अमेरिका– संसारकै खतरनाक सिरियल किलर जसले ९३ जना महिलालाई हत्या गरेको दाबी गरिएको छ ।
अमेरिकाका सैमुअल लिटिलले यतिका संख्यामा महिलाको हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।
अमेरिकाको इतिहासमा एक खतरनाक सिरियल किलरको रुपमा रहेका उनले बितेको ४० सालमा झण्डै ९३ जना महिलाई मुत्युको मुखमा पु¥याएका हुन ।
सैमुअल अहिले ८० वर्षका भइसकेका छन् । सन् २०१४ मा उनलाई  पक्राउ गरिएको थियो । उनी अहिले क्यालिफोर्नियाको जेलमा बन्द छन् । सोधपुक्षका क्रममा उनले ९३ महिलाको हत्या गरेको स्वीकार गरेका छन् । अमेरिकी जा“च एजेन्सीका अनुसार अहिले सम्म उनले ५० महिलाको हत्या गरेको पृष्ठि भइसकेको छ । बाकी अन्य घटनाको अनुसन्धान अहिले चलीरहेको छ ।
उनले सन् १९७० मा पहिलो पटक यस्तो जघन्य अपराध गरेका थिए । त्यसपछि उनी कयौ महिलाको हत्या गरेर पनि ४० वर्ष सम्म प्रहरीको जा“च ब्युरोले पक्राउ गर्न सकेको थिएन । जुन सबैलाई आश्चार्य बनाउने घटना थियो ।
उनले विशेष गरी समाजमा अहम भुमिका नभएका ड्रग एडिक्ट, सेक्स वर्कर, बेघर महिलालाई आफनो निशाना बनाएका थिए । यही कारण उनी प्रहरीको नजरमा पर्न सकेनन । उनले अमेरिकाका १९ राज्यमा हत्याका घटनाहरु घटाएको खुल्न आएको छ । सैमुअलको जन्म १९४० मा एन्लान्टामा भएको थियो । जन्मेको केही समयपछि उनलाई आफनी आमाले छाडेर गएकी थिइन । प्रहरीको बयानमा उनले आफु ७–८ वर्षको हु“दा नै कसैको घाटी थिच्ने इच्छा भएको बताएका छन् । उनी बारे थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।
एजेन्सीको सहयोगमा

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected