लालबुझक्कड (कथा)

अहिले पनि यताउति गर्यो –अन्त्यमा कुरो दक्षिण भूगोल तिरै जान्छ ।राजनिती उतै जान्छ, कडा रोग लाग्यो औषधि–
उपचार गर्न उतै गइन्छ । एक जमानामा आफु पनि पढन उतै गइयो । त्योजमाना अर्कै थियो । अहिले भन्नु पर्दा यति
मात्र भन्न सकिन्छ -” वो जमाना चला गया जव सलिम भाइ चंगा उडायाकरता था “। तर यता अझै पनि सलिम भाइ
चंगा उडाइरहने परिस्थिती छ ।
कुरो नचपाइकन भन्नु पर्दा धेरै बर्ष पहिले म भारतमा पढ्न गएको थिएँ । संगैपढने, खाने, सुत्ने हुँदा साथीहरुसंग घना
दोस्ती हुन्थ्यो । हँसिमजाक हुन्थ्यो । एउटै कक्षामा पढ्ने, एउटै छात्रावासमाबस्ने एउटा एकदमै मिल्ने साथी
“लालबुझक्कड” भन्ने शव्द खुवै प्रयोग गर्दथ्यो । यो मात्रै हैन यस्ता शव्दहरुऊ संग प्रसस्तै थिए । ती शव्द प्रयोग गर्दा
उसको वार्तालापको रौनक अर्कै हुन्थ्यो ।
एकदिन बेलुका ती मित्र “मुड अफ” को स्थितीमा मेरो अगाडी देखा परे ।
“क्या हुवा सिंहजी ? परेसान दिखाई पड़ते है ।” मैले उनलाई सोधेँ ।
“होना क्या था, बिचमे लालबुझक्कड आ गया, सव चौपट कर दिया ।“
“आखिर माजरा क्या है ? कोहि घनचक्कर मे पड गए क्या ?” मैले सोंधे ।
” चलिए दुवेजीके दुकानमे चाय पिते है ।” सिंहले भन्यो ।
नजिकैको दुवेजीको झोपडीमा चिया खान हामी गयौं । चिया खाँदै सिंहजीलेभन्यो -” देखो न, प्रिन्सिपलके पास गए थे ,
मेरा बिमारीके चलते छुटा हुवा इम्तिहानके बारेमे बात करने । बात कर हि रहेथे वो “नारद” भाइस प्रिन्सिपल आ गया और सव गडबड कर दिया ।
कोहि बात नही, हम स्टुडेन्ट युनियन से बात करेंगे । नहीं तो गान्धी जिन्दावादअर्थात् भूख हड्ताल पर बैठेंगे
। उस लालबुझक्कडको छोड़ेंगे नहिं “।
मलाई थाहा थियो सिंहजीले जसरी पनि आफ्नो काम गराएरै छोड्छ ।त्यसैले
भनें -” अरे सिंहजी, वो तो आप कर हि लेंगे । सवको पता है ।“
“सो तो करना हि पडेगा । जिन्दगीका सवाल है । वो लालबुझक्कडकोसवक भी देना होगा ।” सिंहले भन्यो ।
” अच्छा सिंहजी, आप जो लालबुझक्कड कहते है, आखिर मे ये है क्या ?” मैले सोंधें ।
” ये तो दादीमाँ, दादीमाँ के भी दादीमाँ से चलि आ रहि किस्सा है । अच्छा, आप भी क्या याद करेंगे । सुनिए ।” सिंहले
भन्यो । त्यस पछि सिंहले धाराप्रवाह भन्न लाग्यो जसको भावानुवाद यस्तोथियो ।
“कुनै जमानामा भारतको कुनै पिछडिएको गाउँमा एउटा प्रधानपन्च थियो ।त्यो गाउँमा बैद्य, वकिल, समाजसेवी, नेता, विद्वान, बुद्धिमान, गुरु, प्रशासकअर्थात् सम्पूर्ण उहीनै थियो । गाउँका मान्छेहरु जे गर्न परे पनि, जे सोध्न परेपनि उसै कहाँ जान्थे । त्यस गाउँमा उ भन्दा जान्ने सुन्ने टाठो–बाठो कोहिथिएनन् । थिएनन् भनौं या कसैलाई उसले अघि बढन दिंदैनथ्यो । कसैलेहिम्मत गरे उसको “सफाया” गरिदिन्थ्यो। अर्थात् हिम्मत गर्नेलाई गाउँ बाटैनिकलिदिन्थ्यो । वास्तवमा उ अल्पज्ञानी अझै भनौं “स्वाँठ” नै थियो ।आफुले नजानेको कुरामा पनि अन्टसंट कुतर्क गरेर यसो गर्नु, उसो गर्नु वा योत यस्तो हो, त्यो त त्यस्तो हो भन्दै सवैको “दिमाग चाट्थ्यो“। यस्तो“सर्वज्ञानी” लाई सबैले आदरका साथ लाल बुझक्कड बाबु भन्थे । उआफुलाई पनि त्यस्तै सर्व–बुझक्कड ठान्दथ्यो ।
त्यो गाउँमा एक रात नदीको किनारै किनार हुँदै हात्ती हिँडेछ । बिहानैगाउँलेहरु नुहाउन जाँदा नदी किनारको बालुवामा ठूला ठूला छापहरु देखेछन। कहिले नदेखेको छापहरु देखे पछि गाउँलेहरु बिच होहल्ला मच्चिएछ ।सवैले आ–आफ्नो हिसावले “डेढ–अक्कल” लगाए | तर त्यो सर्वसम्मत हुन्सकेन । आखिर लालबुझक्कड़ बाबुलाई सोध्ने निर्णय गरि सवै एकाबिहानैउसको घर पुगेछन ।
