अमेरिका– रोमियो र जुलियटको प्रेमकथा त सबै जानकार नै छन् । यस्तै अमेरिकाको फलोरिडाको कम्युनिटी सेन्टरका एक जोडी यो आधुनिक युगमा प्रेमको नमुना बनेका छन् । ९१ वर्षका सैम रक र ८६ वषकी जोएन को कथा पनि रोमियो जुलियटको जस्तै हो । बालकनीमा उभिने सैमसंग तल गार्डेनमा उभिएर जोएनले कुरा गरिरहेका हुन्थे । यसकारण उनिहरु नाम पनि सबैले त्यहा“ रोमियो र जुलियट नै राखिदिएका थिए । तर कोरोनाले यी दुईलाई एक अर्काबाट अलग गरिदियो र प्रेमको यात्रा बीचमै टुंगियो ।


जोएनलाई एक वर्ष अघि डिमेशिया का कारण नर्सिङ होममा भर्ना गरिएको थियो । सैम सधै उनलाई भेटन त्यही गइरहन्थे । कोरोनाभाइरस फैलिन साथ सोसल डिस्टेन्सको नियम पालन गर्न थालेपछि उनिहरुको दैनिक भेट हुने वातावरण बन्न सकेन । त्यही बेला नै सैम आफनो अपार्टमेन्टको बालकनीबाट उभिन्थे र जोएन तल उभिएर कुरा गर्न पुग्थे ।
यिनीहरुको प्रेम कहानीमा त्यो दिन बादल फाट्यो जब जोएनलाई कोरोनाभाइरस पोजेटिभ देखियो । परिवारको निर्णय अनुसार उनलाई भेन्टिलेटरमा राखिएन । इन्फेक्सनको खतरा हुदा हुदै पनि सैम जोएनलाई भेटन अस्पताल पुगे । प्रोटेक्टिभ गियर लगाएर सैमले जोएनको हात समाउदै भने– ‘म फेरि पनि तिम्रो हात समात्न सक्छु ।’ जोएनले पनि सैमलाई बोलाइन । सैमले जोएनसंग भने– ‘आइ लब यु’ भने । जवाफमा जोएनले पनि भनिन– ‘आई लब यु ।’

 

सैम र जोएनको एक आपसमा पहिलोपटक १९८० को दशकमा भेट भएका थिए । त्यो बेला जोएनको पहिलो पतिको देहान्त भइसकेका थियो । चर्चको सिंगल्स गु्रपमा भेटेपछि उनिहरुले एक वर्ष पछि विवाह गरेका थिए । दुवै जनाले फलोरिडामा गीत गाउथे । सैमलाई अहिले आफनो अपार्टमेन्टमा १४ दिन क्वारेन्टाइनमा राखिएको छ । जोएन त यो संसारमा छैन अब तर पनि उनको परिवार खुशी छन् किन कि अन्तिम पलमा पनि सैमले उनलाई भेटन सके।

तस्वीर एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected