टेक्ससमा निर्देशकको रुपमा उदाए रमेश एम के पौडेल

टेक्सस– रमेश एम.के पौडेल सिनेकर्मि हुन । उनले राजा रानी, रुद्रपिया लगायत केही नेपाली सिनेमा पनि निर्माण गरेका छन् । केही वर्ष देखि उनी अमेरिकाको टेक्ससमा रहेका छन् । यहा“ आएर पनि उनले आफनो कलाकर्मलाई निरन्तरता दिइरहेका छन् । उनी गीति लेखनमा पनि सक्रिय छन् । निर्माता रहेका पौडेल अब निर्देशक पनि बनेका छन् ।

उनले भर्खर आफनै रचना रहेको गीत मुस्कान दिन्छु माया तिमीलाई बोलको गीत बजारमा ल्याएका छन् । अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियोलाई उनले निर्देशन गरेका हुन । पौडेलको यो पहिलो निर्देशकीय क्षमता हो । उनले निकट भविष्यमै ठुलो पर्दाको चलचित्र समेत निर्देशन गर्ने तयारी गरिरहेका छन् । अमेरिका रहेर पनि उनले बोधी एचडि मार्फत पोस्ट प्रोडक्सनको काम गदै आएका छन् । यस अघि पनि उनले म्युजिक भिडियो निर्माण र निर्देशनको काम आफनो पोस्ट प्रोडक्सन मार्फत गदै आएका हुन । डिजिटल टेलिभिजन तथा रेडियो उद्यमी समेत रहेका पोडेलले थुप्रै गीतहरु लेखेका छन् ।
टेक्ससमा रहेर व्यवसायमा संलग्न पौडेल नेपाली समाज टेक्ससको उपाध्यक्ष समेत हुन ।
टेक्ससको डयालस क्षेत्रमा छायाङकन गरिएको यो गीतको भिडियो बद्री लामिछानेले खिचेका हुन । सम्पादन पनि लामिछानेकै रहेको छ । गीतमा संगीत सुबास भुसालकाे रहेकाे छ । गीतमा ईमली र पासांग लामाकाे अभिनय रहेकाे छ ।