टेक्सस–गोप्य कुरा सुनाएर गइन हासेर
सुटुक्कै यो मन भित्र पासो थापेर
प्रेमको रोमान्सको कुरा यो गीतमा पोखिएको छ । मनको गोप्य कुरा प्रेम जोडीले छताछुल्ल पारेका छन् । यो रोमान्टीक भावको गीतलाई गीतकार भुपेन्द्र न्यौपानेले शब्दमा उतारेका हुन । गीतमा सुर र ताल मिलाएर गला खोलेर गाएका छन् युवा गायक प्रताप दासले ।–टेक्ससमा रहेर गीत लेखनमा सक्रिय भुपेन्द्र न्यौपानेको गोप्य कुरा नामक गीत शुक्रबार सार्वजनिक भएको छ ।
प्रताप दासले गाएको यो गीतको म्युजिक भीडियोमा गीतकार न्यौपानेका छोरा निर्जल न्यौपाने तथा टिकटक क्वीन गु“रास ढकाल संगै समयक जुनियर अधिकारी , वर्षा केसी तथा हेमा श्रेष्ठले अभिनय गरेका छन् । पदम थापाको संगीत तथा एरेन्ज रहेको गीतलाई सेवा डिजिटलले रेकर्ड गरेको हो । म
समन अधिकारीले निर्देशन गरेको गीतको भिडियोको सम्पादन फराज अर्पणले गरेका छन् । ओएसआर डिजिटलको अफिसियल युटयुब च्यानलबाट गीत रिलिज भएको हो । यस अघि पनि गीतकार न्यौपानेले आधा दर्जन भन्दा बढी गीत बजारमा ल्याइसकेका छन् ।
गीत सुन्न तल लिंकमा जानुहाेला
सम्बन्धित खवर
-
अमेरिका-विवाहित महिलाको ...
-
टेक्सस-नेपाली समाज टेक्ससले ...