टिकटकमा सर्वाधिक फलाेअर्स भएकी अमेरिकीकी चार्लीकाे वार्षिक कमाई ४ मिलियन डलर

अमेरिका– एक वर्ष अघि सम्म उननलाई कसैले चिन्दैनथे । तर एक वर्षको छोटो अवधिमा उनी सोसल मिडियाको सेलिब्रेटी बनेकी छिन् । चार्लि डमिलियो टिकटकमा सर्वाधिक फलोअर्स हुने टिकटक स्टार हु । उनको टिकटकमा ९३.९ मिलियन फलोअर्स छन् । त्यस्तै उनको भिडियोहरुमा लाइक ७.२ बिलियन छ । उनी अमेरिकाकी स्थायी बासिन्दा हुन ।
उनी डान्स तथा सोसल मिडिया सेलिब्रेटी हुन । उनले जुलाई २०१९ बाट टिकटक अकाउन्ट चलाउन सुरु गरेकी हुन ।
उनले टिकटक सुरु गरेको एक वर्षको अवधिमा ४ मिलियन कमाइसकेकी छिन् । उनले यो रकम आफनो पेजमा विज्ञापन गरिदिए वापत पाएकी हुन ।
उनले आफनो पेजमा एउटा विज्ञापन पोष्ट गरे वापत १ लाख डलर चार्ज गर्छिन् । टिकटक सेलिब्रेटी बनेपछि उनले केही सिनेमा अभिनय गर्ने अवसर समेत पाएकी छिन् ।
उनको युटयुब च्यानलमा पनि ७.७४ मिलियन सस्क्राइबर छन् । इन्स्ट्राग्राममा उनको ३१. २ मिलियन फलोअर्स छन् । उनी अमेरिकाको नोर्वालक कनेक्टिकटमा २००४ मा जन्मिएकी हुन । उनी १६ वर्षकी मात्र छिन् ।
सम्बन्धित खवर
-
अमेरिका-विवाहित महिलाको ...
-
टेक्सस-नेपाली समाज टेक्ससले ...