ब्राजिल – झन्डै नाै महिना देखि लगातार कोरोना भाइरसको चपेटामा परिरहेको छ । लामो समयदेखि नियन्त्रण हुन नसकेको कोरोना भाइरस केहि समय थोरै कमि आएको थियो भने फेरि केही दिन यता देखि संक्रमितको संख्यामा उच्च वृद्धि भएको छ, तर कोरोना भाइरसको वृद्धि भए पनि ब्राजिलमा मनाइने विशेष चाडपर्ब भने मनाउन सुरु गरिएको छ । केही समय अघिसम्म ब्राजिलमा जति पनि चाडपर्व, उत्सवहरु आए कोरोनाको महामारीले गर्दा ब्राजिलियनहरुले कुनै पनि चाडपर्ब वा उत्सव मनाउन सकेनन् किन भने अहिले बिश्वनै कोरोना महामारीको चपेटामा परेर धेरै नै मानवीय क्षति बेहोर्नु परेको छ । यस्तो शोकमग्न अवस्थामा ब्राजिलले मात्रै होइन बिश्वको कुनै पनि देशले अहिले आफ्नो कुनै पनि चाडपर्व या कुनै उत्सवहरु राम्रो सँग मनाउन सकिरहेका छैन ।
ब्राजिल विभिन्न संस्कृती, चाडपर्ब, उत्सव आदिले भरिपुर्ण देश हो । यहाँ पनि धेरै चाडपर्व, उत्सव मनाउने गर्दछन् तर बिगत केही महिना देखि कोरोनाको महामारीले गर्दा कुनै पनि चाडपर्ब, उत्सब मनाउन सकेका थिएनन्, तर अहिले ब्राजिलमा कोरोना महामारीको डर र त्रासको बिच पनि आफू र आफ्नो परिवार खुसीको लागि उत्सवहरु मनाउन तयारी गरिरहेका छन् । मानिसहरु अहिले किनमेल गर्ने, आफन्त भेटघाट गर्ने, घुमघाम गर्ने, जस्ता कार्यहरू अत्याधिक रुपमा गर्न थालेका छन् । ब्राजिलको सबै भन्दा महत्त्वपूर्ण चाड क्रिसमस हो । त्यसैले अहिले ब्राजिलमा क्रिसमस मनाउनको लागि एक महिना अघि देखिनै तयारी गरिरहेका छन् । ब्राजिलियनहरु क्रिसमस आउनुभन्दा पहिले नै क्रिसमस ट्रि किनेर त्यसलाई विभिन्न बत्ती, खेलौना, फुलले सिगारेर घरघरमा सजाएर राख्ने गर्दछन् । सान्ता क्लाँजको तस्बिर या गुडिया किनेर पनि सजाउने गर्छन् । निकै रमाइलो गरि मनाउने यो चाडमा ब्राजिलियनहरु सबै परिवार, आफन्त, साथी भाइहरु जम्मा भइ एक अर्कालाई शुभकामना आदानप्रदान गरि उपहार दिएर मिठो मिठो खानाका परिकार खादै नाच्दै रमाइलो गरि मनाउछन् ।
त्यस्तै क्रिसमस सगै आउने नयाँ सालको पनि स्वागत गर्न ब्राजिलियनहरु अहिले देखिनै तयारी सुरु गरिसकेका छन् भने अर्कोतिर कोरोना भाइरसबाट ब्राजिल मुक्त हुन भने सकिरहेको छैन । डर र त्रासको बिच पनि चाडपर्ब मनाउने तयारी गरिरहेको ब्राजिलमा अहिले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा केही कमि आएको भएपनि संक्रमीत हुनेको संख्या भने उच्च नै छ । यहाँ अहिले पनि दिनहुँ ४०/५० हजार संक्रमीत हुने गर्छन् भने ६/७ सयको मृत्यु हुने गरेको छ । ब्राजिलमा अहिलेसम्म ६८ लाख जना कोरोना भाइरस बाट संक्रमीत भएका छन् भने झन्डै १ लाख ८० हजारको मृत्यु भएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected