कोराना महामारीका कारण खुम्चिएको अमेरिकाको दशै

टेक्सस-तीन वर्ष अघि नेपालबाट टेक्सास बसाई सरेका विमल खत्रीले नेपालकै साइत अनुसार यसपाली दशैको टिका लगाए ।बाबुआमा नेपालमै रहेकाले उनलाई स्काईप मार्फत बाबुआमाले नेपालबाट टिका लगाईदिए । नेपाल र यताको समय तालिका नमिले पनि नेपालकै साइत पारेर टिका लगाए ।
स्काईपमा कुरा गदै टिका लगाईयो’ उनले भने, ‘नेपालकै साईतमा सपरिवार टिका लगाउ“दा नेपालकै झझल्को दिलायो । कोविड–१९ को प्रकोपका कारण यसपालीको दशै घरभित्र र परिवारमा नै सिमित रहन पुग्यो । आफन्त र मान्यजनहरुकोमा टिका लगाउने अवसरबाट धेरै वञ्चित भए । अधिकांश अमेरिकाबासी नेपालीले सोमबार नै नेपालको साइत अनुसार नै टिका लगाए ।
’प्रायले अमेरिकाकै साईत अनुसार टिका लगाए । नेपालतिर टिका सकेर सुतीसकेपछि यता उज्यालो हुने भएकाले त्यही अनुसार टिका लगाए । धेरैले भने यहा“ अमेरिकाको साईत बिहानको सबा ११ बजे नै दशैंको टिका लगाए ।
दशै टिकाको विवादका कारण केहीले आइतबार पनि फाटफुट टिका लगाएका थिए । तर अधिकांशले सोमबार नै नेपालको तिथी र साइतमा लगाए ।
परिवार सबै हुनेले एक आपसमा रमाईलो गदै टिका लगाए भने आफन्त नहुनेले नेपाली मन्दिर तथा अन्य मान्यनजनबाट टिका ग्रहण गरे । अघिल्लो वर्ष टिकामा कामले विदा नपाएका क्यालिफोर्नियाका मनोज खत्रीले यसपटक विदा पाएपछि पुरै दिन सपरिवार टिका लगाएर रमाईलो अनुभूति गरेको बताए ।
ं
‘प्रायः हरेक वर्ष टिकाको दिन काम नै परेको हुन्छ’ उनले भने –‘जे भएपनि यो पटक मेसो मिलाएर टिका लगाएर रमाईलो गरी पर्व मनायौ ।’टिकाको दिन विदा नमिल्नेहरु पनि बिहान र बेलुकाको जुनसुकै समयमा पनि टिकाको साईत निकाल्छन् । सुखदुख जसातसो भए पनि चाडपर्व यह“ बस्ने नेपालीहरु मनाएका छन् कतिले छोटो समयका लागी पनि विदा मिलाएर दशै मनाउन स्वदेश फर्किएका छन् । विदेशमा बस्नेहरुलाई स्वदेशको माया र चाडपर्व झनै महत्व हुने गरेको यहा“ बसोबास गदै आएका नेपालीहरु बताउछन् । अमेरिकाको न्युयोर्क, क्यालिफोर्निया, भर्जिनिया, बाल्टीमोर हु“दै टेक्सास धेरै नेपाली बसोबास गर्ने राज्यहरु हुन । यही राज्यहरुमा नेपाल समाज पनि ठूलो भएकाले चाडपर्वमा चहलपहल पनि त्यतिकै हुन्छ । नेपाली मन्दिरमा यतिबेला टिका लगाउने र आर्शिवाद ग्रहण गर्नेहरुको घुइचो छ । नेपाली समाज टेक्सासले झन्डै २० वर्षदेखि नियमित रुपमा दशैं विशेष कार्यक्रमहरु गदैं आएको समाजले जनाएको छ ।
कतिप नेपालमा सरकारले विदा दिने भएकाले दशैं पर्व विशेष हुने गरेको अनुभव पोखराका दिपक रानाभाटको छ । पा“च वर्षदेखि पत्नी र दुई छोराहरुसंग अमेरिकन जीवनशैलीमा रमाईरहेका उनको योपालीको दशै अलि भिन्न भयो । न यसपटक नेपालबाट आएका मातापिताले आफु र आफनो परिवारले टिका लगाउन पाएपछि उनको मन फुरुङ भयो । ‘बाबाआमा यतै आउनु भएकोले यसपाली रमाईलो भयो’ उनले भने, ‘सपरिवार बसेर विदेशमा भए पनि दशैं मनाइयो ।’
अरुबेला काममै व्यस्त हुने नेपालीहरु चार्डपर्वलाई एक आपसमा भेटघाटको बहाना पनि बनाउछन् । साथीभाई भेटघाट र आपसमा रमाईलो गरेर पनि दशैं मनाउछन् ।
दशैं तिहारको मौकांमा नेपालबाट चर्चित कलाकार झिकाएर नेपाली विभिन्न संघ संस्थाले त्यतिकै दशैं विशेष कार्यक्रम पनि आयोजना गरेका छन् । यस्ता कार्यक्रममा नेपालीहरुको सहभागिता उल्लेख्य हुने गरेको छ । टिका र जमरा लगाएर हिड्दा विदेशीले अनौठो मानेर हेर्ने गरेको नेपालीहरु बताउछन ।‘केहीवर्ष यता दशैं नेपालीहरुको अधिक जमघटले विदेशतिर पनि रमाईलो बन्दै गएको छ’ फोटवर्थ बस्दै आएका प्रकाश वाग्लले भने’ दशैंको चहलपहल हरेक वर्षजसो बढ्ीरहेको छ ।’
तस्वीर : सामाजिक संजाल