डा शेखर पण्डित अमेरिकाको टेक्सस स्थित ड्यालसमा रहेको नेपाली मन्दिरको मूल पुरोहित हुन ।उक्त मन्दिरमा पुरोहितको रुपमा कार्यरत रहेको ९ वर्ष पुरा भइसकेको छ ।
उनलाई लुजियानाबाट डा प्रभात दिक्षितको पहलमा टेक्सस झिकाएर मन्दिरको स्थापना गरि मूल पुरोहित बनाइएको थियो । ९ वर्षको यो अवधिमा बडा दशैको टिका नेपालको साइत र परम्परा अनुसार मनाउदै आइएकोमा अहिले आएर विवाद भएकोमा उनलाई निको लागेको छैन । टिका लगाउन सधै मन्दिरको ढोका सम्म लाम हुदै आएकोमा यसपाली विवादले के हुने भन्ने अन्यौलता रहेको उनले बताए । भिन्दै बसेका सबै दाजुभाई, दिदि बहिनीहरु  दशैको जमरा राखेको मूल घरमा मर्यादा क्रम अनुसार टिका लगाउन जम्मा हुन्छन् । मूल घरमा टिका नचलेसम्म कुनै पनि दाजुभाईले आफनो घरमा टिका लगाउदैनन । उनले आफना घरका (नेपालका) पिता माता, दाजुभाई भाउजु, आदरणीय जनहरुको टिका नै नचलिकन छोराछोरी भाई भतिजले अघिल्लो दिन अर्थात अक्टोबर ७ मा टिका लगाउन उपयुक्त नभएको उनी बताउछन् । बडा दशैको टिकाको विवाद विषयमा नेपाल मन्दिरका मुल पुरोहित डा पण्डित संग युएस नेपाल पोष्टले गरेको कुराकानी :

• अमेरिकामा लगाइने दशै टिकामा किन विवाद यसरी सतहमा आएको हो ?
धार्मिक चाडपर्वलाई यसरी विवादमा ल्याइन हुदैनथ्यो । विवादमा ल्याउने काम भयो । हामी नेपाली मन्दिरका ६ पुरोहित मध्ये जनामा दशैको टिका नेपालकै साइत र तिथीमा हुने भनेर छलफल र सल्लाह ग¥यौ । ६ जना मध्ये हामी पा“च जना दशैको टिका अक्टोबर ८ मै लगाउनेमा सहमति गयो तर उहा“ (मेघराज निरौलाको) को यसमा सहमति भएन । बहुमतको कदर हुनु पर्ने ठाउ“मा मेघराज निरौलाले सात गते नै टिका लगाउने भनेर पात्रोमा निकाल्नु भयो । टिकाको विषयमा नेपाली मन्दिरको समितिले नै विभाजन ल्याएको हो । मन्दिरले उहा“ एक जनाको निर्णयलाई सही मान्यो र हामी पाच जनाको निर्णयलाई इन्कार ग¥यो । बहुमतको नभई अल्पमतको कदर भयो । यहीबाट नै दशै टिकाको विवाद बाहिर आएको हो ।

• मन्दिरकै निर्णय हो कि अरुकै दबाबमा यस्तो निर्णय भएको हो ?
टिकाको विवादको मुख्य जड डा माधव भट्टराई नै हुनुहुन्छ । उहा डालस आएर दशैको टिका ७ गते लगाउनुपर्छ भनेर लागीपर्नु भयो ।
मन्दिरले नै नेपालमा उहाहरुलाई निर्णय गर्न लगाएर टिकाको साइत ७ गते भनेर विज्ञप्ती निकालेको हो । माधव गुरु आफनै अडानमा पनि हार्नु भएकै हो । यसले हामी पुरोहित बीचमा नै विवाद निम्ताउने काम नेपाली मन्दिरका पदाधिकारी र डा माधव भट्टराई कै कारण भयो । मन्दिरका एक जना पुरोहितको निर्णयलाई मान्यता दिदै हामी बहुमत सदस्यको निर्णयलाई लत्याइयो । यसले पुरोहितहरुमा मात्र हैन जनमानसमा समेत अन्यौलता सृजना गरायो । ड्यालसको नेपाली मन्दिरले यसमा गंभीर गल्ती गरेकै हो । वर्षोदेखि मनाइएको चार्डमा राजनिति घुसाएर समाज विभाजनतर्फ लैजानुको संकेत बाहेक केही हैन । टिकाको विवाद यसरी बाहिर आएको हो ।

