अमेरिका– अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामाले सर्वाेच्च

शिखर  सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति नेपालका तेन्जिङ नोर्गे शेर्पा माथि फिल्म बनाउने भएका छन् ।
ओबामा र मिसेल ओबामाको प्रोडक्सन कम्पनी हायर ग्राउन्ड प्रोडेक्सनले नेटफिल्किससंग नया नया योजना र सहकार्यको घोषणामा यो योजना पनि परेको हो ।
यो फिचर फिल्म तेन्जिङलाई जेनिफर पिदोम र लुक डेभिसले निर्देशन गर्ने भएका छन् । फिल्म सन २००३ मा इद डग्लासले लेखेको पुस्तक तेन्जिङ हिरो अफ एभरेष्ट मा आधारित रहनेछ ।
सर्वोच्च शिखर सगरमाथाको पहिलो पटक सफल आरोहण सन १९५३ मे २९ का दिन न्युजिल्याण्डका एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले गरेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected