टेक्सस– सुबास थापा नेपाली रंगमञ्च हुदै सिने क्षेत्रमा आइपुगेका कलाकार हुन । उनको बिर्खेलाई चिन्छस नामक सिनेमा लोकप्रिय बनेको थियो । यसका अलवा भिजिलान्ते, फेसबुक, सरि ल, को आफना लगायत दर्जन सिनेमा अभिनय गरे ।
नेपाली रंगमञ्च हुदै सिनेमा अभिनय गरेका थापा केही वर्ष देखि अमेरिकामा छन् । अमेरिकाको टेक्ससको राजधानी अस्टिनमा बसेर उनले आफनो कलाकर्मलाई अगाडी बढाईरहेका छन् । उनले यहाँ पनि लघु नाटक देखि छोटो सिनेमा पनि अभिनय गरिरहेका छन् । पछिल्लो क्रममा भने उनी अन्तराष्ट्रिय सिनेममा अभिनय गरेर चर्चामा आएका छन् । उनी अहिले ‘हाउ टु किप योर म्यान हयाप्पी ‘नामक सिनेमा अभिनय गर्ने अवसर पाएका छन् ।


शिकागोका फिल्मकर्मि कन्ट्रेल राइटले निर्माण र निर्देशन गरेको सिनेमामा उनी देखिएका छन् । यसमा उनी सफल व्यवसायीको रुपमा देखिएका छन् । सफल व्यवसाय तर पारिवारिक जीवनमा असफल चरित्रमा उनले अभिनय गरेका छन् ।
विवाहपछि श्रीमतिले छाडेर गएपछि उनी र छोरा एक्लै भएको कथा सिनेमा छ । अश्वेत परिवारमा बढ्दो सम्बन्धबिच्छेद संगै पुरुष र महिलाको एक्लो जिन्दगी संगै उनिहरुको छोराछोरी पारिवारिक कथा सिनेमा समेटिएको छ ।

निर्देशक राइट आफैले लेखेको यो पुस्तककै कथा सिनेमामा उतारिएको हो । यो सिनेमा संगै सुबासले अन्तराष्ट्रिय सिनेमामा आफनो पहिलो पाइला राखेका छन् ।
अहिले उनी अस्टिनमा पनेफोल्ड थिएटरसंग जोडिएर शेक्सपियरको दि टेम्पेस्ट नाटकको तयारीमा पनि जुटेका छन् ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected