अमेरिका– कोरोना संक्रमीत भएर मुत्यु भएका टेक्ससका एक वकीलले मुत्यु अघि आफनो पत्नीको नाममा प्रेमपत्र लेख्दै भने– तिमी सधै खुशी रहनु ।
कोरोना संक्रमणबाट ४५ वर्षिय बिली लोरेडोको हालै मात्र टेक्ससको म्याकलिन मेडिलक सेन्टरमा हालै मुत्यु भएको थियो । उनले आफनो मुत्युको केही समय अगाडी अस्पतालको बेडबाट पत्र लेख्दै यस्तो भनेका थिए– आज म तिमीलाई आफनो मनको कुरा भन्न चाहन्छु । मैले तिमीसित एक शानदार जिन्दगी बिताए । फेरि पनि म के भन्छु भने तिमी अब सधै खुशी रहनु । म विना र मेरो पछुतो विना आफनो जिन्दगी जिउनु । हामीले सगै बिताएको त्यो पल संधै यादगार रहनेछ ।
अमेरिकाको चर्चित कार्यक्रम गुड मर्निङ अमेरिकामा उनका दाजु पेड्रो लोरेडोले सार्वजनिक गरेका थिइ । भाइ बिलीले अक्सिजन लगाउनु अघि आफनो पत्नी सोन्या कायपुरोसलाई इमेल मार्फत अस्पतालबाट पठाएका थिए । पत्नीका लागी उनले लेखेको यो अन्तिम प्रेमपत्र थियो । उनका दाजुका अनुसार बिली एक रोमान्टीक मान्छे थिए र उनी अक्सर आफनी श्रीमतिलाई प्रेमपत्र पठाइरहन्थे ।
एक वकील रहेको बिलीले आफनै ल फर्म चलाउदै आएका थिए । उनलाई गत नोभेम्बरमा कोरोना टेष्ट गराउदा पोजेटिभ देखिएको थियो । थ्याकसगिभिङमा उनी गंभीर बिमारमा परे । त्यसपछि उनलाई अस्प्ताल भर्ना गरिएको थियो । तर सबै कोसिसका बाजजुत पनि उनलाई चिकित्सकहरुले बचाउन सकेनन ।
पत्नी सोन्याले उक्त कार्यक्रममा पतिको यो मायाले भरिएको पत्रले आफनो गला अवरुद्ध भएको बताएकी थिइन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected