आकाश भरि जून र तारा भए झैं झलल
यो मुटु भरि त्यो तिम्रो मायाँ बगेछ सलल…

टेक्सस-अमेरिकाकाे टेक्ससमा बसेर साहित्य लेखनमा सक्रिय राधाकृष्ण काफ्लेले लेखेकाे गीत हाे याे । गीत संगै गजल तथा कविता लेखनमा सक्रिय सर्जककाे याे गीत भर्खर मात्र आएकाे हाे ।

उदियमान गायिका मुना कुमालले स्वर दिएकाे गीतमा नेपाली गीत संगीत र मौलिकबाजाहरू को प्रशिक्षण मा लागेका खड्ग गन्धर्व ले संगीतबद्द गरेका हुन

नेपाली माटो को थोरै भए पनि सुगन्ध आवस् र त्यसमा मायाँलु भाव को समिश्रण होस् भन्ने उद्देश्यले लेखिएकाे गीत युट्युबबाट रिलिज भएकाे छ ।  नेपाली पन र नेपाली माटाे बाेलेकाे छ गीतले ।सुरताल स्टुडियाेमा रेकर्ड भएकाे गीतकाे भिडियाे साेनु कुमारले निर्देशन गरेका हुन ।

भिडियाे सुन्न तल लिंकमा जानुहाेला

https://youtu.be/20AH5axHDWw

 

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected