यसरी बढाऊ इम्युनिटी
अमेरिका-मानिसको दैनिकी तथा स्वास्थ्यको गहिरो सम्बन्ध छ । मानिसको स्वास्थ्य उसले व्यत्तित गर्ने जीवनशैलीमा आधारित हुन्छ । यदि उसले आफनो जीवनलाइ
रुटिनमा ढँलेर अघि बढाएको छ भने निसन्देह उ स्वस्थ्य हुनेमा कुनै दुइमत हुदैन । समयमा खाने , समयमा उठने , समयमा काम गर्ने लगायतका आफनो दिनहु गर्ने कामकाजलाइ अनुशासित ढंगले गर्र्ने प्रयास गर्नुपर्छ । त्यसैले स्वस्थ्य रहनकालागि स्वस्थ्य जीवनशैली अपनाउनु अपरिहार्य हुन्छ । कोरोनाको माहामारीले मानिसको जनजीवन उथल पुथल भएको छ । कहि कतै मानिस खुल्ला मनले हिडडुल गर्न पाइरहेका छैनन । एक अर्कामा दुरीकायम गर्नुपर्ने अवस्था सिर्जना भएको छ । कार्यालयहरु आंशिक रुपमा बल्ल खुल्न थालेका छन । लकडाउन केहि
रुपमा खुकुलो भएतापनि त्रास भने उस्तैनै छ । मानिसहरु घरमै थुनिएर बस्न अझैपनि बाध्यछन किनकी कोरोनाको संक्रणको संख्या दिनहु वृदि भइरहेको छ । यसरी घरमा बस्दा आफनो आहार तथा शारीरिक गतिबिधीमा ध्यान पुरयाइएन भने यसले हाम्रो स्वास्थ्य तथा इमयुनिटि प्रणालीलाइ असर पार्नसक्छ । कोरोना भाइरसंग लडने एक ससक्त अस्त्र भनेको इमयुन सिस्टमलाइ राम्रो बनाउनु हो । सकेसम्म धुम्रपानबाट टाढा रहनु पर्छ । अन्न , हरिया सागपात तथा फलफुलको सेवनलाइ
प्राथमिकता दिनुपर्छ । रक्सी सेवन सकेसम्म नगर्दा राम्रो हुन्छ । रातमा कमसेकम ८ घण्टा राम्ररी सुत्नु पर्छ । सक्रमणबाट बच्नलागि समय समयमा साबुन पानीले हात धोइराख्नुपर्छ । आफनो तौललाइ सन्तुलित राख्नु पर्छ । दिनहु व्यायाम गर्नुपर्छ । सकारात्मक सोचको बिकाश गर्नुपर्छ ।
हात धुनु तथा मानिस माानिस बीचमा दुरी कायम गर्नुलाइ कोरोना संक्रमण फैलन नदिने एक उत्तम उपाय मानिन्छ तरपनि मानिसको स्वास्थ्य तथा पौष्टिकखानाले पनि यसमा महत्वपुर्ण भुमिका खेल्छ । इम्युन सिस्टम शरीरकालागि यस्तो सुरक्षा कवच हो जसले हाम्रो शरीरलाइ विविध संक्रमणबाट बचाउछ । यसले भाइसर र ब्याक्टेरियाको प्रभावबाट हामीलाइ बचाउछ । इसले विविध रोगको कठिनतालाइ पनि कम गराउछ । यदि हामो्र समाज वरीपरी कुनै संक्रमण फैलिएरहेको छ भने हामीले आफनो इम्युन सिस्टमलाइ निकै ध्यान दिनु पर्छ । इम्युन सिस्टम बढाउन खाद्य पदार्थको ठुलो भुमिका हुन्छ । दिनहु खाने पोषिला खाद्य पदार्थ बाहेक अहिले बिशेष खाद्य पदार्थको सेवनले हामीलाइ कोरोनासंग लडन सहयोग गर्छ । यस्ता खाद्यपदार्थले व्याक्टेरिया तथा भाइरससंग लडनकालागि हामीलाइ अधिक शक्ति प्रदान गर्दछ ।
ब्रोकाउली
सुन्तला
भेडेखुर्सानी
पालुगों
दहि
ब्लुबेरी
बेसार
अदुवा
सालमोन
काजी बदाम
लसुन
ब्लुबेरी
ग्रिन टि
आफनो इम्युनिटीका लागी याेगा जरुरीप्रतिरक्षा प्रणाली चुस्त राख्न नियमित योगा एकदमै आवश्यक छ । योगा घरभित्र पनि गर्न सकिन्छ यसले शरीरलाइ लचिलो बनाउनुकासाथै प्रतिरक्षाप्रणालीलाइ राम्रो बनाउन मदद गर्छ । योगालाइ प्राकृतिक इम्युनिटि बुस्टर मानिन्छ जसले शरीरलाइ स्वस्थ राखी रोगबाट हामीलाइ टाढा राख्छ । योगाले शरीरको तनावलाइ कम गराइ शरीरको टक्सिनलाइ बाहिर निकाल्न पनि सहयोग गर्छ । इसले मस्तिष्कलाइ आराम दिलाउछ जसले गर्दा निद्रा राम्ररी लाग्छ । निद्रालाइ इमयुन सिस्टम सन्तुलित राख्ने साधन मानिन्छ । योगाले शरीरको प्रतिरक्षा बढाएर , तनाव कम गरी शरीरको सबै प्रणालीहरुलाइ चुस्त बनाउछ । शरीर स्वस्थ्य बनाउने विविध तरिकाहरु छन जसमध्ये योगलाइ उत्कृष्ट मान्न थालिएको छ ।