न्युयाेर्कका पत्रकार विष्णु पाैडेलले ल्याए ‘तिमीलाई पर्खि बसे’

टेक्सस-न्युयाेर्कमा बसेर पत्रकारितामा सक्रिय पाेखराका पत्रकार विष्णु पौडेलको तिमीलाई पर्खिबसे’ सार्वजनिक भएको छ ।नेपालय न्युज डटकमका सम्पादक समेत रहेकागीतकार पौडेलले याे गीत एक दशक अधि रचना गरेका थिए ।गीतकार पौडेलको जन्म पोखरा महानगरपालिका वडा नम्बर २८ कालिकामा भएको हो । पत्रकारिता क्षेत्रमा क्रियाशील पौडेल हाल अमेरिकाको न्यूयोर्कमा बस्छन ।। पत्रकार पौडेल अमेरिकाको न्यूयोर्कबाट सन्चालित nepalayanews.com का सम्पादक हुन ।
पौडेलको रचनामा रहेकाे गीतलार्इ चलचित्र निर्देशक घनश्याम लामिछानेको निर्देशनमा म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार पोखरामा पत्रकार सम्मलेनको आयोजना गर्दै म्युजिक भिडियोे सार्वजनिक गरिएको हो । रामकृष्ण ढकालको आवाज, गीतकार विष्णु पौडेलको शब्द र बिमल डाँगीको संगीत रहेको गीत “तिमीलाई पर्खी बसे..” सार्वजनिक भएको हो ।
। चाहे स्वदेश होस् या विदेश आफ्नो मन परेको मानिसलाई हेर्ने र जीवनमा आफ्नो बनाउने कल्पना गरी कुरेर बसेको कुरालाई नै गीतमा पस्किएको छ । गीत बजारमा आइसकेपछि जो आफ्नो मन परेको मानिसलाई पर्खी बसेकाहरुको भावनालाई पनि पक्कै छुने अपेक्षा राखेको छु’ गीतकार पौडेलले भने ।
। उनलेहालसम्म झण्डै ७० वटा गीत रचना गरेका छन । केही गीत रेर्कड भएका छन् । केही रेकर्डिङको तयारीमा समेत छन् ।
चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्देशक लामिछानेले गीतको म्युजिक भिडियोमा सच्चा प्रेमीको कथालाई प्रस्तुत गर्न खोजिएको बताएका छन् । तीन दिन लगाएर पोखराको सराङकोट र लेकसाइडमा छायांकन गरिएको म्युजिक भिडियोमा शिव वाग्ले र जानकी थापाको अभिनय रहेको छ । श्याम शुक्ला फिल्म प्रोडक्सनबाट निर्माण भएको म्युजिक भिडियोमा अभिनयको अनुभव साट्दै शिव वाग्लेले घनश्याम लामिछानेको टीमसँग काम गर्न सहज भएका कारण आफूले निर्देशकमा लामिछानेलाई रोजेको बताए ।
१५ वर्ष अगाडि एउटा म्युजिक भिडियोमा अभिनय गरेका वाग्लेको यो दोस्रो म्युजिक भिडियो हो । लकडाउनका बेला आफूलाई अभिनयमा फेरि ब्युतिने इच्छा जागेको उनले बताए । कोरोना महामारीमा बन्दाबन्दीका समय उनले अनलाइनबाटै अभिनय शिक्षा समेत लिएका थिए । धेरै समयको अन्तरालमा अभियनमा फर्किदा शुरुमा केही असहज भएता पनि टीमको सहयोगले आफूलाई सहज भएको उनले बताए । म्युजिक भिडियोबाट वाग्ले आशावादी देखिन्छन् ।