अमेरिका– लोकप्रिय हाँस्यकलाकार नारायण त्रिपाठीले भर्खर परदेशीको व्यथा नामक छोटो चलचित्र सार्वजनिक गरेका छन् ।
प्रेम चरोको उपनामले चिनिएका त्रिपाठीले नेपालीहरुको महानपर्व बडादशैलाई मध्यनजर राखेर यो छोटो चलचित्र सार्वजनिक गरेका हुन ।
आफनै निर्देशनमा उनले निर्माण गरेको यो चलचित्रमा परदेशमा रहेका नेपालीहरुको यथार्थलाई जस्ताको त्यस्तै उतारिएको छ । कोरोनाभाइरस महामारीका कारण परदेशमा रहेका नेपालीहरुले भोग्नु परेको पीडा सगै देशप्रतिको मायालाई चलचित्रलाई दर्शाइएको छ ।
चलचित्रमा नारायण त्रिपाठीसंगै प्रियंका एयर, जितु गुरुङ, केशव मिश्र तथा बालकृष्ण चापागाईले अभिनय गरेका छन् । एनजे प्रोडक्सनले निर्माण गरेको भिडियोलाई ओम क्षेत्रीले खिचेका हुन । भिडियोको सम्पादन सरिता गौतमले गरेकी छिन् ।
अमेरिकाको टेक्ससमा बसेर कलाकार त्रिपाठीले आफनो कला यात्रालाई निरन्तर लागीरहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected