हङकङ आइडी लिएर अमेरिका आइन सत्यकला

तिमीलाई हङकङ पु¥यायो आइडी काडैले
मलाई घाइते बनायो तिम्रै आइडीले….हङकङको आइडी कार्डको महत्व पहिलो जति थियो त्यतिनै छ । हङकङ आइडी लिन मरिहत्ते नगर्ने कमै होलान । कसैलाई हङकङ आइडीले सुखी बनायो होला कसैलाई दुखी ।
यो कालजयी गीतकी स्रष्टा हुन सत्यकला राई । सन् २००१ मा रेकर्ड भएको यो कालजयी गीत अहिले पनि उतिकै लोकप्रिय छ ।
यति मात्रै हैन तिमी मसंग नबोल्ने अरे, इन्टरनेटमै, धडिया थापीदेउ साइला, हिमालपारी बोट, पुर्वी धरान लागायत दर्जनौ गीतहरु कणप्रिय छन् । अहिले सम्म ५ सय गीतहरुमा आवाज दिइसकेकी यी गायिकाले जति गीत गाइन ति सबै छानेर गाइन ।
संख्यात्मकतामा मैले ध्यान दिइन कुराकानीको क्रममा उनले भनिन–‘आफना रोजाइका गीतहरु मात्रै गाए ।’
प्राय विदेशका कार्यक्रममा व्यस्त हुने यी कर्णप्रिय आवाजकी धनी गायिका यतिबेला आफनो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा छिन् । यसै क्रममा उनी टेक्सस राज्यमा भेटिइन ।
ड्यालसको अर्भिमा रहेको पिक रेष्टुरेन्टमा लाइभ प्रस्तुतीका क्रममा भेटिएकी गायिकाले गीत गाउदै संगीतपारखीहरुलाई नचाईरहेकी थिइन । झन्डै साढे चार महिनाको सांगीतिक यात्राका क्रममा अमेरिका आइपुगेकी उनले यहा“का दर्जनौ राज्यहरुमा आफनो गलाले संगीतपारखीहरुलाई मनोरञ्जन दिदै छिन् ।
सांगीतिक कार्यक्रमका लागी अमेरिका आएको यो उनको दोस्रो पटक हो । अमेरिकामा यो लामो बसाईमा अहिले उनी विभिन्न राज्न्यमा गरेर २५ वटा भन्दा बढी कार्यक्रमहरु गदैछिन् । यस अघि झन्डै साढे दुई महिना बेलायतको सांगीतिक कार्यक्रम सकेर फर्किएकी हुन । पछिल्लो क्रममा बढ्दो प्रविधिले एल्बम सिडी बिक्री हुन छाडेको छ । कलाकारहरुका लागी धानिने बाटो नै विदेशका कार्यक्रमहरु बनेका छन् । आधुनिक गीत तर्फ अहिले उनी वल्र्ड म्युजिक अर्वाडमा टप फाइभ मा परेकी छिन् ।
सत्यकला विदेशका कार्यक्रममा रोजाईकी गायिका हुन । उनलाई विदेशका कार्यक्रमहरुले भ्याईनभ्याई छ । अहिलेसम्म २२ वटा मुलुकहरुमा उनले सांगीतिक कार्यक्रममा सहभागिता जनाइसककी छिन् । अधिकांश यी मुलुकहरुमा उनी दोहोराई तेहराई पनि पुगेकी छिन् । ‘अमेरिका सके लगत्तै अन्य केही मुलुकमा कार्यक्रमका लागी कुरा भइरहेको छ उनले भनिन– ‘विदेशमा बस्ने नेपाली स्रोता तथा दर्शकको माया पाइरहेकी छु ।’
पुर्वी खोटाङको ऐसेलुखर्कमा जन्मिएकी गायिका राईले बाल्यकाल देखि नै गीत गाउन थालेकी थिइन । नाच्नमा पनि उनी त्यति नै हुरुक्क हुन्थिन । गाउ“को मेला हाडबजार होस या विद्यालय उनको गायिकीको त्यतिबेला देखि नै तारिफ हुदै आएका हो । सन २०००मा ‘भमरालाई त के छ र उडी दिए पुग्छ’ बोलको गीत रेडियो नेपालमा रेकर्ड गराएर उनले सांगीतिक यात्रमा औपचारिक रुपमा पाइला राखेकी हुन ।
रेडियो सुन्ने त्यो जमानामा उनका गीतहरु बारम्बार रेडियोमा गुन्जिरहेका हुन्थे । अहिले पनि उनका गीतहरु त्यतिकै जनजिब्रोमा झुन्डिने खालको छन् । लोकलयलाई आत्मसाथ गदै नेपाली मौलिक शब्द उतारिएका गीत उनको रोजाइमा पर्छन् । दर्जनौ उत्कृष्ट पुरस्कार र अर्वाड समेत जितेकी गायिका राईले आफु पुरस्कारको पछि भने कहिल्यै नदौडिएको बताउछन् । गुरुदेव कामद बाट उनले औपचारिक रुपमा संगीत सिकेकी हुन ।
गीतकार बुद्धवीर लामाको गीत र गायिका कुन्ति मोक्तानको कति जल्छौ आरिसले गीतबाट प्रभावित भएकी उनी अहिले नेपालको संगीत क्षेत्रमा स्थापित नाम भइसकेको छ ।