•किन दशै टिका अक्टोबर आठमा भनिरहनु भएको छ ? सातमै लगाए के हुन्छ ?
हामीले नेपालबाट आफनो संस्कृति यहा“ बोकेर आएका छौ । तर शास्त्र भने हामीले नेपालमै छाडेर आएका हौ । सस्कारले त हामी यो मुलुकमा आउन नहुने हो । मैलै भन्न खोजेको के हो भने हाम्रो कुलदेवता मुल घरमा टिका नचलाई हामी भाई छोराछोरीले यहा“ कुन आधारमा टिका लगाउने । प्रसाद टिका अरु बेला दिनदिनै ग्रहण गरिन्छ । यसरी हामीले नेपालमा भन्दा पहिला टिका लगाउने हो भने त परम्परा संस्कार नै मोडियो नि । देवी बिसर्जन दशमी घडीमा गर्नुपर्छ । बिहान ४ बजे देखि दशमी तिथी सुरु हुन्छ । यही भएर आठ गते बिहान ४ बजे देवी बिर्सजनका लागी तिथी लिनु परेको हो । पा“च वजे सम्म देवी बिसर्जन गसिक्नु पर्नेछ । आठ गते लगाइयो भने परम्परा र हाम्रो शास्त्र पनि जोगिन्छ । धर्म, परम्परा र संस्कृतिका लागी अक्टोबर ८ मै टिका लगाउनुपर्छ ।
•नेपाली मन्दिरले तपाईले यसरी टिकाको बारेमा फरक मत राख्दा केही दबाब दिएको छैन ?
मैले कुनै स्वार्थका लागी यो सब भनिरहेको छैन । यो मेरो व्यक्तिगत विचार पनि त हैन । परम्परा र संस्कार अनुसार नै कुरा गरिहेको छु । मन्दिरबाट अहिले सम्म कोही कसैले किन यसो भनिस भनेर प्रत्यक्ष रुपमा भनेको अवस्था छैन ।
यदि कसैेले यसबारेमा भन्छ भने म संग नि यसको राम्रो जवाफ छ । कहिलेकाही टिकाको विषयमा केही आफना स्वतन्त्र विचार राख्दा बरु नेपाली मन्दिरले अलि धेरै फेसबुकमा पोष्ट नगर्न चाही भनेका छन् ।

• टिकाको विषयमा यो त ठुलो राजनिति भएन र ?
अहिले सम्म परम्परा देखि चलि आए अनुसार नै टिका लगाइदै आइएको थियो । कुनै विवाद र मतमतान्तर दिएन । यसपटक त राजनिति भएकै हो । राजनितिमा त ठुलो कि म ठुलो भन्ने लडाई त हुदै आएको हो । तर यस पटक अमेरिकाको टेक्ससमा दशैको टिकाको विषयमा यस्तै राजनिति अवस्थाको सृजना भएको छ । नेपाली मन्दिरले माधव गुरु र रामचन्द्र गौतम गुरुलाई गुहारेर यो अवस्था सृजना भएको हो । यो विवाद गर्नु पर्ने विषय नै हैन । तिललाई पहाड बनाउने काम चाही भएकै हो । अहिले सम्म कुनै विवाद नरहेको टिका अहिले आएर विवादित बनाउने काम भयो । परम्पराल जे हो त्यसलाई निरन्तर दिनु जरुरी छ जस्तो मलाई लाग्छ । सानो कुरालाई ठुलो बनाएर राजनिति गर्नु कसैको हितमा छैन ।
•अब अमेरिकामा हामी सर्वसाधारणले कुन तारिख टिका लगाउने त ?
नेपालमा बाबुआमा भन्दा पहिला यहा कसरी टिका लगाएर आर्शिवाद ग्रहण गर्ने भन्ने धेरैको भनाइ छ । यसैले धेरै जसो त अक्टोबर आठमा नै टिका लगाउने पक्षमा हुनुहुन्छ । टेक्ससमा झन्डै ४० हजार नेपाली हुनुहोला । यसमा ७ र ८ गते लगाउने आधा–आधा बाडिएको जस्तो लाग्छ । अरु अमेरिकाका राज्यहरुमा धेरैले आठ गते नै टिका लगाउने पक्षमा छन् । अन्यत्र यो विवाद छैन, टेक्ससमा मात्रै यस्तो भएको हो । आफनो परम्परा, संस्कार र संस्कृतिका लागी अक्टोबर आठमा नै टिका लगाउन सल्लाह दिन्छु । साइत यही दिनमा छ ।
हामीले पनि अक्टोबर आठ गते नै टिका लगाउदै छौ । हाम्रो यो मौलिक पर्व भएकाले हामीले परम्परागत रुपले नै मनाउदैछौ । हामी कोही पनि भ्रममा पर्नु जरुरी म देख्दिन । परम्परा जे चलेको छ , त्यही अनुसार चल्नुपर्छ भन्ने मेरो मान्यता हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected