अमेरिकामा खल्लो हुदै तीजको रमझम
शिव शर्मा
अमेरिकामा पनि यतिबेला तीज पर्वको रमझम सुरु भए पनि बिगतमा जस्तो उल्लासमय छैन । तीजका अवसरमा आयोजना हुने कार्यक्रमहरु पनि हुन सकेका छैनन । तीजमा देखिने जमघट यो पाली शुन्य छ । अमेरिकामा तीजका तीज रेकर्ड गराएर भिडियो बनाउनु क्रम पनि हरेक वर्ष अधिक हुन्थ्यो । यस पटक त्यो पनि कमी छ ।
तीजका गीत रेकर्ड गराउने देखि तीजका रमाईला कार्यक्रममा सहभागी हुने क्रम हरेक वर्ष बढे पनि यसपटक कोरोना महामारीले पर्वलाई बाधा पु¥याएको छ । जमघट रमाईलोलाई सामाजिक दुरी अपनाउनु परेको कारण समस्या भएको हो ।
तीजगीत संगीत संगै यो पर्वले यता रहेका नेपाली दिदिबहिनीहरुलाई पनि छपक्क छोपे पनि यति रमझ मभने छैन । गीत रेकर्ड गराउने र म्युजिक भिडियो निर्माण गर्ने लहरपनि तीजकै अवसरमा बढे पनि यो पाली न्युन छ । ‘तीज गीतको भिडियो निर्माण गर्ने क्रम यता पनि बढ्दो छ’ निर्देशक सुरेश दर्पण पोखरेल भन्छन्–‘स्वदेशतिर जस्तै यतातिर पनि तीजको रमझम बाक्लिदै गएको छ ।’ उनले अघिल्लो वर्ष लक्ष्मी खरेलले गाएको तीजको गीतको म्युजिक भिडियो निर्देशन गरेका थिए । यसपटक उनले एलिना चौहानको स्वरमा रहेको तीजको गीतको भिडियो निर्देशन गरे । तीज गीत रेकर्ड गर्ने देखि, भिडियो निर्माण गर्नेहरु यसरी नै बढ्रदैछन् । परदेशी चेलीहरुलाई यी यस्तै गतिविधिहरुको व्यस्ता संगै तीज पर्वले छपक्कै छोपेको छ । छमछमी नाच्दै एक आपसमा सानो पारिवारिक जमघट भएर पनि रमाउदैछन् । कतिपयले जुम भिडियो मार्फत पनि तीज पर्वको शुभकामना आदानप्रदान गरेका छन् । रुपन्देशी समाज अमेरिकाले भच्युअल तीज मनाएको छ ।
रातो पहिरनमा चेलीबेटीहरु झकीझकाउ देखिएका छन् ।परदेशी भुमीमा पनि तीजका भाकाहरु गुन्जिन थालेका छन् । विदाको समयमा चेलीहरु जमघट भएर तीजका गीतहरु रन्काइरहेका देखिन्छन् । गरगहनाले पनि यतिबेला चिरिच्याट्ट देखिएका छन् । केही वर्ष देखि अमेरिका बस्दै आएकी रमिला खडकाले पनि तीज धुमधाम संग मनाउदै आएकी छिन् । ‘मन्दिर जाने तथा साथीहरुसंग नाचगान रमाईलो गरेर यो पर्व मनाउदै आएकी छु’ उनले भनिन– जहा“ रहे पनि आफनो पर्वलाई भुल्नु त भएन ।’
विभिन्न तीज सम्बन्धी स्पेशल पार्र्टिहरुमा यतातिर उनि जस्तै चेलीहरुको व्यस्तता बढेर गएको छ । तीजको अवसरमा आफन्त संग जमघट गरेर रमाउन एउटा राज्यबाट अर्को राज्यमा रहेका आफन्तसंग रमाउन पनि चेलीहरु आइपुग्छन् । छमछमी नाच्दै एक आपसमा रमाउछन् ।
बुटिक, फेन्सी र सपिङमलहरु पनि तीजको किनमेल बढेको देखिन्छ । महिलाहरुलाई आकर्षित गर्ने तवरले नेपाली पसलका डमीहरु तीज स्पेशल बनाईएका छन् । हरेक वर्ष आउने यो पर्व नारीहरुले विशेष रुपमा यो पर्व मनाउदै आएको पाईन्छ ।
तीज स्पेशल पार्टिहरु भने हुन सकेको छैन ।
विभिन्न सेलिब्रेटीहरु डाकेर तीजका विशेष कार्यक्रमहरु पनि बग्रेल्ती हुदै आएको थियो । त्यो पनि अहिले ठप्पै छ । नेपालका प्राय चर्चित लोकगायिकाहरु तीजको विशेष कार्यक्रमहरुमा यता उपस्थिति जनाउने गरेका थिए । तीजको आगमन संगै यहा“का संघ संस्थालाई तीजका सांगीतिक कार्यक्रम गर्न चटारो हुन्थयो । तर अहिले सुनसान छ । ‘महिना दिन अगावै देखि यता पनि तीजको रमझम छाइसकेको हुन्थ्यो ’ टेक्ससमा बसोबास गदै आएकी सिमा केसीले भनिन–‘यता बस्दा पनि तीजमा स्वदेशमै बसेको जस्तो अनुभव गराउथ्यो ।’ यो पटक कोरोनाले सबै खाइदियो ।
नेपाली समाज टेक्ससले पनि हरेक वर्ष तीज विशेष कार्यक्रम गरेर नेपाली दिदिबहिनीहरुलाई दर खुवाउने र नाचगान गराउने कार्यक्रम गदै आएको थियो । यस पटक तीजकै अवसर पारेर कार्यक्रमलाई निरन्तरता दिने सोच बनाए पनि कोरोनाले सबै स्थगन गर्नु परेको नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माले बताए ।
यतिबेला यी यस्तै तीजका कार्यक्रमहरुले अमेरिकातिर पनि होटल, सभाहल तथा रेष्टुरा घन्किएका हुन्थे खुल्ला पार्कहरुमा पनि त्यतिकै तीज विशेष कार्यक्रमहरु गरेर नेपाली दिदिबहिनीहरु रमाएको देख्न पाइन्थयो । तर अहिले सबै सुनसान छ । नेपालीहरु अधिक बसोबास रहेका राज्यहरुमा नेपाली मन्दिर रहेकाले तीजको अवसरमा दिदिबहिनीहरुको जमघट लाग्ने गथ्र्यो उपबास बस्नेहरु मन्दिरमा गएर पुजाआजा गर्ने पनि यसपटक कमी आएको छ ।