संसारमै पहिलो पटक अमेरिकामा एक युवाको गरियो अनुहार र दुई हातको प्रत्यारोपण

अमेरिका– अमेरिकामा डाक्टरको एउटा समुहले ससारमै पहिलो पटक एक जनाको अनुहार तथा दुई हातको सफल ट्रान्सप्लान्ट गरेका छन् ।
अमेरिकाको न्युजर्सिमा डाक्टरहरुले एक जना जो डिमियो नामका युवाको अनुहार तथा दुई हातको ट्रान्सप्लान्ट गरेका हुन । यो संसारकै पहिलो ट्रान्सपलान्ट भएको दाबी गरिएको छ । एउटा कार दुर्घटनामा यी युवाको ८० प्रतिशत शरीर जलेको थियो । अनुहार तथा दुई हातको सफल ट्रान्सप्लान्टको ६ महिनापछि यी युवाको अनुहार र हातको सफल ट्रान्सप्लान्ट भएको छ ।
शल्यक्रिया गर्न डाक्टरलाई झण्डै २३ घन्टा लागेको थियो । यो गंभीर खालेका शल्यक्रिया गर्न ९६ जना स्वास्थकर्मिको सहयोग लिइएको बताईन्छ ।
सन् २०१८ मा २२ वर्षका डिमियो नाइट सिफटमा काम गदै आएका थिए । तेही क्रममा कार चलाउने क्रममा उनलाई निन्द्रा लाग्यो । तेही क्रममा कार दुर्घटना भयो र विष्फोटन समेत भयो । उनको भाग्य बलियो रहेछ मानिसहरुले उनको जलिरहेको कारबाट निकालेर बचाए । उक्त घटनामा उनको अनुहार पुरै खराब भएको थियो र दुई हात समेत गुमाएका थिए । दुर्घटना पश्चात उनी झण्डै दुई कोमा मा गएका थिए ।
न्युयोर्कको एनवाइयु लैगोन हेल्थ सेन्टरमा उनको ट्रान्सपलान्ट गरिएको हो । केही महिना अघि गरिएको ट्रान्ँसप्लान्ट पश्चात अहिले उनको हालत र अवस्था तिव्र रुपमा सुधार आएको छ ।
न्युजर्सि निवासी डिमियोको यो संसारमै पहिलो अनुहारको ट्रान्सप्लान्ट हो । सफल ट्रान्सप्लान्ट पछि उनले प्रतिकृया दिदै भनेका थिए– अध्यारो पछि उज्यालो अवस्य आउछ ।
एजेन्सीको सहयोगमा