कोरोनाले संसारको अर्थव्यवस्था धराशयी तर स्वास्थ्य उद्योगका कारोबारी भने मालामाल

अमेरिका– कोरोनाभाइरसको महामारीले संसारका सबै मुलुकको अर्थव्यवस्था धराशयी बनेको छ । अन्तराष्ट्रिय मुद्रा कोषले १९३० पछि आएको यो सबैभन्दा ठुलो आर्थिक आपत भनेको छ । तर यो आपतका बीच संसारमा कोही यस्ता कोरोबारी पनि छन् जसले कोरोनाभाइरसले आर्थिक फाइदा पु¥याएको छ ।
विश्व स्वास्थय सेवाको क्षेत्रसंग सम्बन्धीत झण्डै ५० नया अर्बपति कोरोनाभाइरस महामारीको दौरान पुजीपतिको लिस्टमा सामेल हुन पुगेका छन् ।
फोब्र्स म्यागजिनका अनुसार यिनीहरुमा अधिकतम उद्योगपति औषधी कम्पनी, इन्वेस्टर साइनटिस्ट,चिकित्सा उपकरण, टेस्ट किट, डाइग्नोस्टिक प्याकेजिङ तथा पर्सनल केयर प्रोडक्ट उत्पादन गर्ने कम्पनीका मालिकहरु रहेका छन् । कोरोनाकालमा यिनीहरुको बैंक ब्यालेन्स तिब्र रुपमा बढेको छ । अमेरिकी अर्बपतिको सम्पत्ति झण्डै एक ट्रिलियन डलर बढेको छ । नया अर्बपतिमा अधिक अमेरिका तथा चीनका व्यवसायी रहेका छन् ।
आर्थिक फाइदा हासिल गर्ने सुचीमा मोर्डना तथा बायोएनटेक का सिइयो पनि सामेल छन् । बायोएनटेकका सिइओ उगुर साहित तथा मोर्डनाका सिइओ स्टीफन बैसेल रहेका छन् । यी दुई कम्पनीले अमेरिका तथा युरोपका लागि कोरोनाभाइरस भ्याक्सिन बनाएर आर्थिक सम्पत्ति बढाएका हुन । कोरोनाकालमा यिनीहरुको सम्पत्ति हवात्तै बढेको छ ।
फोब्र्सको नया अर्बपति लिष्टमा तेस्रो नम्बरमा क्यानडाका नागरिक युआन लिपिंग रहेका छन् । यिनको सम्पत्ति ४.१ बिलियन डलर रहेको अनुमान गरिएको छ । युआनलाई अक्सफोर्ड एस्ट्राजेने को कोरोना भ्याक्सिन बनाउने एकाधिकार मिलेको छ । युआन चीनको शेन्जेन कांगटई बायोलोजिकल प्रोडक्टका अध्यक्ष डु बेइमिनकी पुर्व पत्नी हुन । यो कम्पनीले चीनको प्रमख भ्याक्सिन उत्पादनको एक चौथाई हिस्सा ओगटेको छ ।
यस्तै चिकित्सा सामग्र तथा उपकरण बनाउने चीनको चिकित्सा उपकरण निर्माता कम्पनी कान्टे मेडिकल सिस्टमका अध्यक्ष हु कुन समावेश छन । यिनको कुल सम्पत्ति ३.९ बिलियन डलर रहेको छ । यसका अलवा मेडिकल प्याकेजिङ कम्पनी स्टेवनैटो ग्रुपका सर्जियो स्टवानैटीको सम्पत्ति पनि बढेको छ । यो कम्पनीले भ्याक्सिनका लागि सिसि बनाउने गरेको छ ।