टेक्ससकी साहित्य स्रस्टा सुनिताले ल्याइन कोरोना महामारीको सन्देशमुलुक गीत

टेक्सस–संसारभरि छाएको छ कालो महामारी
हाँसेर नै बिताउनेछौ कोरोनाको भारी
टेक्ससमा बसोबास गर्ने नारी स्रष्टा सुनिता बस्नेतका शब्दहरु हुन यी । कोरोना महामारीको इपिसेन्टर अमेरिकामा बसेर कोरोना कहरलाई नजिकबाट नियालेकी बस्नेतले यसलाई शब्दमा उतारेकी हुन । त्यो भन्दा पनि रातदिन फ्रन्टलाइनमा खटिएर बिरामीको सेवामा समेत खटिने रजिसटर्ड नर्स पनि हुन । उनले लेखेको यो गीत भर्खर मात्रै ओसआर डिजिटलको युटयुब च्यानलबाट भिडियो सहित जित्छौ महामारी बोलको यो सन्देशमुलक गीत रिलिज भएको हो । गीतलाई लोकप्रिय गायक आनन्द कार्की तथा मिना कार्कीले स्वर दिएका छन् ।
रोचक के छन् भने यो गीतको भिडियोमा चर्चिता नेपाली सिनेमाका अभिनेता र अभिनेत्री कृष्ण र शर्मिला मल्लले पनि अभिनय गरेका छन् । नेपालका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वलाई भिडियोमा प्रस्तुत गरिएको छ । हाँस्य कलाकार नारायण त्रिपाठी देखि डा भोला रिजाल, नरेश भट्टराई तथा सुगरिका केसी लगायतका दर्जनौ व्यक्तित्वहरुलाई यो भिडियोमा देख्न सकिन्छ ।
राजकुमार बगरको संगीत, कमल सौरागको एरेन्ज रहेको गीतको भिडियोको निर्देशन सम्पादन तथा छायाङकन वीरेन्द्र भाट विपिनले गरेका हुन ।
सम्बन्धित खवर
-
अमेरिका-विवाहित महिलाको ...
-
टेक्सस-नेपाली समाज टेक्ससले ...