अमेरिका– अमेरिकाको ‘सान फ्रान्सिस्को सहरमा चौथो संस्करणको ग्लोबल नेपाली फिल्म अर्वाड–२०१९ को तयारी सुरु भएको छ ।
नेपाल फिल्म सोसाईटी र ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिका तथा गोल्डेन स्टेट मुभी मेकर एलएलसिको सयुक्त आयोजनामा नोवेम्बर ३० मा अवार्ड हुन लागेको हो । गाेल्डेन मुभी मेकरकाे तर्फबाट संयाेजक यज्ञलाल श्रेष्ठ रहेका छन् ।
नेपाली सिेनमालाई अन्तराष्ट्रिय क्षेत्रमा पहिचान दिलाउने उद्देश्य सहित आयोजना हुन लागेको कार्यक्रममा विभिन्न विद्यामा अर्वाड समेत प्रदान गरिने आयोजक संस्था ग्लोबल नेपाली फिल्म अर्वाडका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभिन्न विद्यामा अर्वाडहरु प्रदान गरिनेछ ।। अवार्डमा स्वदेश तथा विदेशमा रहेका कलाकारहरुको एक साथ जमघट हुदैछ ।
नेपाली सिनेमालाई अन्तराष्ट्रिय स्तरमा बजारीकरण गदै प्रर्वद्धनमा सहयोग पुगोस भन्ने हेतुले कामर्यक्रम गरिएकमो उनले बताए ।
कार्यक्रम निर्माणको जिम्मेवारी चलचित्र निर्देशक नारायण पुरी तथा राजु बजाज र एसबाबु सन्दिपलाई दिइएको छ । त्यस्तै कलाकारहरुको संयोजन युवा निर्देशक श्याम भट्टराईले गरेका छन् ।
कार्यक्रमको स्थान, साउन्ड लाइट, डेकोरेशन तथा होटल बुकिङको काम समेत भइरहेको आयोजकले जनाएका छन् । कार्यक्रममा अग्रज कलाकारलाई  लाइफ टाइम एचिभमेन्ट अवार्ड लगायत अन्य पुरस्कार पनि प्रदान गरिनेछ । अवार्ड कार्यक्रमलाई मनोरजनात्मक तुल्याउन नेपाली कला संस्कृति झल्कने, नृत्य गीत संगै विभिन्न प्रहसन समेत देखाइने कार्यक्रम छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected