प्रेमचराे उर्फ नारायण त्रिपाठीको तीजमा दिदिबहिनीलाई कोसेली रातो साडीमा
टेक्सस– कुनै समय नेपाली हाँस्य जगतमा एकछत्र राज थियो प्रेम चरो अर्थात नारायण त्रिपाठीको । हाँस्य टेलिचलचित्र देखि ठुलो पर्दामा उनको हाँस्यकलाले सबैलाई खितिखिती बनाउथ्यो ।
केही वर्ष देखि नेपाल छाडेर परदेशिएका त्रिपाठी अमेरिकाको टेक्ससमा सपरिवार बस्दै आएका छन् । आखिर जहाँ रहे पनि आफनो कलाकर्मलाई उनले छाडेका छैनन । परदेशमा रहेर पनि उनले आफनो कला यात्रालाई अगाडी बढाइरहेका छन् ।
अमेरिकाका विभिन्न ठुला कार्यक्रमहरुमा हसाउन उनलाई निम्तो आउछ । हसाउँ नका लागी उनी अमेरिकाका धेरै राज्य डुलीसकेका छन् । पछिल्लो समय उनी आफनो अफिसियल युटयुब च्यानल प्रेमचरो मार्फत पनि दर्शक माझ हा“स्य रस लिएर आउने गरेका छन् ।
पछिल्लो पटक उनी गायनमा पनि लागेका छ्न । नेपाली नारीहरुको महानपर्व हरितालिका तीजलार्य मध्यनजर राखेर उनले रातो साडीमा बोलेको गीत तयार पारेका छन् । जसकमो भिडियो समेत तयार भएको छ ।
गीतमा स्वंय त्रिपाठीको स्वर र महिला गायिकामा देवी आलेको स्वर रहेको छ । गीतको रचना समेत उनकै रहेको छ । गीतको संगीत र एरेन्जर रमेश सेन्चुरी रहेका छन् । गीतको भिडियो बद्री लामिछानेले खिचेका हुन । डिबी गुरुङको कोरियोग्राफी रहेको गीतको सम्पादन सरिता गौतमले गरेकी छिन् । बिएस मिडियोको प्रस्तुती रहेको भिडियोको निर्देशन स्वंय त्रिपाठीले गरेका छन् । गीतमा त्रिपाठी र विरु कार्कीको अभियन देख्न सकिन्छ । भिडियो छिट्टै रिलिज हुदैछ ।
सम्बन्धित खवर
-
अमेरिका-विवाहित महिलाको ...
-
टेक्सस-नेपाली समाज टेक्ससले ...