लालबुझक्कडले सवै कुरा सुने । अनि हेर्न जाने निर्णय गरेछन । नदीकिनारमा पुगेर ती ठूला ठूला छापहरुलाई हेरे उनले । केहि पत्ता लगाउनसकेनछन । उनको “अहम” ले “तँ त लालबुझ्क्कड़ बाबु होस्, तैँले केहि भन्नैपर्छ, ‘ईज्जतका सवाल है ‘ भनेर पेलिरहेको रहेछ । अनि बसेर छापलाईछोएछन्, किनारै किनारै छाप गएको दिशामा हिडेछन् । एक छिन सोचेकोजस्तो, विचार गरेको जस्तो, घोत्लिएको जस्तो गरिसके पछि भनेछन – ‘बुझ्नुभयो, मैले थाहा पाएँ नि । हिजो राती खुट्टामा जाँतो बाँधेर मृग दौडेको रहेछ।“
सवै गाउँलेहरुले लाल बुझक्कड बाबुको कुरामा सहमति जनाए । त्यो पुस्तालाल बुझक्कडको छत्रछायामा बित्यो । अर्को पुस्ताले हात्ती देखिसकेकोहुनाले लाल बुझक्कडको गौरवगाथा गाउन भन्दा लाल बुझक्कड प्रबृती अलिअलि भए पनि बुझ्न थाल्यो । बिस्तारै बिस्तारै लाल बुझक्कडको कथाभारत भर फैलियो । तपाईंले कुरो बुझिहाल्नुभयो । अव यसो आफ्नो वरिपरिहेर्नोस त, जताततै लाल बुझक्कड प्रबृतीका व्यक्तिहरुको हालीमुहाली छ ।“
सिंहजीको कथा तथा ब्याख्या सुनेर मलाई ” खुल जाए बन्द अक्लका ताला” भने जस्तै भयो । चारै तिर गौर संग हेरें । नभन्दै जताततै लालबुझक्कडहरुको दवदवा भएको पाएँ । पढाई सकेर म नेपाल फर्किएँ ।नेपालमा भर्खरै जस्तो जनमत संग्रह भएको थियो । हेर्दै जाँदा गाउँ देखिसिंहदरवार / राजदरवार जताततै लाल बुझक्कडहरुको रजाईं रहेछ |आफुलेहात्ती र पाइला देखिसकेको हुनाले मृगले खुट्टामा जाँतो बाँधेर नदी किनारदौडेको तर्क दिने लाल बुझक्कडहरुसंग बस्नु पर्दा एकदमै उकुसमुकुस हुन्थ्यो। तर के गर्नु बाच्नै पर्यो – “पानी मे रह कर मगरमच्छ से बैर ” गरेर भएन ।तीन दशक त्यस्तै बातावरणमा बित्यो ।
दुई बर्ष अघि कलेजको शताव्दी समारोहमा सिंहजी संग भेट भएको थियोकरिव तीन दशक पछि । यो बिचमा सिंहजीले दुई पटक नेपालको भ्रमणगरिसकेका रहेछन । मलाई खोजेका रहेछन तर फेला पार्न सकेनछन् ।आफ्नो नेपाल भ्रमणको मीठो सम्झना गर्दै भने – ” के भन्ने यार, नेपाल यस्तोराम्रो छ, लाग्छ स्वर्गको टुक्रा हो । नेपालीहरु पनि त्यतिकै हँसिला, रसिला रमेहनती । देश पनि राजतन्त्र, प्रजातन्त्र हुँदै लोकतन्त्रमा गएको रहेछ यो तीनदशकमा । तर देश संधैं लालबुझक्कडहरुको चक्करमा परेको रहेछ । तपाईंहामी तीन दशक अगाडी कलेजमा पढ्दाको भारत जस्तो । मेरो सल्लाह छ – नेपाललाई एशियामै नम्बर १ बनाउनु सकिन्छ । सिर्फ पहिले तपाइहरुलेप्रशासनिक, राजनीतिक क्षेत्रका लालबुझक्कडहरुलाई ठेगान लगाउनुहोस ।
बकबक गर्ने, काम नगर्ने, देशलाई अनेक तिकडम गरेर कलह, द्वन्दमा फसाएरत्यसको आगोमा रोटी सेक्न खोज्नेहरुलाई चिनेर फ्याकिदिनुहोस् । दुनियाँकहाँ पुगिसक्यो – उही पुरानो ढर्रामा कुर्सिको फोहोरी खेल खेल्दै जनतालाईबेवकुफ बनाइरहेका छन् ।“
उसले देखेको प्राकृतिक सौन्दर्ययुक्त नेपाल, मेहनती नेपालीहरु र “उल्लु केपट्ठे” लालबुझक्कडहरुका कुराहरु मेरो मनमा गढ़िरह्यो । अहिले आफुलाईअत्यन्त निस्पक्ष र नितान्त बर्तमानमा उतारेर समाचारहरु पढ्छु । लाग्छ, सिंहजी भनिरहेको छ -“मैले भनिरहेकै थिएँ नि । अहिले तपाईं कहाँ त्यहिभैरहेको छ – लालबुझक्कडहरुले देशलाई पछि धकेलिरहेका छन् । हामीलेयस्तो गल्तीको ठूलो सजाय पाइसकेका छौं । तपाईंहरु पनि त्यो गल्तीनगर्नुहोस ।“
फेरि मनमा आयो -” हुन् त हो । तर के गर्नु उनीहरुकै बोलवाला छ – केहि गरिदिए भने… । अनि “मरता क्या नहीं करता“।
–बेडफोर्ड, टेक्सास