अमेरिका– केदार उप्रेती चलचित्रकर्मि हुन । अमेरिका आएर पनि उनले आफनो चलचित्रकर्मलाई निरन्तरता दिइरहेका छन् । टेक्सस बस्दै आएका उप्रेती यहा“ छोटो चलचित्र निर्माण र निर्देशनमा सक्रिय रहेका छन् ।
उनले बनाएका छोटा चलचित्रले अर्वाड पनि पाएका छन् । सिनेकर्मिको धेरै हेरिने छोटा चलचित्रमा उनले निर्देशन र निर्माण गरेका पनि पर्छन ।
भर्खर उनले निर्माण र निर्देशन गरेको छोटो चलचित्र मनको वाघ रिलिज भएको छ । हाइलाईटस नेपालको युटयुब च्यानलबाट उक्त चलचित्र रिलिज भएको हो ।
चलचत्रिमा रोसा केसी र लक्षु शर्माको अभिनय रहेको छ । साउन्ड कन्सेप्ट र मिक्सिङ तथा सम्पादन सुरेन्द्रमान सिंहको रहेको छ । कथा नयनराज पाण्डेले लेखेका हुन । अतिथी कलाकार विकाश सायबा, सुमी र श्रेया रहेका छन् । प्रोडक्सन म्यानेजर सुमीत पाण्डे रहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected