बिज्ञान र प्रबिधिको यस युगमा सामाजीक संजाल एक छिट्टै प्रभाव पार्न सक्ने प्राबिधिक क्षेत्र हो । भन्न त हामी मानव लाई सामाजीक प्राणी भन्ने गर्छौ तर हामी सामाजीक हुने नाममा नकरात्मकता , अफवाह फैलाउने बाटोमा त छैनौ प्रश्न खडा भएको छ । फेसबुक , टुइैटर , ईन्स्टागा्रम , स्यानचाट जस्ता सामाजीक संजालमा हामीले पस्किने कुराहरु भिन्न भिन्न छन तर तिनिहरुको प्रभाव यति छ कि सकारात्मक कुरा भन्दा आवेग , संवेग , हिंसा ,रिस , डाह को स्थान बढि छ । अहिलेका हर कोहि मानिसले कुनै न कुनै सामाजीक संजालको प्रयोग त गरेका छन तर मानिसमा सामाजीक , मनोबैज्ञानिक असरहरुको बाढि नै गएको छ र पनि हामिले सोच्ने तरिका , जानकारी , लिने तरिका एकदम फरक र परिवर्तन गरिदिएको छ ।
समाजको विकास सगसगै बिभिन्न प्रविधिहरुको बिकास हुदै गयो प्रबिधि ले मानिसलाई सोच्ने तरिकामा बदला ल्याईदियो , फलस्वरुप हामीले जानकारीहरु प्राप्त गर्ने शैलि र तरीका पनि फरक हुन पुग्यो । अहिले प्राय हरेक मानिसको हातमा स्मार्ट हातमा स्मार्ट फोनहरु छन । सामाजीक संजालको रुपमा फेसबुक , टुईटर जस्ता कुराहरु प्राय सबै को पहुचमा छन । बच्चा देखी बृद्व ÷ बृद्वा हरुले सामाजीक संजालको प्रयोग गर्दै आईरहेका अध्ययन प्रतिवेदन हरुले देखाउछन । एबध च्भकभबचअज ऋभलतभच ९द्दण्ज्ञड० का अनुसार १८—२९ बर्ष उमेर समुहका युवाहरु ८८ ५ ले सामाजीक संजाल प्रयोग गर्ने गरेको देखाएको छ । त्यस्तै गरेर ३०—४९ बर्ष सम्मका ब्यक्तिहरु ७८ ५ ले सामाजीक संजालको प्रयोग गर्छन । यसबाट पनि के बुझ्न सकिन्छ भने भर्खरका युवा हरुले प्रशस्त मात्रामा सामाजीक संजालको प्रयोग गर्छन । नेपालको सन्दर्भमा हेर्ने हो भने पनि किशोर , किशारी देखी युवा पुस्ता ले बढि मात्रामा यसको प्रयोग गर्ने गरेको पाईन्छ । नेपालमा केहि कुरा एकदम छिट्टै विकास भएको छ भने सबैको हातमा फोन ÷स्मार्ट फोन नै होला भलै यसको समुचित प्रयोग गरेको नहोस ।
सामाजिक संजालको प्रयोग सगै मानिसहरुमा सुचना प्रवाह एवं जानकारी प्राप्त हुने तह ह्वात्तै बढेको छ । यसबाट मानिसहरुमा छिट्टै जानकारी प्राप्त गर्ने गरेका छन भने भ्रामक र अफवाह युक्त सुचना , गलत जानकारी हरुको शिकार पनि भएका छन साथसाथै मानिसले कसै लाइै या कुनै कुरालाई बुझ्ने तौर , तरिका र सोच विचार गर्ने तरिका लाई पनि बदलाई दिएको छ । आजकल मानिसहरु कुनै पनि कुराको छिट्टै धारणा बनाउदछन र संजाल मार्फत जानकारी एवं सुचना प्रवाह गर्दछन । मानिसमा तर्क ,स्वच्छ प्रतिस्पर्धा भन्दा पनि आवेग , संवेग , निराशा , हिंसा का कुराहरुले पक्षय पाएको देखिन्छ । रिस , डाह , बेदना , चित्कार ,झुट जस्ता सामाग्रीहरुको होडबाजी चलेको देखीन्छ । ब्यक्तिगत पिडा भावनाहरुलाई पुर्वाग्रहि रुपमा पस्कने गर्नाले मानिसमा चरम निराशा , डिप्रेशन सगै मानसिक असर परेको देखिन्छ । प्राय ः मानिसहरुले मनमा जे उत्पन्न हुन्छ त्यसलाई तत्काल पोस्ट गर्ने , सेयर गर्ने र प्रतिक्रिया जनाउने संस्कार बढेको छ । मानिसलाई ईन्टरनेटमा खोजीनिती , सृजनशिलता भन्दा पनि चारी गरेरै भएपनि प्रतिष्ठा कायम राख्ने सोच प्रस्ट देख्रीन्छ । जसले गर्दा उसमा नकारात्मक भावना को बिकास हुन्छ भने साईवर क्राईम पनि लाग्न सक्छ । उसको मनोबिज्ञान भनेको आफुलाई कसरी हुन्छ उच्च , राम्रो , आत्म केन्द्रित देखाउने हुन्छ । त्यस्ता गुणहरु फलत असमाजिकता तर्फ अग्रसर देखिन्छन ।​
जन सामाजीक संजालको प्रयोग र उपभोग कम थियो मानिसले एक अर्कालाई प्रत्यक्ष रुपमा भेटघाट गर्ने , अनुभवहरु आदान प्रदान गर्ने गरिन्थ्यो । अहिले आएर यो भिडियो कल , फोन , च्याट , टेस्टमा सिमित भएको छ । मान्छे औपचारीक बढि बनेको छ अरुको अनावश्यक कुराको चासो बढि छ र कसरी अरु साम स्मार्ट बन्न सक्छु र प्रस्तुत हुन सक्छु भन्ने सोच हावि छ । बर्तबन्ध , पाश्नि , स्वस्ति शान्ति समेत भिडियो कुल मार्फत हुनाले हामी सामाजीक , सांस्कृतिक रुपमा समेत पछि परेका छौ जस्तो लाग्छ । बच्चा , बच्चि , किशोर , बिशोरी भुल्नको लागी सामाजीक संजाल प्रयोग गर्दैछन । उनिहरु यसमा यति मग्न हुन लागे की उनिहरु मनोबैज्ञानिक एवं मानसीक असन्तुलन को शिकार हुन पुगेका छन । सामाजीक सांस्कृतिक कुराहरु सिक्नको लागी उनिहरु लाई हजुरबुवा , हजुरआमा परिवारका सदस्य , छर , छिमेकी , ईष्टमित्र लाई दिने समय पनि छैन । हामिले हाम्रा बालबालिका एवं स्वयम लाई आधुनिकता को नाममा मानसिक रुपमा प्रटाजित र असमाजिक बनाईरहेका छौ । गृृहकार्य सक्नु र संजालमा सक्रिय हुनु उनिहरुको दिनचार्य बन्दै गईरहेको छ । सामान्यतयाः उनिहरुले सेयर गर्ने बिषय बस्तु पोष्ट गर्ने शैलि र बिषय अध्ययन गर्दा उनिहरु कुलतमा जकडिई सकेको भान हुन्छ । अतः सामाजिक संजालमानिसहरु लाई बिर्साएर असमाजिक हुने सिकाईरहेको भान हुन्छ । अझ भन्नु पर्दा मानिसहरुले यसलाई गलत प्रयोग एवं उपभोग गरेका छन ।

सामाजिक संजालमा मानिस जति खुसि देखिन्छ त्यति खुसि छैन , जति दुखि देखीन्छ त्यति दुखि छैन , भन्नुको अर्थ मानिस आत्म केन्द्रित भईरहेछ । हरेक कुरा पोष्ट गरेर मानिसले संजालका मानिसहरुको ध्यान केन्द्रित गर्न खोज्छ । लाईक , कमेन्ट ,भिउजमा रमाईरहेको मानिस कसरी होला र रु जब तुलना गरिन्छ जीवनमा सुख र खुशी प्राप्त हुन सक्दैन त्यसैले सामाजीक संजालमा लाइ्र्रक , कमेन्ट र भिउज लाई अरु सग तुलना गरेर हेरिन्छ भने मानिसमा नकरात्मक भावना , निराशा , कमजोरीपना को बिकास हुन्छ र मानसिक रोगको शिकार हुन पुग्छ । सामाजीक भन्दै गरेको संजालबाट बाहिर परेको ९ ँभभष्लिनक इा भ्हअगिकष्यल० महशुश गरेको ब्यक्ति ले कसरी परिवार समाज र राष्ट लाई सहि निर्देश र सहयोग गर्न सक्छन रु फेरी सामाजीक संजाल मा पोष्ट हुने कुराहरुले मानिसलाई छिट्टै भावनात्मक , आवेगात्मक बनाईदिन्छ । हजारौ मानिस जोडिएको संजालमा विरलै मानिसहरु एक अर्का सग कुरा गर्ने गर्दछन । नत त्यहा कुनै बिचार लाई चिरफार गरिन्छ , नत आदान प्रदान नै । ५००० मानिस जोडिएको सामाजीक संजालमा जम्मा ५०÷१०० जनाले एक अर्का लाई छुने गर्दछन । यसले के पनि देखाउछ भने नाम सामाजीक भएपनि हामी संजाल भित्रका असामाजीक हौ । हामीले सम्बन्ध बिस्तार त गरेउ तर सम्बन्ध कायम गर्न , जोगाउन सकेनौ । केवल यसले झनै हामीलाई राखेर समाचार बनाउने चलन पनि संजालमा उत्ति कै मानिसहरु शिर्षक लाई मात्र पढ्ने र भित्र नहेर्नाले पनि गलत कुराहरु हामी भएको देखीन्छ ।

तसर्थ सामाजीक संजालमा पोष्ट गरीने बिषयबस्तुहरु कथा , कविता , गित ,चुट्किला समाचार , जानकारी , बिभिन्न भनाईहरु , बिज्ञापन , ब्यापार , स्वास्थ्य सन्दर्भ सामाग्रीहरु रचनात्मक , सृजनशिल , सहि सत्य एवं समाजमा सकारात्मक प्रभाव पार्ने खालका हुनुपर्दछ । झुट , अपवाह फैलाउने , भ्रम सृजना गर्ने , कपि पेष्ट गर्ने , छाडा बिषय बस्तु मात्र प्रस्तुत गर्नु हाम्रो कमजारी हो । सहि र सत्य सुचना प्राप्त गर्न पाउनु हाम्रो अधिकार पनि हो । त्यस्तै गरेर , सामाजीक संजाल प्रयोगकर्ता हरुले ब्यक्तिगत कुराहरु लाई मजाक गराउन हुर्दन । अरुको गोपनियताको ख्याल पनि गर्नु पर्दछ । सामाजीक संजालमा गलत प्रयोग का कारण साईबर क्राईम पनि लाग्न सक्छ त्यता तर्फ पनि हामी सचेत हुनुपर्ने देखीन्छ । कहिलेकाहि मानिसहरु संजालमा अमानविय रुपमा प्रस्तुत हुने गर्दछन । कसैको मृत्युमा दुई शब्द खर्च गर्न सक्दैनन , मजाक मा उडाउछन भने अनावश्यक पोष्टहरुमा निस्कने पनि गर्दछन ९ ँष्चित० । ब्यक्तिगत कुराहरु कहा गए , के खाए , कति पैसा छ आदि जस्ता कुराहरु पोष्ट गर्दा एक त गोपनियता रहदैन भने अर्को तर्फ अरु मानिसहरु लाई असर गर्न सक्छ । कसैलाई लान्छना लगाउने , दोषारोपण गर्ने , अप्रत्यक्ष रुपमा आखा सममान मा चोट पुर्याउने कुराहरु लाई एक्लो बनाईदियो । जसलाई हाम्रो क्यअष्ब िम्ष्कउबिअझभलत भन्छौ । त्यसैले सामाजीक संजाल ले न त सम्बन्ध लाई कायम गर्न सक्छौ न त खुसी नै दिन ।

सामाजीक संजालमा धेरै सकरात्मक , नकरात्मक विचार , सुचना जानकारी हरु आदान प्रदान हुन्छन । यदि सहि र सत्य कुराहरु लाई पछ्याउन सकिएन भने हामी झुटको फेला पर्न सक्छौ । जस्तो की धेरै कुराहरु जुन संजालमा पोष्ट भएका हुन्छन तिनले हामी लाई छिट्टै प्रभावित पार्ने गर्दछन । हरेक मान्छे ले जे जस्ता ९ सकरात्मक र नकरात्मक ० कुराहरु पनि संजालमा सेयर गर्न ,पोष्ट गर्न सक्दछन । कतिपय कुराहरु पढ्न योग्य पनि हुन्छन भने कति हुदैनन । सबै ब्यक्ति ले तिनिहरु सहि , सत्य हुन वा होईनन भनेर छुट्याउन पनि सक्दैनन । जसले गर्दा नकरात्मक समाचार , झुट , अफवाह फैलन सक्दछ । अहिले संजाल भरी विभिन्न अनलाईन पोर्टलहरु , पेजहरु छ्यापछ्याप्ति छन जसले गलत कुराहरु लाई पस्किरहेका हुन्छन र मानिसहरु त्यसको शिकार भईरहेका छन । केहि कन्टेन्ट हरु रमाईलो को लागी मात्र पनि हुन सक्दछन तर मानिसहरुले फरक रुपमा बुझ्न सक्दछन भने कहिले काहि सहि कुराहरु लाई ब्याख्या पनि गरीने गरीन्छ । जसले गर्दा सहि र सत्य जानकारी भन्दा पनि हल्ला र झुट लाई गलत ब्याख्या पनि गरीने गरीन्छ । जसले गर्दा सहि र सत्य जानकारी भन्दा देखीन्छ जसले मानिसलाई प्रभावित तुल्याउछ । शिर्षक एउटा , कन्टेन्ट अर्को निरुत्साहित गर्नु अपरिहार्य देखीन्छ । जसको लागी सर्वप्रथम त स्यवं सचेत रहनुपर्दछ र दोस्रो आधिकारीक रुपमा निगमन , कारबाही पनि हुनु पर्दछ । सामाजीक संजालमा हामिले लेख्ने बिषयबस्तुहरु गहकिला , रचनात्मक , सकरात्मक भए संजालमा हुने सबैमा सकरात्मक प्रभाव पर्न सक्दछ । सकिन्छ नकरात्मक क्षेत्र , बिषयबस्तु लाई अनफलो, हाईड गरौ , सेयर नगरौ र नगर्न प्रेरीत गरौ । आफनो परिचय दिने सा, सामाजीक संजाल तार्किक , सफा , स्पष्ट , आशावादि राखौ । हामी सचेत बनौ । सहि तरिकाले सामाजीक संजालको प्रयोग गरी सामाजीक बन्ने प्रयत्न गरौ ।

अर्जुनचौपारी — १ स्याङ्जा

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected