अमेरिकामा दर्जनाै कलाकारले अभिनय गरेकाे परदेशमा दशैतिहार गीत सार्वजनिक
अमेरिका-अमेरीकाको बोल्टीमोरमा वेलडन क्रिएशनले बोस्टनको श्री ईन्टरनेशनलको लागी बिदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरेर दशै तिहार गीतको भिडीयो आज बाट सार्वजनिक भयको छ। यसगीतका रचनाकार चीनमा बस्ने एनआरएन तथा ब्यवसायीनबिन बिक हुन ।
बाल्टीमोरको वेलडन क्रिएशन डाईरेक्टर शंकर घिमेरे र नायिका रिचा घिमिरेले संयुक्त रुपमा संचालन गरेका हुन। यस कम्पनि मार्फत नायिका रिचा घिमेरे बिदेशमा बस्ने सफल महिलाहरुको सफलता र संघर्षको बारेमा पोडकास्टमा रेडीयो कार्यक्रम ” ईनकमर” चलाउदै आएकी छिन ।
शंकर घिमिरेले निर्देशन गरेको उक्त दशै गीतमा नेपाली सिनेक्षेत्र तथा संगीत क्षेत्रका हस्तीहरुले संयुक्त रुपमा अभिनय गरेका छन। यो गीतको छायांकन ९०% अमेरीकाक़ो बॉल्टिमोर मा गरीयको हो/ ।
यस भिडियोमा प्रेमराजा महत,भगवान भन्डारी, राजु लामा,सुधांशु जोशी, रिचा घिमिरे, पुजा चन्द, सारंगा श्रेष्ठ, नवीन बिक ,निर्मला भण्डारी,बाबूराम ढ़काल, प्रतिछा ढ़काल, श्रीप्रकाश लामिछाने,लोकेंद्र गुरुंग,हरी गैरेलगाएतका अन्य कलाकारहरुले संयुक्त रुपमा आफ्नो प्रस्तुति दिएका छन।
यस गीतलाई बरिष्ठ संगीतकार सुरेश अधिकारीले संगीत दिएका छन भने , राज सिग्देल र समिक्षा अधिकारीले स्वर दिएका छन । छायाकार बिक्रांत मान श्रेस्ठ,डान्स नवीन केसी , लुना श्रेस्ठ र नेपालमा किशोर चौधरी , सृंगार अप्सरा कटुवालकाे रहेकाे छ ।। धेरैले यो गीतलाई अमेरिकको ईतिहासमा संभबत यति धेरै कालकारहरु एकै ठाउमा उभिएर अभिनय गरेको सायद पहिलो होला र यो काेराेनाकाेबेला मा पनि सक्ने सुरछित बिधि अपनायरा छायांकन गरीएकाे बताईन्छ ।
बिदेशमा बस्ने नेपालीको मर्म बोकेको गीत सार्है मन परेको र आफ्नो गीत बाहेक अरुको गीतमा पहिलो चोटी आफुले अभिनय गरेको बरिष्ठ गायककार प्रेमराजा महतले बताए ।