शिक्षामा सुधार गर्न मर्ज र गुणस्तरमा ध्यान दिन मुख्यमन्त्री गुरुङको आग्रह

दीननाथ बराल
पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले शिक्षामा सुधार गर्न मर्जर र गुणस्तरमा ध्यान दिनुपर्ने बताएकाछन्। बुधबार पोखरा २२ स्थित शुक्रराज मावि र माविको खेल मैदानको अवलोकन पश्चात पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री गुरुङले माध्यामिक तहको शिक्षाको आमुल परिवर्तन गर्न मर्जर र गुणस्तरमा बिशेष ध्यान दिन आग्रह गरेका हुन्।
बिद्यालयमा अब प्राविधिक शिक्षा र मर्जरसंगै आवासिय सहितको बिद्यालयको अवधारणा अनुसार अघि बढ्न सुझाव दिर्दै उनले शुक्रराज माविले हाल संचालन गरेको प्राविधिक शिक्षा धेरै राम्रो भएको प्रंशम्सा गरे । बिद्यालयको भौतिक संरचना राम्रो भएकोले बिद्यालयमा गुणस्तरिय र व्यवसायीक शिक्षाको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको मुख्यमन्त्री गुरुङले जनाए ।
उनले भने “ हाल देशका धेरै ठाउँमा निजी बिद्यालयहरुले गर्दा सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीहरुको सङख्या घट्दो रुपमा गएको छ, सामुदायिक बिद्यालयमा थोरै बिद्यार्थीहरु हुदा बिद्यालय व्याबस्थापन गर्न कठिन भएको छ, कक्षा ९ देखि १२ सम्मको जिम्मा प्रदेशलाई दिनु पर्थ्यो । ” मुख्यमन्त्री गुरुङले कक्षा १ देखि ८ सम्मको जिम्मा स्थानिय तहलाई दिनु पर्नेमा १२ सम्मको जिम्मा दिनु नै गलत भएको दाबी गरे । बिद्यालयहरु मर्ज गरी छात्रा बास सहितको गुणस्तरिय शिक्षा दिएको खण्डमा र टाडा टाडा (क्याजमेन) एरिया बनायर काम गर्दा सामुदायिक बिद्यालयहरुमा धेरै सुधार हुने मुख्यमन्त्री गुरुङको भनाई थियो ।
बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष नरहरी बराल, प्राध्यानाध्यापक नरनाथ बराल सहितको टोलीले मुख्यमन्त्री गुरुङ, सांसद राजिव पहारी सहितको टोलीलाई बिद्यालयमा स्वागत गर्दै बिद्यालयमा बिद्यार्थीहरुको सङख्या घट्दै जादा बिद्यालय टिकाउन मुस्किल पर्न थालेको गुनासो गरेका थिए ।
एक हजार हुने बिद्यालयमा हाल ३ सयको हाराहारीमा बिद्यार्थीहरु रहेको प्र.अ. बरालले जनाए । सामुदायिक बिद्यायललाई टिकाउन सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने प्रदेश सांसद पहारीले माग गरेकाछन्। बिद्यालयमा रहेको चौरलाई राम्रो खेल मैदान बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्न समेत बिद्यालयका अध्यक्ष बरालले माग गरेकाछन्। बिद्यालयमा हाल नर्सरी देखि १० कक्षासम्म अग्रेंजी माध्यमबाट अध्ययन हुने गरेको छ ।
बिद्यालयमा प्लस टुमा व्यबस्थापन र शिक्षा संकाय रहेको छ भने विद्यालयमा हाल प्राविधिक शिक्षा अन्र्तगत पशु विज्ञान (भेटेरिनरी कोर्ष) संचालन हुदै आएको छ । उक्त शिक्षालाई प्रभावकारी बनाउन छात्रावास समेत निर्माणको क्रममा रहेको अध्यक्ष बरालले बताए । बिद्यालयमा निवर्तमान अध्यक्ष एवं गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) को पहलमा एक बर्ष अघि देखि स्कुल बस समेत संचालनमा ल्याइएको छ ।
निमार्णाधिन बिशाल महादेव मुर्ति परियोजनालाई सहयोग गर्ने मुख्यमन्त्री गुरुङको भनाई
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले पोखरा २२ स्थित पुम्दीकोटमा हाल निर्माण हुदै गरेको बिशाल महादेवको मुर्ति सहितको परियोजनालाई सफल पार्न प्रदेश सरकारले समेत सहयोग गर्ने बताएका छन्। बुधबार उक्त परियोजनाको निर्माण स्थल पुम्दीकोटमै पुगेर अवलोकन गर्दै मुख्यमन्त्री गुरुङले बिशाल महादेवको मुर्ति निर्माण परियोजनालाई सफल पार्न प्रदेश सरकारले केही न केही सहयोग गर्ने बचन दिएका हुन्।
उक्त बिशाल महादेवको मुर्ति निर्माणको लागि तत्काल आवश्यकताको आधारमा केही न केही आर्थिक सहयोग गर्ने बताएका मुख्यमन्त्री गुरुङले उक्त परियोजना सफल पार्न सवैको साथ र सहयोग आवश्यक भएकोमा जोड दिए । उनले भने “ करिब दुई बर्ष अघि पुम्दीकोटमा आउदा केही भागमा जमिन खनिएको मात्र थियो, आज यत्रो मुर्ति राख्ने स्ट्याचु सहितको भवन निर्माण हुनु यो हाम्रो प्रदेशको लागि पनि खुसिको कुरा हो । ” प्रदेश सांसद राजिव पहारीले आफ्नो क्षेत्रमा निर्माण हुन लागेको उक्त बिशाल महादेवको मुर्ति निर्माणमा सवै तहका सरकारले सहयोग गर्नुपर्ने माग गरे ।
बिशाल महादेव मुर्ती निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले आउदो मंसिर भित्र बिशाल महादेवको मुर्ति स्थापना गर्न थप दुई करोड रुपैया आवश्यक भएको बताए । एक करोडको व्याबस्थापन प्रदेश, संघिय र स्थानिय सरकारबाट भएको खण्डमा एक करोड आन्तरिक श्रोतबाट जोहो गर्ने उनले बताए । हालसम्म करिब ४० प्रतिशत मुर्ति निर्माणको परियोजना सम्पन्न भएको उनको भनाई थियो । उनले धार्मिक पर्यटकीय गन्तव्यको रुपमा स्थापना गर्न लागिएको परियोजनालाई देशमा कोरोना भाइरसको कारण लकडाउन भए पनि एक दिन पनि काम नरोकिएको अध्यक्ष बरालले बताए । महादेवको मुर्ति राख्ने (मुर्ति स्ट्यान) समेत निर्माण भएको हाल उक्त मुर्ति स्ट्यान सहितको एक सय ८ वटा शिव लिङग्र स्थापना सहितको निर्माण कार्य भइरहेको उनले बताए ।
पद्मा आसनमा बसेको ५१ फिट अग्लो महादेवको मुर्ति हाल भारतको दिल्लीमा निर्माणको क्रममा रहेको अध्यक्ष बरालले जनाए । शिवको ऐतिहासिक बिषय बस्तुहरु समेटिएको भिडियो प्रर्दशन गर्ने कक्ष, एक सय ५० सिट क्षमताको ध्यान केन्द्र, १८ वटा एट्याट वाथरुम सहितका सटर निर्माण भएकाछन्। टायल, मार्वल विच्छाउने सहितको केही निर्माण कार्यको फिनिसिङको काम बाँकी रहेको छ । ४० करोडको उक्त योजनामा हालसम्म करिब १२ करोड रुपैया खर्च भएको अध्यक्ष बरालले बताए ।