अमेरिकाको टेक्ससमा नेपाली पहिरन फेसन
युएसनेपाल पोष्ट संवाददाता
रसिला केसी फेसनकी पारखी हुन । उनी अमेरिकाको टेक्सस राज्यको ड्यालस क्षेत्रमा बसोबास गर्छिन् । नेपाली टिपिकल पहिरन पनि उनको रोजाईमा पर्छ । केही वर्ष अघि सम्म नेपाली पहिरन पाउन यता हम्मे पथ्र्यो । नेपालबाटै मगाउनु पथ्र्यो । यसरी मगाउदा साइज नमिल्ने र धेरै समस्याहरु फेसन पारखीखहरुले झेल्दै आएका थिए । अब त्यो सबै झन्झटबाट छुटकरा मिलेको छ ।
तर अहिले उनी लगायत नेपाली पहिरन खोज्नेहरुलाई सहज भएको छ । ‘अहिले त हामीलाई चाहिने नेपाली सबै पहिरन यतै पाईन्छ’ उनले फुर्तिलो पारामा भनिन–‘खोजेको सबै नेपाली पहिरन एकै ठाउँमा पाईन्छ ।’
हो त टेक्ससको अर्भिङ स्र्टस रोडमा खुलेको पहिरन फेसन नेपाली पारखीहरुको रोजाई बनेको छ । केही वर्ष अघि यो खुलेको भए पनि दुई महिना अघि मात्रै शितल श्रेष्ठले नेपाली पहिरनलाई प्राथमिकता दिएर संचालनमा ल्याएकी हुन । नेपाली पहिनरको माग बढ्दै गएपछि पहिरन फेसनमा भीडभाड पनि बढ्दै गएको छ ।
नेपाली टिपिकल पहिरनलाई नै फेसन हाउसमा प्राथमिकता दिएकाले नेपाली समुदायको भीड लाग्ने गर्छ । मौसम अनुसारको पहिरन उपलब्ध हुने भएकाले पनि झन्झट हुदैन । पछिल्लो क्रममा नेपाली दौरा सुरुवाल तथा गुन्युचोली अधिक मात्रमा जाने गरेको फेसन हाउसकी प्रोपराईटर शितल श्रेष्ठले जानकारी दिइन ।
उनका अनुसार पास्नीमा प्रयोग हुने पहिरन देखि विवाहमा प्रयोग हुने बेहुला बेहुलीको पहिरन पनि त्यतिकै डिमान्ड रहेको छ ।
नेपालको चिनारी झल्कने पहिरनको पनि माग बढीरहेको छ’ उनले भनिन– ‘विदेशीहरुले समेत नेपाल लेखिएको टिर्सट लगायतका पहिरनहरुको चिनोको रुपमा लैजाने गरेका छन् ।’
व्यवसायिक फाईदा संगै विदेशमा नेपाली परिहनको प्रवद्र्धन समेत परिहन फेसनले गरेको छ । नेपालको झन्डा अंकीत नेपाल लेखिएको टिसर्ट देखि टोपी लगायतका पहिरन खोज्नेहरु आउने क्रम बढेको उनले बताईन ।
‘नेपाली केही पहिरन चाहिए नेपालमै मगाउदै आएको थिए, तर अब हामीलाई चाहिने सबै खालका पहिरन यतै उपलब्ध भएको छ’ टेक्ससको युलेस बस्दै आएका नरेश महर्जनले भने–‘खोजे जस्तो र रोजे जस्तो सबै खालको पहिरन फेसन यतै पाईन्छ ।’
महिलाका लागी सारी ब्लाउज, लेहेगा, गाउन्स, कुर्ता सलवार देखि इयररिंङ देखि पुरुषका लागी चाहिने नेपाली पहिरन सबै पाइन्छ । बच्चाबच्चीका लागी चाहिने नेपाली टिपिकल पहिरन पनि उपलब्ध भएपछि नेपाली समुदायलाई नेपालबाट पहिरन मगाउनु पर्ने झनझटबाट पहिरन फेसनले मुक्ति दिएको छ । होली पर्वमा नेपाल लेखेको होली टिर्सट पनि त्यतिकै बिक्री भइरहेको छ । ‘नेपालमा पाइने टिपिकल सबै पहिनरलाई भित्राउने लक्ष्य छ, प्रोपराइटर श्रेष्ठले भनिन– पहिरनको पहिचान ‘नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा प्रर्वद्धन गर्नु पनि हो ।’