नो देशको नागरिकहरूलाई भाइरस सर्छ भनेर प्रवासीहरुलाई आफ्नो देशमा फर्किन प्रतिबन्धित गरेको छ । जसको कारण रास्ट्रपति जयर बोल्सोनारो लाई थप पिडा परेको छ ।

यहाँ दिनमा हजारौं को संख्यामा संक्रमीत को संख्या थपिदै जादा अस्पतालहरु भरिएका छन् भने थप संक्रमीतलाई राखेर उपचार गर्ने ठाँउ नभएको स्वास्थ्य बिभागले जानकरी दिइरहेको छ । बिरामी जाच्ने कितको अभाव भएको छ । यस्तो अवस्थामा रास्ट्रपतिले बिरामीलाई मलेरियाको औषधि प्रयोग गरेर जाच्न पनि सल्लाह दिएका छन् ।

हरेक दिन २५ हजार देखि ३५ हजार सम्म संक्रमीतको संख्या थपिएको छ भने दैनिक १ हजार देखि १४ सय संख्यामा मृत्यु भइरहेको छ ।

मृत्यु हुनेको संख्या अत्याधिक भएर चियानघाटमा ठाँउको अभावले सामुहिक रुपमा लासहरु गाडीएको छ। दहासस्कार दिन आउनेहरुको संख्या एकदम कम रहेको छ ।

दिनकै हजारौं संख्यामा संक्रमीत को संख्या बढी रहदा रास्ट्रपति जयर बोल्सोनारो भने सुरु देखिनै लकडाउन को बिरोध गरिरहेका छन् । सुरुमा बोल्सोनारोले कोरोना भाइरसलाई समान्य फ्लू भनेका थिए । यो भाइरस बाट दुई चार जना मर्दैमा हामीले हाम्रो काम रोक्न हुदैन, अर्थतन्त्रमा गिरावट आउन दिन हुदैन भनेर बोल्सोनारोले लक डाउनको बिरोध गर्दै आइरहेका छन् । यहाँका राज्यहरुले कोरोना संक्रमीतको डरले मार्च १५ देखि नै लक डाउनको घोषणा गरेका थिए तर यहाँका सर्ब साधारण नागरिकले भने कसैले यो नियमको पालना गरेका थिए त कसैले बिरोध गरेका थिए । यसरी लकडाउन मान्ने र नमान्ने दुइ मत हुँदा यहाँका नागरिकहरु खुलेआम हिँड्न थाले । जसको कारण यहाँ संक्रमीत र मृत्युको संख्या बढ्न पुग्यो ।

लामो समय देखि घर मै क्वारेन्टाइन बस्दा र खान बस्न को समस्याले सर्बसाधारण मानिसहरू अहिले आफ्नो नियमित काम तिर लाग्न थालेका छन् । पसलहरु खोल्न थालेका छन् , मानिसहरुकाे चहलपहल बढ्न थालेको छ । सार्बजनिक यातायातमा पनि बढी मात्रामा चल्न थालेका छन् । जुन कुराले अझ बढी कोरोनाको संक्रमीत हुने संभावना एकदमै बढेको छ। ब्राजिलमा आम मानिसहरु कोरोना भाइरसलाई खासै गम्भीरता पुर्न लिएको पाइएन।

रास्ट्रपति बोल्सोनारोको लापरबाहीले गर्दा ब्राजिलमा संक्रमीत र मर्नेको संख्या बढेको भनेर सर्बसाधारणले आरोप लाइरहेको छन् भने यहाँका नागरिकहरु लगातार बोल्सोनारोको बिरोध गरि राजिनामाको माग गरिरहेका छन् ।

अहिले सम्म ब्राजिलमा संक्रमीतको संख्या ८ लाख ५१ हजार पुगेको छ भने मर्नेको संख्या ४२ हजार ८ सय पुगेको छ । ४ लाख २८ हजार निको भएर घर फर्किसकेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected