टेक्सास– टेक्सासमा रहेका युवा गायक हरि लामिछानेले दशै सम्बन्धी गित लिएर आएका छन् । महामारीका कारण स्वदेश जान नपाएका लाखौं नेपालीहरुको आवाज स्वरुप हरिले सुक्यो होला हिलो मैलो गित लिएर आएका छन् ।
्रआफ्नै संगित र स्वरमा रहेको गित अमेरिका र नेपालमा छायांकन गरिएको हो । चर्चित निर्देशक सुब्ररात आचार्यले निर्देशन गरेको गितको भिडियो निकै उत्कृष्ट बनेको छ । आफन्त, बालापन, मायालुृ, जन्मथलो सबैलाई
समेटिएको भिडियोले सबैलाई दशैंको पुराना दि सम्झाउने गराउंछ । गितमा हरिका साथै अर्शिना भट्राई, प्रनिश श्रेष्ठ, सीमा ढकाल, सरिता राजथला, मनोज ओली, गणेश पाण्डे, एलिा खनाल, आशुतोष सुवेदी लगायतको अभिनय छ ।
उत्सव दाहालले नेपाल र आकाश रन्जीतले अमेरिकामा छायांकन गरेको भिडियो नबिन निरौलाको सम्पादनमा छ । गायक लामिछानेले गित सुनेर राम्रो प्रतिकृया पाएकोमा खुशी ब्यक्त गरेका छन् । लामीछाने फोटो तथा भिडियोग्राफिका साथै गायनमा सकृय रहंदै आएका छन् ।
बिराटनगरका लामिछाने बिगत केहि बर्षदेखी टेक्सासको ड्यालासमा परिवार सहित बस्दै आएका छन् ।
भिडियो तल छ 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected