गत आइतबार एका बिहानै सामजिक संजाल भरि फैलिएको एउटा खबरले मलाई स्तब्ध तुल्यायो केहि समय त खबर पत्यार नै लागेन । तर समाचार हिन्दुस्तान टाइम्स, आज तक , जी न्युज जस्ता भारतीय मुलधारका प्राय सबै संचार माध्यममा देखे पछि भने पत्याउन करै लग्यो । मन ले भने अझै भनि रहेको थियो कि खबर झुटो होस् । खबर थियो बॉलीवुडका पछिल्लो पुस्ताका चर्चित नायक सुशान्त सिंह राजपुत द्वारा आत्महत्या । पत्याउन नसेकेको एउटा कारण थियो केहि महिना आगाडी मात्रै हेरेको उनि अभिनित चलचित्र “छिछोरे” । आत्महत्या कुनै पनि समस्याको समधान होइन, जिबन सुन्दर छ , असफलता नै सफलताको प्रतिक हो भन्ने बलियो संदेश चलचित्रमा दिन खोजिएको थियो । तर अफसोस चलचित्रमा जुन कलाकार मार्फत सो संदेश दिईएको थियो उनै लाई भने चलचित्रले बाच्ने प्रेरणा दिन सकेन । खबर सुन्ना साथ् उनि संग भएको छोटो भेट र कुराकानीको स्मरण आखा भरि फनफनी घुम्न थाल्यो , उनले काध माथि हात राखेर मुस्कुराएको त्यो पल मानसपटल वरिपरि नाचिरह्यो ।

लेखकसंग सुशान्तसिंह राजपुत / फाईल फाेटाे

२०१७ को जुलाई महिना, प्रचण्ड गर्मि भयता पनि नेपालबाट अमेरिका घुम्न आउनु भएका आम बुवा लाई रकेट देखाउने , छुवाउने मेरो सपना पुरा हुन् लागेकाले मनमा भने सितलता प्रदान गरिरहेको थियो । अमेरिका लगायत विश्वका सिमित देश हरुमा मात्रै यो अबसर प्राप्त हुने हुदा यहाँ आयका बखत बुवा आमालाई रकेट देखाउने र छुवाउने मेरो तिब्र इच्छा थियो । सोहि मुताबिक जुलाई २३ तारिख आमा बुवा , श्रीमती र छोरा सहित हाम्रो यात्रा अगाडी बढ्यो अलाबामा राज्यको हंट्सभिल स्थित Nasa Marshal Space Flight Center तथा US Space and Rocket Center तर्फ । Nasa Marshal Space Flight Center त्यो ठाउँ हो जहाँ Saturn V (अर्थात् पहिलो मानब सहित को rocket जसले Neil A. Armstrong लाई चन्द्रमा मा पुर्याएको थियो ) , Lunar Roving Vehicles , Skylab – America’s first space station , Chandra X-ray Observatory; तथा International Space Station’s laboratory modules आदि डिजाइन र निर्माण गरिएको थियो साथै त्यहा ब्रह्माण्ड का विभिन्न ग्रह तथा उपग्रह मा पुगेर फर्केका रकेट तथा भू उपग्रह हरु, त्येहा बाट ल्याइएका बस्तु हरु आदि अवलोकनका लागि समेत राखियको छ ।

त्यो दिन नासा सेन्टर भ्रमण मात्रै भएन जिबनमा एउटा अविष्मरणीय सम्झना पनि रह्यो । नासा सेन्टर को मुख्य आकर्षण Satrun V हल (जहाँ चन्द्रमाम पुगेर फर्कियको रकेट लाई अबलोकन का लागि राखियको छ) घुम्दै गर्दा मेरो नजर नजिकै रहेका एक व्यक्त्ति मा गएर अडियो । ” उ धोनी , भारतीय क्रिकेट कप्तान ” , उसलाई देखाउदै मैले श्रीमती लाई भने । ” का धोनी हुनु त्यो त सुशान्त सिंग राजपुत हो नि ” भारतीय कलाकार” । “ये हो त नि मैले भने” तर भएको के थियो भने त्यसको केहि हप्ता अगाडी मात्रै मैले उनि अभिनित भारतीय क्रिकेट कप्तान महेन्द्र सिंग धोनीको जिबनीमा आधारित चलचित्र “धोनी – एन अन्टोल्ड स्टोरी ” हेरेको थिए मेरो दिमागमा त्यसले गहिरो छाप छोडेकाले मैले फ्याट धोनी भनेछु । उनले चलचित्रमा यस्तो जिबन्त अभिनय गरेका छन् कि चलचित्र हेर्ने जो कोहि लाई पनि केहि समय उनि नै धोनी हुन् भन्ने भ्रम पर्दछ। मलाई पनि त्यस्तै भयो । त्यसो त उनको डेब्यु चलचित्र चेतन भगत को कृति “ 3 mistakes of my life “मा आधारित चलचित्र “काई पो छे “ मै उनलाई नोटिस गरिसकेको थिए । जुन चलचित्र मार्फत उनि फिल्म फेयर अवार्ड मा उत्कृष्ट नब नायक मा समेत मनोनित भएका थिय । २०१४ को ब्लक बस्टर मुभी P K मा पनि उनले तारिफ योग्य काम गरेका थिए । चलचित्रमा छोटो भूमिकामा रहे पनि चलचित्र उनि बाटै सुरु भएर उनि मै गएर टुंगिने हुदा चलचित्र हेर्ने जो कोहि को समरणमा उनि रहन्छन । २००८ मा “ किसी देश में हे मेरा दिल “ नामक टेली सिरियल बाट टेलीभिजन यात्रा सुरु गरेका राजपुत २००९ को “पबित्र रिस्ता “ नामक सिरियल बाट चर्चित भयका थिए तर हिन्दि सिरियलमा रुचि नभएको हुदा यस अघि भने उनलाई चिनेको थिइन । तर “धोनी – एन अन्टोल्ड स्टोरी ” हेरे पछि भने उनको प्रशंसक नै भएको थिए । उनलाई नजिक बाट देखे पनि नासा का कर्मचारी संग गफिदै गरेका उनलाई डिस्टर्ब भने गर्न मन लागेन ।

नासा सेन्टर को “Science on Orbit ” भबन अबलोकन गरेर बाहिरिदै गर्दा फेरी भेट भए उनि । हतार हतार भबन भित्र प्रवेश गर्दै गरेका उनि हामीलाई हेरेर मुस्कुराए । “हाई सुशान्त” टि भी स्क्रिन मा देखिरहेकी उनलाई नजिकै देखे पछि श्रीमतीले बोलाइन । नसुने झैँ गरि भित्र जालान भन्ने मेरो अनुमान को ठिक बिपरित उनि टक्क अडिए र जबाफ फर्काए “वो हाई” ‘ हाउ आर यु गाइज ” । भर्खरै हतार हतार अगाडी बढिरहेका उनि अब भने निकै फुर्सदिला जस्ता देखिन्थे । ” आइ ह्याभ रिसेंटली वाच योर मुभी धोनी , यू डीड अ ग्रेट जब ” मैले भने । “थ्यांक यू ” उनले हास्तै भने । “क्यान वि टेक अ पिक्चर” मेरी श्रीमती को अनुरोध भुइमा झर्न नपाउदै उनले भने “अफ कोर्स” , लेट्स गो टु द सन्नी प्लेस ” घाम परेको ठाउँ देखाउदै उनले भने , “लेट मि पुट माइ ग्लास अन ” टोपीमा अड्काएको चस्मा निकालेर लगाउदै उनि तयार भए । मैले उनको र श्रीमतीको दुइ चार फोटो खिची दिए । सानो होस् वा ठुलो पर्दामा एक दुइ पटक अनुहार देखिए पछि आफुलाई सुपर स्टार झैँ ठान्ने कलाकार देखिरहेको मलाई उनको सालीन तथा आत्मीय ब्यबहारले निकै प्रभावित बनायो । ” नाओ माइ टर्न” कलाकार संग फोटो खिच्न खासै उत्साहित नहुने म पनि फोटो को लागि तयार भए । “ओ के कमन ” उनले आफु तिर बोलाए र मिठो मुस्कान साथ मेरो काँध माथि हात राखे र फोटो को लागि तयार भए । श्रीमतीले केहि थान फोटो खिची दिइन । हात हल्लाउदै उनि बिदा भए ।

त्यस यता उनि द्वारा अभिनित प्राय सबै चलचित्र हरु हेरेको छु । पछिल्लो पटक नेटफ्लिक्समा उनको चलचित्र “ड्राइभ” हेरेको थिए । उनि बलिवुडका एक उम्दा कलाकार थिए । बलिउडले एक उदाउदो चम्किलो तारा लाई छिट्टै गुमाएको छ । सुशान्त सिंह राजपुतको मृत्युले बलिवुडमा नया बहस र तरंग सिर्जना गरिदिएको छ । बलिवुडका केहि खास घरानाका कलाकारहरुले बाहिर बाट आएका कलाकार हरुलाई नस्वीकार्ने, बहिस्कार गर्ने , मानसिक तनाब दिने र मर्न बाध्य बनाउने गरेको र सुशान्त सिंह राजपुत त्यसको पछिल्लो सिकार भएको भनेर बलिवुडमा जारी नेप्टिजम को केहि कलाकारहरुले खुलेर बिरोध गरिरहेका छन् । कारण जे सुकै होस् बलिवुड ले राम्रो सम्भावना बोकेको एक उम्दा कलाकार गुमाएको छ । अलबिदा सुशान्त , यु विल बि मिस्ड । इति

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected