अमेरिका -अमेरिकी बहुराष्ट्रिय कम्पनि वालमार्टले अमेरिकामा रहेका आफ्ना १६० खुद्रा बिक्रि केन्द्रका बिशाल पार्किंग लट हरुलाई गाडीमै बसेर हेर्न मिल्ने सिनेमा घर (ड्राइभ थ्रु मुभी थिएटर ) मा बदल्ने घोषणा गरेको छ । कम्पनिले बुधबार जारी गरेको बिज्ञप्ति अनुसार कोरोना महामारीका कारण सिनेमा घर हरु बन्द भएकाले मानिस हरुलाई मनोरंजन प्रदान गर्न कम्पनिले नया उपाय अगाडी सारेको हो । कम्पनिका अनुसार अगस्ट महिना देखि नोभेम्बर सम्म त्यस्ता सिनेमा घरहरुमा सिनेमा पर्दशन गरिने छ । “वालमार्टले देशभरका विभिन्न शहरहरूमा करिब ३६० सो हरु प्रदर्शन गर्नेछ,” कम्पनीले आफ्नो बिज्ञप्ति जनाएको छ ।
वालमार्टका विश्व भर करिब ११ हजार बिक्रि केन्द्र छन् भने अमेरिकामा मात्र यसका ४ हजार ७ सय भन्दा बढी साखा रहेका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिका-विवाहित महिलाको ...
-
टेक्सस-नेपाली समाज टेक्ससले ...