अमेरिका– चर्चित हलिउड अभिनेत्री तथा मोडल किम कार्दशियन र ¥यापर कान्य वेस्ट बीचको वैवाहिक सम्बन्धमा दरार आएको छ ।
¥यापर पति कान्ये वेष्ट अमेरिकी राष्ट्रपति चुनावमा उठने निर्णय गरेपछि पत्नि किम कार्दशियनले चुनावबाट पछि नहटने सम्बन्धबिच्छेद गर्ने धम्की दिएकी छिन् ।
कान्य वेष्टलेले सोमबार किम कार्देशियनले आफुलाई एक डाक्टरसंग बन्द गर्ने प्रयास गरेको आरोप लगाएका छन् । यी यस्तै आरोप प्रत्यारोपले यी दुई बीच ठकराव बढेपछि हलिउडमा उनीहरु बीच सम्बन्धबिच्छेद हुने चर्चा चुलिएको छ ।
समाचार स्रोतका अनुसार किम कार्दशियनले कान्य वेष्टलले राष्ट्रपति चुनावमा उठने घोषणा फिर्ता नलिए कान्य वेष्टसंग सम्बन्धबिच्छेद गर्ने तर्फ आफु अघि बढने बताएकी छिन् ।
सोमबार राती कान्य वेष्टले धेरै ट्वीटरहरु गरेका छन् । किम कार्देशिनयकी आमालाई सम्बोधन गदै भनेका छन्–क्रिस मसंग खेल नखेल्नु ।’ उनले क्रिसलाई आरोप लगाउदै भनेका छन्– मलाई बन्द गर्ने प्रयास गरिएको छ । एक पछि अर्को ट्वीटमा कान्यले किम कार्दशियनलाई हमला गरेका छन् ।
कान्य वेष्टले किम कार्दशियनले आफुनो फोन नउठाएको र कुरा नगरेको बताएका छन् । कान्य वेष्टले २००७ मा किम कार्दशियनको लिक भएको सेक्सटेप र प्लेब्वा“य पत्रिकाको बारेमा समेत लेखेको छन् । स्रोतका अनुसार किम कार्दशियनको चाहना कान्य राष्ट्रपति चुनाबाठ जसरी हुन्छ पछि हटुन । किम कार्दशियनले यदि उनी राष्ट्रपति चुनावबाट पछि हटेनन भने आफु सम्बन्धबिच्छेद गर्न बाध्य हुने बताएकी छिन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected