म कैदी प्रेमको जेलबाट छुटने रहर छ
लगत्तै तिम्रो मायाको बैंक लुटने रहर छ
गजलकार दिपक समीपले लेखेको यो गजलमा मिठो स्वर दिए केशबराज आचार्यले । असार पन्ध्रको अवसर पारेर यो गीत म्युजिक भिडियो सहित हाइलाइट नेपालबाट रिलिज भएको छ ।
पोखरा कर्मथलो भएका गायक आचार्य इन्जिनियरिङका विद्यार्थी थिए । तर संगीत प्रतिको मोहले उनलाई इन्जिनियरको सपनालाई पनि बीचमै छाडीदिए । संगीत प्रतिको लगावका कारण उनी देश छाडेर नर्वे आए । नर्वे आएर उनले संगीत सम्बन्धी अध्ययनमा जुटे ।
यी संगीतमा उनले नर्वेको युनिभसिटीबाट संगीतमा डिग्री हासिल गरे । परदेशी भुमीमा समेत उनी गीत संगीतमा लागेका छन् । यही क्रममा उनको मिहिनेबाट कैदी प्रेमको गीत बजारमा आएको छ ।
गीतमा स्वर र संगीत उनकै रहेको छ । दिपक समिपको रचना रहेको गीतको एरेन्ज जुगल डंगोलले गरेका छन् । दिपा घिमिरे आचार्यको निर्माण रहेको गीतको भिडियो निर्देशन मोहनराज अधिकारीले गरेका छन् । गीतमा चर्चित नायिका केकी अधिकारी र नरेन खडकाकाले अभिनय गरेका छन् । अमृत सुनुवारको छायाङकन रहेको गीतको सम्पादन माधव बेल्बासेले गरेका छन् र
गीतको लिंक तल छ
सम्बन्धित खवर
-
अमेरिका-विवाहित महिलाको ...
-
टेक्सस-नेपाली समाज टेक्ससले ...