अमेरिकाको सिंगो गाउँमा एक जना मात्रै महिला

अमेरिका– मान्छे समाजिक प्राणी हो । मान्छे समाजमा नै बस्न रुचाउछ । समाज विना मान्छे एक्लै बस्न सक्दैन । तर यहाँ कुरा अलि अर्केछ । तर अमेरिकाको एउटा गाउँ यस्तो छ जहाँ एक जना महिला मात्रै बस्दै आएकी छिन् । अमेरिकाको नेब्रास्का राज्यको मोनावी गाउँमा एक जना महिला मात्रै बस्छिन् भन्दा अनौठो लाग्न सक्ला , तर यो आश्चार्य यथार्थ नै हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार २०१० मा अमेरिकामा भएको जनगणनामा यो गाउँमा केवल एक जना महिला बसोबास गर्छिन भन्ने पत्ता लागेको हो । ८६ वर्षिया ति महिलाको नाम हो–‘एल्सी आइलर ।’ उनीयो गाउँकी बारटेन्डर, लाइब्रेरियन तथा गाउकी मेयर पनि उनै हुन ।
समाचार एजेन्सीका अनुसार आइलर २००४ देखि यो गाउँमा एक्लै बस्दै आएकी हुन ।
झण्डै ५४ हेक्टरमा फैलिएको यो गाउमा पहिला आवादी बाक्लो थियो र्। एक तथ्याङक अनुसार १९३० सम्म यहाँ १२३ जना बस्दै आएका थिए । त्यसपछि यहाँ बसाईसराईले मान्छेको आवादी घट्दै गयो । १९८० सम्म यो गाउँमा १८ जना मात्रै रहन पुगे । यो क्रमसंगै २००० मा भने यो गाउँमा दुई जना मात्रै बाकी रहे एल्सी आइलर र उनका पति रुडी आइलर । सन् २००४ मा पति रुडी आइलरको मुत्यु भयो । त्यस यता उनी यहा एक्दै बस्दै आएकी छिन् ।
८६ वर्षिया एल्सीले गाउँमा एउटा बार चलाउदै आएकी छिन् । यहाँ अमेरिकाका अन्य राज्य र दोस्रो मुलुकबाट समेत आउने गरेका छन् । गर्मि समयमा यो गाउँमा आएर प्राकतिक सुन्दरताको आनन्द लिने गरेका छन् । उनले आफनो बारमा कोही सहयोगी राखेकी छैनन । जो त्यहाँ घुम्न जान्छन् उनिहरुले नै सहयोगीको काम गरिदिन्छन् ।
यो गाउँमा एउटा हुलाक कार्यालय थियो । १९०२ मा बनेको यो कार्यालय घट्दो आवादीका कारण १९७६ मा बन्द गरिएको थियो । यो गाउँ छाडेर अन्यत्र जानुमा रोजगारी मुख्य भएको बताइएको छ । गाउँ छाडेर अन्य बासिन्दाहरु शहरीक्षेत्रमा बसाई सरेपछि गाउँ खाली भएको छ ।
सबै जना यो गाउँछाडेर अन्यत्र गए पनि एल्सी र उनका पति भने गाउँ छाडेनन । अहिले पनि ८६ वर्षको यो उमेरमा पनि एल्सी आइलर गाउँमा एक्लै बस्दै आएकी छिन् ।
तस्वीर एजेन्सी