लकडाउन पछि अमेरिकामा प्राय कर्मचारीहरुले घरैबाट काम गर्ने गरेका छन । कुनै पनि कार्यालयको संरचना उनीहरुको काम गर्ने शैली अनुसार तयार गरिएको हुन्छ । यस्तै वातावरण उनीहरुले घरमा पक्कैपनि पाउन सक्दैनन ।

अफिसको जस्तो सेटअप नुहने कारणले बिहानदेखि बेलुकासम्म काम गर्दा कम्मर तथा ढाडको समस्या हुनु  सामान्य नै हाे । घण्टाै आेछ्यानमा बसेर काम गर्दा सहि उचाइको कुर्सी तथा मेच नभएका कारणले उठने हिडने समस्या पैदा हुन्छ ।

एकै ठाउमा यसरी लगातार काम गर्नाले मानिसहरुलाइ उठने तथा हिडने समस्या भैरहेको छ । तर अलिकती सावधानी अपनाइयो भने यो समस्याबाट समाधान पाउन सकिन्छ । यसमा बस्ने तरिका तथा काम गर्दा स्तर मिलेन भने घाटि दुख्ने समस्या सिर्जना हुन्छ । यसले गर्दनदेखि हातसम्म समस्या पैदा गर्छ । यसकालागि व्यायाम निकै आवश्यक छ । जुन भागमा दुखाइ हुन्छ त्यतापटि गर्दन अधिक झुकाउनु हुदैन ।

यसले काम गर्दा निकै समस्या निम्त्याउछ । यसलाइ समयमानै समाधान गरिएन भने यसले समस्या झन जटिल बनाउछ । गर्दनमा दुखाइ छ भने गर्दन कम झुकाउनु पर्छ । किनकी यो यत्ति कष्टकर हुन्छ । कहिले काहि गर्दन हल्लाउन मुश्किल हुन्छ । यसकालागि समय निकालेर बाहिर घुम्न जानु पर्छ । कम्मरलाइ झुकाएर लामो समयसम्म बस्नु हुदैन । ल्यापटपलाइ केहि टाढा राखेर बीच बीचमा डिप ब्रिथिगं लिनु पर्छ । हरेक ३० मिनेटमा ३ मिनेटको ब्रेक लिनु पर्छ ।

बसेको ठाउबाट उठेर स्ट्रेच गर्नुपर्छ । आफनो खानपानमा पनि ध्यान दिनु पर्छ । बहिर कामगर्दा घरमा भन्दा अधिक शरीरको बढि चलाएमान हुन्छ । खाएको पनि राम्रारी पाचन हुन्छ । कमको रुटिन परिवर्तन भएको छ भने आफनो खानपानमा पनि परिवर्तन ल्याउनु पर्छ । यसो गर्दा फिट रहि घरैबाट उर्जावान भएर काम गर्न सकिन्छ । सकेसम्म मौसमी फलफुल तथा तरकारीको सेवन गर्नुपर्छ यसले हाम्रो इमयुन सिस्टमलाइ चुस्त बनाउछ । इसले शरीरमा शक्ति आउछ जसका कारण हामी राम्ररी काम गर्न सक्छौ । इसले कुनैपनि बिमारीबाट हामीलाइ टाढा पनि रँख्छ । त्यसैले राम्रो तथा सफल जीवनशैलीकालागि अहिलेको यो परिस्थ्तिीमा जीउने तथा खानपानशैलीमा परिवर्तन गरौ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected