बडादशैको अवसरमा स्वदेशमा खसी बजारमा ठुलै भीड लाग्छ । यस्तै भीड सात समुन्द्रपारीको मुलुक अमेरिकामा पनि खसी बजारमा खसी किन्नेहरुको भीड देखियो ।
नेपालीहरुको अधिक बसोबास रहेको अन्य राज्यहरु टेक्ससमा पनि दशैका लागी भन्दै खसी किन्नेहरु खसी बजारमा लामै लागेको भेटिए । बिहानै देखि खसी किन्न जाने नेपालीहरु भीडभाडले घन्टौ कुर्नु परेको बताए ।


ड्यालसबाट केही माइल टाढा रहेको सियोगोभिलमा रहेको प्रोगेसियो फार्ममा खसी किन्नेहरुको भीड दशै नजिकिए पछि दिनहु“ भीड देखिन्थयो । हरेक दिन जसो लाम लागेर टोकन लिदै खसी लिन नेपाली समुदायहरु व्यग्र प्रतिक्षामा देखिन्थे । समयमा खसी लिन नपुग्नेहरु भीडका कारणले खसी नै नलिई आउनु पर्ने अवस्थामा समेत भोगेको बताए ।
पोखराका बिराट बस्याल सखारै आँखा मिच्दै उक्त फार्ममा खसी लिन पुगेका थिए । उनले सोचेका थिए यति बिहानै पुगेपछि त पालो छिट्टै आउला । तर उनले सोचे जस्तो भएन । उनी त्यहाँ पुग्दा खसीका लागी ठुलै लाम लागीसकेको रहेछ ।


‘घन्टौ कुरेर खसी ल्याउन सफल भएका उनले भने– ‘खसी किन्नेहरुको भीडले नेपालमै दशै मनाउन लागेको हो कि जस्तो झझल्को दियो ।’
उनी मात्र हैनन टेक्ससमा बसोबास गर्ने धेरै नेपालीहरु दशैको अवसरमा यहा“का फार्महरुमा लाम नै लागेर खसी किनीरहेका छन् । टेक्ससका धेरै ठाउँमा खोलिएका यस्ता फार्महरुमा खसी बोका किन्न हरेक वर्ष जसो नेपालीहरुको भीड लाग्ने गरेको छ ।
नेपाली समुदायले बढी मात्रमा खसी बोका किन्ने भएकाले स्पेनिस समुदायले संचालन गरेका त्यस्ता फार्महरुमा उनिहरुले नेपाली भाषामै ठुलो कि सानो खसी भन्दै सोधपुक्ष गर्ने गरेको पाइन्छ ।

आफुले चाहे जस्तो खसी किन्न पाएपछि त्यहाँ पुग्ने नेपालीहरु दंग हुने गरेको पाइन्छ । यसरी खसी किन्न आउनेहरुमा अधिक मात्रमा नेपाली र केही भारतीय र तेस्रो मुलुकका ग्राहक रहेको फार्म हाउसका संचालकहरु बताउछन् । खसी सुपथ मुल्यमा पाइने भएकाले धेरैले सिंगो खसी लगेर आफन्तजन जमघट गराएर धुमधाम संग दशै मनाउछन् ।
नेपालमा जस्तै खसी बजारमा पुगेर छानी छानी खसी किनेको याद यहा“को खसी बजारमा पुगेपछि याद दिलाउने गरेको छ’ बागलुङ स्थायी घर भई युलेस बस्दै आएका पोमलाल गिरीले बताए । केही टाढा ड्राइभ गरेर खसी बजार पुगेर खसी किन्दा पनि दशै आएको अनुभुति दिलाउछ’ उलने भने–‘यहाँको खसी बजार पुग्दा परदेशमा नेपालीमा पनि दशै लागेको जस्ता महसुस गराउछ ।’

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected