युलेसमा नेप स्टारको दशै लाइभ म्युजिक धमाका
युलेस स्थित बियर क्रिक पार्क आइतबार दिनभर जसो रंगारंग बन्यो । प्रत्येक वर्ष नेपालीहरुको महान पर्व बडा दशैको अवसरमा नेप स्टारले गदै आएको दशै पिकनिक तथा लाइभ म्युजिक कार्यक्रमले माहौललाई दशैमय बनायो ।
दशैको अवसरमा टेक्सस वरपर रहेका नेपालीहरुलाई संगीत मार्फत मनोरञ्जन दिन यो गरिएको कार्यक्रममा बालबालिका देखि युवा तथा बुढाबुढी पनि रमाए । कार्यक्रममा रमाउन आउनेलाई विभिन्न मनोरञ्जनात्मक खेलहरु समेत खेलाइएको थियो । घैटो फुटाउने देखि अन्य विविध खेलहरु समावेश थिए ।
कार्यक्रमको मुख्य आकर्षण भने लाइभ म्युजिक अन्तर्गतको सांगीतिक प्रस्तुति नै बन्यो । कार्यक्रममा टेक्ससका सांगीतिक कार्यक्रमहरुमा आफनो गला खोलेर दर्शकको मन जित्दै आएका गायक भिम चापागाईले दर्शकलाई आफना गीतले नचाए । उनको पछिल्लो क्रममा लोकप्रिय बनेको आउ बस देउरालीमा बोलको गीतले दर्शकलाई नचाए । उनले लोकभाका का अन्य गीत पनि प्रस्तुत गरेका थिए । त्यस्तै गायक भिम थापाले पनि आधुनिक देखि लोकगीत गाएर दर्शकको मन राखे । गीत लेखनमा सशक्त नारी हस्ताक्षर लिलु गुरुङको दोहोरी सुन्न लायकको थियो । पञ्चेबाजा समुहको तालमा उनीले प्रस्तुती गरेको दोहोरीमा नाच्नेहरुको तछाडमछाड भयो । पञ्चेबाजा सहितको दोहोरीले कार्यक्रमको माहौलनै ततायो । पञ्चेबाजाको तालमा सबै ठेलम्म ठेल गदै नाचे । कार्यक्रममा रोशन पराजुली, देव गिरी, सविन ढुंगेलको प्रस्तुतीले पनि दर्शकलाई मनोरञ्जन दियो ।
कार्यक्रममा संगीतको अलवा संगीतको मजा लिन आउनेहरुलाई बारबि क्यु पार्टिको समेत व्यवस्था गरिएको थियो ।
यसैबीच पा“चौ दशै कप अन्तर्ग भएको प्रतियोगितमा पहिलो भएको नेप स्टारले २ हजार डलरका कासथ ट्रफी र मेडल हात पा¥यो । दोस्रो भएको युनाईटेड बर्दस अफ डिएफ डब्लुले १ हजार २सयका साथ ट्रफी र मेडल पायो । मोस्ट भ्यालुएबल खेलाडी दिपक थापा घोषित भए । प्रतियागिता ड्यास र अस्टिन क्षेत्रका १० टिम सहभागीरहेको नेप स्टारका अध्यक्ष नारायण क्षेत्रीले जानकारी दिए